११ श्रावण २०८१, शनिबार

एमसिसि मात्र हाेईन याे संविधान नै खारेज हुनुपर्छ : कन्चन

काठमाडौंमा ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला “कञ्चन”ले एमसीसी मात्र नभई नेपालको संविधान नै खारेज हुनुपर्ने बताएका छन् ।
साेमबार एमसीसी परियोजना कार्यान्वयन विरुद्ध नेकपाद्वारा काठमाडौँमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले यो संविधानलाई नै खारेज गरी नयाँ संविधान बनाउनु पर्ने बताएका हुन् ।
उनले संसदीय व्यवस्था रहेसम्म एमसीसी खारेज हुन नसक्ने भन्दै एमसीसी खारेजका लागि जनताले सडकबाट आन्दोलन गर्नेु पर्ने बताए ।

नेता कञ्चनले एक सेकेण्ड पनि संसदीय व्यवस्था नेपालमा रहने खालको नभएको भन्दै संससदीय व्यवस्थालाई संस्थागत गरेर एमसीसी खारेज हुन नसक्ने ठोकुवा गरे ।
उनले चार वर्षमा नेपालका सबै कम्युनिष्टको नाम निशाना मेटाउने षड्यन्त्र गरि एमसीसी नेपालमा आएको दाबी गर्दै यो नेपालको लागि निकै घातक भएको बताए ।