२३ भाद्र २०८१, आईतवार

अखिल नेपाल शिक्षक संगठनकाे साताै राष्ट्रिय सम्मेलनकाे उद्घाटन सत्र सम्पन्न बन्द सत्र आज हुने

काठमाडौं ।अखिल नेपाल शिक्षक संगठनको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह सुरु भएको छ । शुक्रबार काठमाडौंको परोपकार सेवा केन्द्रको हलमा संगठनको सम्मेलन सुरु भएको थियाे।

संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकको अध्यक्षता, शहीद बेपत्ता परिवारका  अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीकाे प्रमुख आतिथ्यता र देशैभरीबाट सम्मेलनमा सहभागि देशभक्त शिक्षकहरूको उपस्थितिमा सम्मेलन समारोह सुरु भएको हो ।
अखिल नेपाल शिक्षक संगठनको सम्मेलनकाे बन्ध सत्र र समापन आज हुने बताईयकाे छ ।संगठनको केन्द्रीय कमिटी र पदाधिकारी काे पनि आजै टुंगो लगाईने बताईयकाे छ।