११ श्रावण २०८१, शनिबार

अखिल नेपाल  शिक्षक संगठनले दिवंगत शेर बहादुर अधिकारीलाई “मरणाेपरान्त सम्मान पत्र” प्रदान गरेको छ

काठमाडौं । अखिल नेपाल शिक्षक संगठनले दिवंगत हुनुभयका संगठनका तत्कालीन  केन्द्रीय सदस्य तथा नेपाल शिक्षक महासंघका अर्थ उप महासचिव शेर बहादुर अधिकारी लाई मरणाेपरान्त सम्मान पत्र प्रदान गरेकाे छ ।

संगठनकाे  काठमाडौंमा भयकाे साताै राष्ट्रिय सम्मेलनमा अधिकारी कि छाेरी शाेभा अधिकारी लाई उक्त सम्मान पत्र हस्तान्तरण गरियकाे थियाे ।

शेर बहादुर अधिकारी पेशाले शिक्षक थिय, लाेक गायक, संगितकार , कवि, नाटककार , प्रगतिशील लेखक पनि थिय । २०५२/चैत १२ गते देखि रेडियो नेपालमा स्वर परिक्षामा पास भयका अधिकारीका दुई दर्जन भन्दा बढि गितहरु रेकर्ड भयका छन । भने जाजरकोट चिनारी ,जाजरकोट स्थानीय भाषा र स्तरिय नेपाली बिचकाे व्यत्तिरेखि विश्लेषण,जाजरकोटि लाेक साहित्य (गित,नृत्य र स्रष्टा चिनारी ),शेर बहादुर अधिकारीका रचनाहरु( कथा,नाटक र निबन्ध ),विश्रृङखलित सपनाहरु(कविता संग्रह ) विभिन्न पत्रपत्रिका हरुमा लेख रचना हरु प्रकाशित भयका छन ।

ग्रेगाेरी साहित्य पुरस्कारबाट र माेसफलमा विभिन्न प्रतिष्ठान र संस्थाबाट पुरस्कृृत र सम्मानित अधिकारी बहु प्रतिभाशाली र बहु रङ्गि ब्यक्तित्वका धनी थिय । बाला देखि वृद्ध सम्मका मान्छे संग छिट्टै घुलित हुन सक्ने उहाका वैयक्तिक स्वभाव थियाे।अधिकारी काे २०७८/०५/३० गते काेभिडले गर्दा उपचारकाे क्रममा सिभिल हष्पिटल काठमाडौंमा  असामयिक निधन भयकाे थियाे ।

अखिल नेपाल शिक्षक संगठनकाे साताै राष्ट्रिय सम्मेलन लक्षिराम ढकाल लाई अध्यक्ष मा चयन गर्दै ८१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दै शनिवार काठमाडौंमा सम्पन्न भयकाे थियाे। माक्र्सवाद , लेलिनवाद र माओवाद विचारधाराकाे मार्गदर्शक सिद्धान्त र विचारमा स्वतन्त्रता र संगठनमा एकताको संगठानिक प्रतिवेदन पास गर्दै सम्मेलन  सम्पन्न भएको थियाे र नेपालमा कम्युनिस्ट पार्टिहरुको टुटफुटको सामना झेल्दै। त्याग , तपस्या र बलिदान बाट निर्मित यस संगठनले अन्ततः एकताबद्ध भइ आफ्नो गरिमामय इतिहास जोगाउन सफल भएको नव निर्वाचित केन्द्रीय वरिष्ठ सदस्य लक्ष्मण वलिले बताय।