७ आश्विन २०८१, सोमबार

Breaking News

उर्मिला अर्याललाई राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्विरोध घाेषणा गरिदै

उर्मिला अर्याललाई राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्विरोध घाेषणा गरिदै

Breaking News, चुनाव, राजनीति, समाचार
२३ माघ काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल  राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज गरिंदैछ । यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै अर्याललाई निर्विरोध हुन सघाएको थियो । राष्ट्रिय सभाको आजको बैठकको कार्यसूचीमा अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निवार्चित गरियोस् भन्ने प्रस्ताव पेश हुने, सो प्रस्तावलाई समर्थकले समर्थन गर्ने, उम्मेदवारको विषयमा संक्षिप्त छलफल हुने र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।...
कुशे गाउपालिका जाजरकोटमा प्रथम राष्ट्रपति शिल्ड र दाेश्राे अध्यक्ष कप हुने

कुशे गाउपालिका जाजरकोटमा प्रथम राष्ट्रपति शिल्ड र दाेश्राे अध्यक्ष कप हुने

Breaking News, खेल, पर्यटन, शिक्षा, समाचार
जाजरकोट कुशे गाउँ पालिका जाजरकोटमा प्रथम राष्ट्रपति रनिङ सिल्ड एंवम दाेश्राे अध्यक्ष कप हुने भयकाे छ । माघ २६ देखि २८ गते सम्म गाउपालिकाकाे वडा न ६ स्थित दुर्गा देबि माद्यामिक बिद्यालय भार्मामा हुने  उक्त कार्यक्रममा  विभिन्न खेलकुद हरु संचालन हुने छन ।कार्यक्रम उद्धघाटनका लागि  गाउपालिका ले सबैमा निम्तो गरेकाे छ ।     ...
आज स्वस्थानी व्रत समापन

आज स्वस्थानी व्रत समापन

Breaking News, पर्यटन, संस्कृति, समाचार
२२ माघ काठमाडौं । हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । माधवनारायणको व्रत बसेका व्रतालुले पनि आईतवार नै व्रत समापन गर्दैछन् । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि काठमाडौंको शालीनदी, पशुपतिको गौरीघाट, भक्तपुरको हनुमानघाट पाटन मन्दिर र कृष्ण मन्दिर  लगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि निराहार रहेर स्वस्थानीको व्रत गर्दा मनोकांक्षा पूरा भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा बाचन गर्ने, सुन्ने र पूजाआजा गर्ने चलन छ । परम्परादेखि नै श्रीस्वस्थानीको व्रत रहने चलन  रहेको पाटन बंगलामुखि र कृष्ण मन्दिरमा  विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा व्रत बसि आज माटाेकाे भाडामा  जलाउन...
हिउँदे सिजनमा पनि ढुंङ्गेधारामा आयाे पानी

हिउँदे सिजनमा पनि ढुंङ्गेधारामा आयाे पानी

Breaking News, पुर्वाधार, माैसम, समाचार
२२ माघ काठमाडौं । ललितपुर का पाटन दरबार आसपासका ढुंगे धाराहरुमा पानि आउन थालेकाे छ । मेलम्चीको पानी राजधानीमा आयसंगै  ईनारहरुकाे पानी नताने पछि उक्त धाराहरुमा पानी आयकाे स्थानीय वासिहरुकाे भनाइ रहेकाे छ । बर्षायामकाे समयमा मात्रै पानी  आउने ती धाराहरुमा हिँउदे सिजनमा पनि पानी आयपछि त्यस आसपासका बासिन्दाहरु खुसि भयका छन । उक्त पानी खान ,नुहाउन र कपडा धुनका लागि  प्रयोग गरिन्छ ।...
माैसममा सामान्य बदली ,पहाडी र हिमालि भेगमा हिमपात

माैसममा सामान्य बदली ,पहाडी र हिमालि भेगमा हिमपात

Breaking News, माैसम, समाचार
२१ माघ काठमाडौं ।आज देशको पहाडी भू-भागमा मौसम बदली हुने भएको छ । दिउँसो बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।शनिबार राति लुम्बिनी प्रदेशका साथै प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी  प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार दिउँसो प्रदेश १ का पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार दिउँसो  प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भ...
राजबन्दी रिहाई काे माग गर्दै नेकपा (बहुमत ) जाजरकोटद्वारा  बिराेध प्रदर्शन

राजबन्दी रिहाई काे माग गर्दै नेकपा (बहुमत ) जाजरकोटद्वारा बिराेध प्रदर्शन

Breaking News, राजनीति, समाचार
१९ माघ जाजरकोट ।नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोटले  पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालयमा राजबन्दीहरूको फोटोसहित विरोध प्रदर्शन गरेको छ । सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपा (बहुमत) ले प्रदर्शन गरेको हो । प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोट का ईन्चार्ज  धमिलले राज्यले आफ्ना जायज मागलाई सजिलै नसुने देशमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताए । देशका विभिन्न कारागारमा रहेका नेता–कार्यकर्तालाई झूट्टा मुद्दा खारेज गरी जेलबाट मुक्त गराउन पार्टी निरन्तर सङ्घर्षमा लाग्ने उनको भनाइ थियो । ‘देश बनाउन, राष्ट्रिय स्वाधीनता बचाउन, जनतालाई अधिकार सम्पन्न बनाउन भनी भ्रष्टाचारीलाई तह लगाउँदै सङ्घर्षमा होमिएका युवाहरूमाथि अन्याय गरी जेलमा अत्याचार गर्ने अनि देश लुटेर बर्बाद बनाउने दलालहरूलाई मालिक बनाउने दलाल व्यवस्थाको अन्...
त्रिविद्वारा हतारमा गर्न खाेजियकाे परिक्षा पुनर्विचार गर्

त्रिविद्वारा हतारमा गर्न खाेजियकाे परिक्षा पुनर्विचार गर्

Breaking News, शिक्षा, समाचार
१८ माघ काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी त्रिवि विशेष क्याम्पस समितिले विद्यार्थीलाई बोझ थोपर्ने गरी आफ्नो अक्षमता लुकाउन हतारमा गर्न खोजिएको परीक्षा विद्यार्थीको मागबमोजिम पुनर्विचार गर्न त्रिवि परीक्षा नियन्त्रकसँग माग गरेको छ । समितिका इन्चार्ज गोविन्द बिस्टको नेतृत्वमा परीक्षा निरीक्षकलाई बुझाइएको ज्ञापनपत्रमा त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षको परीक्षातालिका पुस २९ गते सार्वजनिक गरेको, फागुन ७ गतेसम्म दोब्बर दस्तुरमा परीक्षा फाराम भर्ने मिति राखिएको छ तर हतार–हतार फागुन १० गते नै परीक्षा गर्ने त्रिविको निर्णय सच्याउन विद्यार्थीले लामो समयदेखि गरिरहेको आन्दोलनप्रति त्रिविले साधेको मौनताप्रति सङ्गठन गम्भीर बनेको उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ, ‘विगतदेखि कार्यतालिका व्यवस्थित गर्न नसकेको त्रिविले आफ्नो कमजोरी र अक्षमता अकस्मात् विद्यार्थीको टाउकोमा थोपरिद...
जाजरकोटमा ट्याक्टर दुर्घटना : तीन जना घाइते

जाजरकोटमा ट्याक्टर दुर्घटना : तीन जना घाइते

Breaking News, पुर्वाधार, समाचार
१८ माघ जाजरकोट।जाजरकोट  सदरमुकाम देखि एक किलोमिटर टाढाकाे  दुरिमा रहेको भेरि नगरपालिका वडा न ४ बाेहरा गाँउ  बिचकाे भिरमा ट्याक्टर दुर्घटना भयकाे छ । ट्याक्टर सडक देखि पाँच सय मिटर तल खसेकाे छ । गाेदाममा रहेकाे चामल  खलंगा देखि कुशे गाउँपालिका  लिनकाे लागि  लाेड गर्दै गर्दा उक्त ट्याक्टर दुर्घटना भयकाे हाे । दुर्घटनामा परि चालक साहु  कुशे गाउपालिका वडा न ७ का नबराज  जैशीकाे खुट्टामा चाेट लागि गम्भीर घाईते भयकाले उपचारका लागि नेपालगन्ज लिईसकेकाे  र उनका भाइ लाेकेश जैशी र कुशे ५ का हरिचन्द्र सिंहकाे अवस्था सामान्य रहेकाे छ।    ...
सत्ता गठबन्धन संकटमा !कांग्रेस सहित राष्ट्रिय सहमतिमा राष्ट्रपतिकाे चुनाव गर्नुपर्ने : प्रचण्ड

सत्ता गठबन्धन संकटमा !कांग्रेस सहित राष्ट्रिय सहमतिमा राष्ट्रपतिकाे चुनाव गर्नुपर्ने : प्रचण्ड

Breaking News, चुनाव, राजनीति, समाचार
१८ माघ काठमाडौं ।सत्तागठबन्धनका ठूला दल एमाले र माओवादीबीच सत्ता बाँडफाँट र पूर्वसहमतिसम्बन्धी अविश्वासले दूरी बढ्ने संकेत देखिएको छ । सरकारलाई विश्वासको मत दिएकाले प्रमुख प्रतिपक्षी कांग्रेससहितको राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड छन् । तर, एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमतिअनुसार राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान राख्दै आएका छन् । दुवै दलका दाबीले आपसी अविश्वास बढाउँदै लगेको छ । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै एमालेले प्रधानमन्त्रीले पूर्वसहमतिबाहिरको कुरा गरेर गठबन्धनभित्र अविश्वास पैदा गर्ने र स्थायित्वमाथि प्रश्न खडा गर्न खोजेको अर्थ्याउँदै आएको छ । यद्यपि, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिको उम्मेदवारबारे प्रारम्भिक छलफल सुरु भएकाले गठबन्धनभित्र दरार पैदा हुने गरी समस्या नआउने प्रधान...
नेकपा(बहुमत) धनकुटाद्वारा पार्टी समर्थक टेकु ओझाको रिहाइको माग

नेकपा(बहुमत) धनकुटाद्वारा पार्टी समर्थक टेकु ओझाको रिहाइको माग

Breaking News, राजनीति, समाचार
१७ माघ धनकुटा । नेकपा (बहुमत) धनकुटाले विज्ञप्ति जारी गरी पार्टी समर्थक टेकु ओझालाई अविलम्ब रिहा गर्न माग गरेको छ । पार्टी जिल्ला संयोजक मोहनले विज्ञप्ति जारी गरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निरन्तर सङ्घर्षरत रहेको, त्यसैको निरन्तरतामा धनकुटामा अवस्थित यातायात व्यवस्था कार्यालय प्रमुख बाबुराम लुइँटेललाई पार्टीकै नेतृत्वमा साङ्केतिक कारबाही भएको र शुक्रबार बेलुका धनकुटा जिल्ला सहिदभूमि गाउँपालिका बरबोटेस्थित सामान्य अवस्थामा साथीको घरमा बसिरहेको अवस्थामा टेकुलाई प्रहरीले गिरफ्तार गरेकाले बिनासर्त शीघ्र रिहा गर्न माग गरेका छन् । संयोजक मोहनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली श्रमजीवी तथा उत्पीडित वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निरन्तर सङ्घर्षरत छ । सङ्घर्षकै निरन्तरतामा धनकुटामा अवस्थित यातायात व्यवस्था कार्यालय प्रमुख बाबुराम लुइँटेललाई पार्टीकै नेतृत्वमा साङ्केतिक...