११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोट ले संगठन सुदृढीकरण अभियान सुरु गरेकाे छ

जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटले संगठन सुदृढीकरण अभियान संचालन गरेकाे छ ।

सनिवार जिल्लाकाे नलगाड नगरपालिकाकाे वडा न १२ देखि उक्त अभियान सुरु भयकाेे र अभियान कार्तिक १५ गते सम्मा जिल्लाका सबै पालिकाहरुमा पुगि सम्पन्न गरिने बताईयकाे छ । राष्ट्रियता जनतन्त्र र जनजिविकाकाे लागि संगठन सुदृढीकरण अभियान संचालन गरियकाे , क्रान्तिकारी युवा संगठन नेपालका जिल्ला संयाेजक पदम हमालले जानकारी दिय ।

माेहन वैद्य नेतृत्वको क्रान्तिकारी (माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) काे गत बैशाख १८ गते देखि पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पछि देशै भरि जबस माेर्चा र पार्टी  प्रदेश, जिल्ला, नगर, गाउँ , हुँदै सेल कमिटी सम्मा एकताकाे प्रक्रिया अगाडि बढिरहेका छन ।