११ श्रावण २०८१, शनिबार

अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन काे भेला सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल जनस्वास्थ्य कर्मि संगठनकाे एकताकाे भेला सम्पन्न भयकाे छ ।

शनिबार ललितपुरकाे कुपोन्डोल स्थित पुर्व नेकपा (क्रान्तिकारी माओवादी ) र नेकपा बहुमत सम्बद्ध स्वास्थ्य कर्मि संगठनकाे एकताको भेला कार्यक्रमा पार्टी केन्द्रीय कार्यलय सदस्य , सिपि गजुरेल ( गाैरव) , पार्टी प्रवक्ता धर्मेन्द्र बास्ताेला (कन्चन), कार्यलय सदस्य तथा संगठनका फ्रयाक्सन इन्चार्ज गम्भीर , कार्यलय सदस्य तथा न्याय बिभाग प्रमुख मंगल , केन्द्रीय सचिवालय सदस्य पुर्ण बहादुर सिंह “समरजंग” लगायतका नेताहरुकाे बिशेष उपस्थितिमा एकताको भेला सम्पन्न भयकाे हाे ।

भेलाले जनस्वास्थ्य कर्मिहरुकाे राेजगारि, पेशागत र राजनैतिक अधिकारका सुनिश्चितताका लागि संघर्ष गर्ने, स्वास्थ्य क्षेत्रमा देखियका निजिकरण र जनस्वास्थ्य कर्मि बिराेधि सम्पूर्ण ऐन , कानुनकाे खारेजी र नयाँ कानुन निर्माणका लागि एकताबद्ध भयर संघर्षका कार्यक्रम गर्ने घाेषणा गरेकाे छ ।

भेलाकाे अध्यक्षता ईन्दिरा अधिकारीले गरेकि थिइन र स्वागत मन्तब्य डा.आकाश अर्यालले गरेका थिय ।