६ माघ २०८१, आईतवार

डाेल्पा जिल्लाको जगदुल्ला जलविद्युत आयाेजनामा विभिन्न क्षेत्रबाट लगानी जुट्दै

काठमाडौं ।जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि विभिन्न क्षेत्रबाट लगानी जुटन थालेको छ।डोल्पाको जगदुल्ला गाउँपालिकामा बाध र मुड्केचुला गाउँपालिकाको इलमा विद्युत उत्पादन गृह रहने प्रस्ताव गरिएको जगदुल्ला अर्धजलाशय जलविद्युत् आयोजना १०६ मेगावाटको निर्माण गर्न लगानी जुटाउने कार्य जारी छ।

कुल ३५ करोड लागतको अनुमान गरिएको यो आयोजनाका लागि कर्णाली प्रदेश सरकारले पहिलो चरणमा ११ लाख ७१ हजार ५०० कित्ता शेयरको ११ करोड ७१ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो। त्यस्तै दोस्रो चरणमा ६ करोड यो आर्थिक वर्षमै भुक्तानी गरिसकेको छ। आयोजनाको कुल लगानीको ५ प्रतिशत शेयर कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने छ।

त्यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले जगदुल्ला जलविद्युत आयोजनामा ऋण लगानी गर्न सहमति भइ आयोजनाहरुको प्रस्तावका आधारमा कम्पनीको बोर्डले ऋण लगानी स्वीकृत गरिसकेको छ। अन्य चार बैंकसँग सहमतिको अन्तिम चरणमा पुगेको प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए। बिकट र दुर्गम ठाउँमा तेति ठुला बिधुत काे काम गर्न कठिनाइ भईरहेकाे अधिकृत सापकोटाले बताय।

ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन कुमार गौतमले ऋण स्वीकृत पत्र प्रदान गरेका हुन्। एचआईडीसीएलले चार अर्ब रुपैयाँ लगानी गर्ने सहमति गरेको छ। पीपीएमा तोकिएको तालिका अनुसार २०८६ साल असारभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने शुुरु गरिनेछ। आयोजनाको पीपीए सम्पन्न भइसकेकाले अबको एक महिनाभित्रमा बैंक तथा वित्तीय संस्थाहरूसँग वित्तीय स्रोत व्यवस्थापनसम्बन्धी सम्झौता गर्ने क्रम जारी छ।

आयोजना सम्पन्न गर्न कूल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ। ऋण बाहेकको ३० प्रतिशत अर्थात ७ अर्ब २५ करोड रुपैयाँ स्वपुँजी लगानी जुटाइनेछ। आयोजना सम्पन्न भई सञ्चालनमा आएको १२ वर्षमा ऋण लगानी चुक्ता गर्ने प्रक्षेपण छ। यही कम्पनी अन्तर्गत नै ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ पनि निर्माण हुँदैछ।

आयोजना निर्माण गर्न विभिन्न निकायले सेयर लगानी गर्ने कार्ययोजना समेत रहेको छ। शेयर लगानीकर्तामा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत रहेको छ। त्यस्तै कर्णाली प्रदेश सरकारको ५ प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको १ प्रतिशत सेयर रहेको छ। बाँकी ४९ प्रतिशत शेयर सर्वसाधारणका लागि खुला गरिने बताइएको छ।

सबै खालका अध्ययन सकिएको यो आयोजनाको फाइनान्सियल क्लोजर गर्ने अन्तिम तयारी भइरहेको कम्पनीका सीईओ सापकोटाले बताए। उनका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा सहवित्तीयकरण फर्म बन्नेछ। जसमा नबिल बैंकलगायत फर्ममा सहभागी हुनेछन्। सीईओ सापकोटाका अनुसार यो आयोजना निर्माणले कर्णालीको विकासमा ठूलो सहायता गर्नेछ।

उनका अनुसार अहिले निर्माण पूर्व तयारीका काम धमाधम भइरहेका छन्। आयोजनाको निर्माण आगामी आर्थिक वर्ष (२०८०/८१) देखि निर्माण सुरु गर्ने लक्ष्य सहित काम भइरहेको छ। अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक खोल्ने कार्य भइरहेको छ। पहुँचमार्ग पूरा हुनेलगतै आयोजनाको सिभिल संरचनाको काम शुरु हुनेछ। आयोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन पूरा प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। आयोजनाका लागि आवश्यक जग्गा मध्ये पहिलो चरणमा २६० रोपनी जग्गा तथा १४ वटा घर टहराको अधिग्रहण कार्य सम्पन्न गरी सम्बन्धित जग्गा धनीलाई मुआब्जा वितरण भइसकेको सापकोटाले बताए।

दोस्रो चरणका लागि ५० रोपनी जग्गा अधिग्रहण गर्न मुआब्जा दर निर्धारण भई वितरणको क्रममा रहेको छ। वातावरणीय अध्ययन कार्यका लागि वन मन्त्रालयले मागेको सुझाव दिएर सकिएकोले प्रतिवेदन स्वीकृत हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आयोजनाको निर्माण २०८६ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ। वर्षायाममा ४३०.२३ गिगावाट घण्टा र हिउँद याममा १९३.२४ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ। यही कम्पनीले ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ को काम पघि अघि बढाएको छ।