१४ पुष २०८२, सोमबार

Breaking News

प्रधानमन्त्री प्रचण्ड इटलिबाट स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड इटलिबाट स्वदेश फिर्ता

Breaking News, पर्यटन, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" इटलीबाट आज बिहान स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमण सफल भएको बताए । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट’मा सहभागी हुन यही साउन ६ गते त्यसतर्फ गएका थिए । प्रचण्डले राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन् । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसित उनले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरुलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताए । स्पष्टीकरण राम्रोसँग दिने मौका पनि नदिकन राजीनामा दिने भए देउ नत्र सदन चल्न दिँदैनाै भनेर पहिल्यै घोषणा गर्ने कल्चर...
एसईइ नतिजामा काठमाडौंका सामुदायिक बिद्यालयमा नतिजा सुधार

एसईइ नतिजामा काठमाडौंका सामुदायिक बिद्यालयमा नतिजा सुधार

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको सङ्ख्या ७८ प्रतिशतले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए । यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० छात्रछात्राले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । आवेदकमध्ये गएको वर्ष १२५  जना गयल भए भने यस वर्ष ५० जना मात्र गयल देखिए । 'यो तथ्याङ्कबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको देखिन्छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरू नियमित हुन थालेका छन् । हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि गरेको छ' महानगरले भनेको छ । गएको वर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको सङ्ख्या ३२५ (८.२४ प्रतिशत) जना थियो । यस वर्ष ४८६ (१२.४२ प्रतिशत) पुगेक...
शिक्षक सेवा आयाेग, नि.मा.बि लाईसेन्सकाे बिज्ञापन खुल्यो

शिक्षक सेवा आयाेग, नि.मा.बि लाईसेन्सकाे बिज्ञापन खुल्यो

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले आज ( साउन ११ गते बुधबार) देखि भदौं ११ गतेसम्म अनलाइन दरखास्त दिन सकिनेछ । कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ। शिक्षक  सेवा  आयोगको  साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्। आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ। आवेदन अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ। इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन पेस गर्दा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमूना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पे...
जाजरकोट,कुशेमा सर्पले टाेकेर गम्भीर घाइते भयकि सेतु खड्का लाई हेलिकप्टरबाट उद्दार

जाजरकोट,कुशेमा सर्पले टाेकेर गम्भीर घाइते भयकि सेतु खड्का लाई हेलिकप्टरबाट उद्दार

Breaking News, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट।  कुशे गाउँपालिका वडा न.८जाजरकोट रिजापहाडा काँडेचौरकी नर बहादुर खड्का कि श्रीमति  सेतु खड्काको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । आईतबार विहान ९ बजे खेतमा घाँस काट्न गएकी खड्कालाई सर्पले टोकेर अवस्था गम्भिर भयपछि हेलिकप्टर द्वारा उद्दार गरियकाे हाे । सोमबार गाउँपालिकाको पहलमा खड्काको उद्धार गरिएको हो । खड्कालाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याईएको छ । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत, जिल्ला समन्वय समिति सदस्य विनिता नेपाली र वडाध्यक्ष डिल्लीबहादुर सिंहको संयूक्त पहलमा हेलिकप्टरकाे पहल गरि उद्दार गरिएको हो । गाउँपालिकाको विपद् कोष बाट उद्दार गरिएको हाे । हाल  प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ ।...
बिद्यार्थी संगठन पुनर्मिलन कार्यक्रम सम्पन्न

बिद्यार्थी संगठन पुनर्मिलन कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी र बैज्ञानिक समाजवादी पार्टी नेपाल निकट बिद्यार्थी संगठन बिच आज संगठन पुनर्मिलन कार्यक्रम सम्पन्न भयकाे छ । शाेमबार काठमाडौं काे बागबजार स्थित अनेरास्ववियु क्रान्तिकारी काे केन्द्रीय कार्यलयमा एक कार्यक्रम गरि पुनर्मिलन भयकाे हाे । कार्यक्रममा बैज्ञानिक समाजवादी पार्टीका बिद्यार्थी नेता बिकाश रसायलि प्रवेश लाई माेहन वैद्य किरणले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी का फ्र्याक्सन ईन्चार्ज हरिकृष्ण गजुरेलकाे प्रमुख आतिथ्यतामा, संगठन कि केन्द्रीय सह-संयोजक तथा ३ न.प्रदेश ईन्चार्ज शिलु न्याैपाने र ६ न. प्रदेश ईन्चार्ज गाेबिन्द बिष्टको काे उपस्थितिमा रसायलिलाई दाेसल्लाद्वारा स्वागत गरियकाे थियाे र  कार्यक्रमकाे संचालन ३ प्रदेश संयोजक उषाकिरण "आजाद"ले गरेका थिय । ...
जाजरकोटको कुशे फास्ट्रयाक निर्माणका लागि अध्ययन सुरु

जाजरकोटको कुशे फास्ट्रयाक निर्माणका लागि अध्ययन सुरु

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ। पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ। निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पहिलो चरण काम पूरा भएपछि डीपीआरका लागि दोस्रो चरुणको काम सुरु हुने बताए। हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जुम्ला जोड्ने सडक निर्माण जारी छ। जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो बाटो सुरुङमार्ग नै हुने भएको यसमा जोड दिइएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए। साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै १० किलोमिटर छ। सुरुङका लागि करिब पाँच किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने पूर्वमन्त्री सिंहले बताए। हिँडेर झन्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ भने सुरुङमार्गबा...
काभ्रे आर सि पि नेपाल जिल्ला अन्तर्गत पाँचखाल नगर एकता अधिवेशन  सम्पन्न

काभ्रे आर सि पि नेपाल जिल्ला अन्तर्गत पाँचखाल नगर एकता अधिवेशन सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
नकुल चाैलागाई ,काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्ला अन्तर्गत पाँचखाल नगर एकता अधिबेशन तथा बैठक सप्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले श्याम विकको संयोजकत्वमा तिन सदस्य थप गर्ने गरि ३१ सदस्यीय नगर कमिटी गठन गरेको छ । अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला संयोजक माधब गौतमले दलाल संसदीय ब्यबस्थाको अन्त्य गर्दै नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै बैज्ञानिक समाजवाद स्थापनाको लागि लागि पार्टी एकता भएको बताए । उनले क्रान्तिमा सुरुमा प्रचण्डले गद्दार गरेको र बिप्लवले पनि त्यही बाटो समातेकोले बिद्रोह गर्नु परेको स्पष्ट पारे। कार्यक्रममा जिल्ला सहसंयोजक ढोक प्रसाद अधिकारीले उत्पीडिनमा परेको जनता नउठे सम्म क्रान्ति सप्पन्न नहुने बताउँदै उत्पीडिनमा परेको जनता पहिला उठ्नु पर्नेमा जोड दिए । सोहि कार्यक्...
जाजरकोट, कुशेका एक युवाकाे भारतमा मृत्यु

जाजरकोट, कुशेका एक युवाकाे भारतमा मृत्यु

Breaking News, यातायात, राष्ट्रिय, समाचार, स्वास्थ
नेपालगन्ज । जाजरकोट कुशे गाउपालिका वडा न.२ तल्लाे डाेग्री टाेलका रमेश सिंहकाे भारतकाे हरिद्धार भन्ने ठाउमा ट्रकले च्यापियर घटनास्थल मै मृत्यु भयकाे छ। शुक्रबार नेपालगन्ज देखि रिजर्भमा लिईयकाे जिपकाे टायर पन्चर भयकाे अवस्थामा बाहिर निस्कने क्रममा गुडिरहेको टृकले ठक्कर दियपछि च्यापेर घटनास्थलमै उनकाे मृत्यु भयकाे बताईयकाे छ। १९ बर्षका सिंह कक्षा ११ मा पढ्दै थिय। ६ बर्ष पहिले उनका बुवा नर बहादुर सिंहकाे घर नजिकैकाे भिरमा लडेर घाइते भइ उपचारका लागि भारतकाे लखनउ लिदै गर्दा बाटाेमै निधन भयकाे थियाे । हाल सात जनाकाे घर परिवार मध्ये जेठा छाेरा रमेश थिए असल, ईमान्दार,मेहेनेती सामाजिक सदभावना राख्ने स्भावका ब्यक्ति  थिए। उनको आमाले गाउँ घरमै अर्काकाे खेतीपाती गरेर भाईबहिनिलाई खानपिन जुटाउन कठिन भएकोले उनी बर्खा विदामा भारत गएर मजदुर गरेर दशैमा आमा भाईबहिनिकाे लागि लत्ताकपडा र आफ्नो पढाइ खर्च  ...
अखिल क्रान्तिकारी ३ न. प्रदेशकाे एकता भेला तथा प्रशिक्षण सम्पन्न

अखिल क्रान्तिकारी ३ न. प्रदेशकाे एकता भेला तथा प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन, अनेरास्ववियु (क्रान्तिकारी ) ३ न. प्रदेश कमिटीको एकता भेला तथा प्रशिक्षण सम्पन्न भयकाे छ  । शुक्रबार काठमाडौंको बागबजार स्थित पद्मकन्या कलेजमा संचालित भेलामा पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ३ न. प्रदेश कमिटी ईन्चार्ज हेमन्त प्रकाश ओलि "सुदर्शन",केन्द्रीय कार्यलय सदस्य उदय बहादुर चलाउने "दिपक" संगठनका फ्र्याक्सन ईन्चार्ज हरिकृष्ण गजुरेल , संयाेजक मिलन राई, सह-संयाेजक बिरेन्द्र शाह , पेशल दाहाल शिलु न्याैपाने , संगठनका केन्द्रीय कार्यलय सदस्य गाेबिन्द बिष्ट , डि बि शाहि , लगायतका नेता हरुकाे विशेष उपस्थिति तथा प्रदेश अन्तर्गत जिल्लाका प्रतिनिधिहरुकाे सहभागीतामा भेला सम्पन्न भयकाे हाे । भेलाले ५५ सदस्य प्रदेश कमिटी गठन गरेकाे छ । भेलाकाे अध्यक्षता उषाकिरण "आजाद"ले गरेका थिय भने संचालन हरि बिष्टले गरेका थिय ।कार...
स्रष्टा अतृप्त पाण्डे र पेशल आचार्य काे सम्मानमा स्मृति सभा

स्रष्टा अतृप्त पाण्डे र पेशल आचार्य काे सम्मानमा स्मृति सभा

Breaking News, कविता, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । प्रगतिशील लेखक स्रष्टा द्धय अतृप्त पाण्डे र पेशल आचार्यको सम्झनामा स्मृति सभा सम्पन्न भयकाे छ। बिहिवार  नेपाल - काेरिया लेखक/ पत्रकार मंच र हित प्रसाद उपाध्याय-जुनमाया सुवेदी साहित्य प्रतिष्ठानकाे आयाेजनामा काठमाडौंको अनामनगर मा रहेेकाे संबाद डब्बलिमा स्मृति सभा संचालन भयकाे हाे । स्रष्टा पाण्डे काे २००७साल कार्तिक १२ गते जन्म भई २०८०असार १२ गते मृत्यु र आचार्यको २०२४भदौ ११ गते जन्म भई २०८० साउन १ गते निधन भयकाे थियाे ।दुबै जनाले विभिन्न काल खण्डमा प्रगतिशील लेख ,कविता लेखी अनुकरणीय इतिहास निर्माण गरेका थिय । स्रष्टा द्धय पाण्डे र आचार्यको सम्झना गर्दै कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यलय सदस्य हेमन्त प्रकाश ओली ,प्रा.डा.राम प्रसाद ज्ञवाली,नरेन्द्र जंग पिटर लगायत विभिन्न कवि, लेखक र राजनैतिक बिचारकहरुले कविता र बिचार ब्यक्त गर्दै श्रदान्जली ब्यक्त ...