७ मंसिर २०८१, शुक्रबार

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन को पहिलो बार्षिकोत्सव को अबसरमा बिरेन्द्रनगर मा रक्तदान कार्यक्रम सम्पन्न

सुर्खेत।राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन को पहिलो बार्षिकोत्सव को अबसरमा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेश र प्रगतिशील जनस्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेश को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयको छ।

साेमबार संगठनले प्रदेश अस्पताल कर्णाली प्रदेश बिरेन्द्रनगर सुर्खेतमा,रक्तदान कार्यक्रम आयोजना गरेको हाे।रक्तदान कार्यक्रम मा प्रगतिशील स्वास्थ्यकर्मी महासंघ का प्रदेश अध्यक्ष कलम थापा, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन की केन्द्रीय सचिव मेनका संञ्ज्याल, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी महासंघ कर्णाली प्रदेश का प्रदेश अध्यक्ष तारा रिजाल लगायल अन्य स्वास्थ्यकर्मी तथा सुभेच्छूकहरुको सहभागीता रहेको थियो।उक्त रक्तदान कार्यक्रम मा ३५ भन्दा बढि पुरुष र एक जना महिलाले समेतले रगत दान गरेको राष्ट्रिय प्रगतिशील संगठन जिल्ला कार्यसमिति सुर्खेत का अध्यक्ष निर्मल कुमार रेग्मी ले जानकारी दिनुभयो।