११ श्रावण २०८१, शनिबार

भारतले नेपाललाई हिन्दू राष्ट्र बनाउन लागेकाे छ : माेहन बिक्रम सिंह

धनगढी ।नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले भारत नेपाललाई हिन्दू राष्ट्र बनाउने गतिविधिमा लागेको बताएका छन् ।

प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा धनगढी आइपुगेका उनले नेपालभित्र मात्र नभई विदेशीहरू र विशेष गरी भारतको नीतिका कारण गणतन्त्र गम्भीर संकटमा परेको बताएका हुन् ।

उनले गणतन्त्र र संघीयता गुम्न सक्ने सम्भावना रहेको समेत दाबी गरे ।

मुलुकका राजावादी शक्तिहरू विगतभन्दा निकै बलिया भएको बताउँदै भारतमा आगामी निर्वाचनमा पुनः कट्टरपन्थी हिन्दुवादीले जिते नेपाललाई ठूलो क्षति पुग्न सक्ने उनको बुझाइ थियो ।

‘पूरा शक्ति अहिले राजतन्त्र फर्काउने अभियानमा लागेको छ । एक पटक प्राप्त भएको उपलब्धि गुम्न नदिन सबै एकजुट हुनुपर्ने हो ’ उनले भने ।