काठमाडौं ।अमेरिकी परियोजना एमसीसी कार्यान्वयन सुरुवात भएको विरोधमा चार कम्युनिस्ट पार्टीले आज नारा जुलुस सहित काेणसभा सम्पन्न गरेका छन ।
बुधबार माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ,आहुति नेतृत्वको बैज्ञानिक समाजवादी पार्टी ,र ऋषिराम कट्टेल नेतृत्वको नेकपाकाे सयुक्त आयाेजनामा बिराेध कार्यक्रम सम्पन्न भयकाे हाे ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला नेकपा का महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड, नेकपा का अध्यक्ष ऋषिराम कट्टेल , पूर्व सुरक्षा परिषदका प्रवक्ता हेमसंकर गिरी, नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र विद्रोही मशालका नेता चिन्तामणी पोखरेलले सम्बोधन गरेका थिए ।
कोणसभाको संचालन नेकपा पोलिटब्युरो सदस्य माइला लामाले गरेका थिए । सभालाई सम्बोधन गर्ने सबै वक्ताले एमसीसी कार्यान्वयन गर्न नदिने बताएका थिए। काठमाडौंको माइतीघरदेखि नारा र जुलुससहित बबरमहलमा पुगेर काेण सभा सम्पन्न भयकाे थियाे।
कार्यक्रम का फाेटाहरु :