८ आश्विन २०८१, मंगलवार

Breaking News

प्रधानमन्त्रीले बाेलाय संबैधानिक परिषद्को बैंठक

प्रधानमन्त्रीले बाेलाय संबैधानिक परिषद्को बैंठक

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार ९ बजे सिंहदरबार बस्ने गरि संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीकाे सचिवालय स्रोतले जनाएको अनुसार उक्त बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी रहेको स्रोतको भनाइ छ । चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहनेछन् । हाल कानुनमन्त्री पद पनि रिक्त छ ।...
सरकारले २०८० सालका लागि विभिन्न बिदाहरु सार्वजनिक गरेकाे छ

सरकारले २०८० सालका लागि विभिन्न बिदाहरु सार्वजनिक गरेकाे छ

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं ।सरकारले २०८० सालमा हुने सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ। राजपत्रमा प्रकाशित उक्त सूचीमा पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा पनि समावेश गरिएको छ। दशैंमा पनि एक दिन बिदा थप गरी पाँच दिन बनाइएको छ। अब फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिइनेछ। यसअघि एकादशीसम्म चार दिन मात्र दशैं बिदा दिइन्थ्यो। मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैं (कात्तिक ४ देखि ९ सम्म), तिहार (कात्तिक २६ देखि ३० सम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, दुवै इद (इद उल फित्र र इद उल अजहा), महाशिवरात्रि र फागुपर्वमा मुलुकभरि सार्वजनिक बिदा हुने उल्लेख गरेको छ । सम्बन्धित धर्म, संस्कृति भौगोलिक क्षेत्र र स...
महानगरले राेकेकाे सिंहदरबार भित्रकाे फाेहर ब्यवस्थापन गर्न  विकल्प थालियाे

महानगरले राेकेकाे सिंहदरबार भित्रकाे फाेहर ब्यवस्थापन गर्न विकल्प थालियाे

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ।फोहोर साइटमा लैजान महानगरपालिकाले रोकेपछि वर्गीकरण गरेर सिंहदरबार भित्रै फोहोर व्यवस्थापनको विकल्प खोजिएको छ। सिंहदरबार भित्रको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको परिवर्तन सेवा प्रालिले पुनः प्रयोग हुने र कुहिने फोहोर छुट्याएर व्यवस्थापनको काम गरेको हो । प्रालिका सञ्चालक मित्र घिमिरेका अनुसार सिंहदरबारबाट निस्किने फोहोर वर्गीकरण गरेर व्यवस्थान गरिरहेको हो । ‘कुहिने फोहोर र पशुका चारा हुने फोहोर छ्ट्याएर फोहोर व्यवस्थापन सुरु गरेका छौं । कुहिनेलाई खाल्डोमा र पशुका चारा हुने फोहोर किसानलाई पठाइरहेका छौं,’ घिमिरेले भने, ‘नकुहिने फोहोरमा पुनः प्रयोग हुनेलाई छुट्याएर व्यवस्थापन गरिरहेका छौं भने पुनः प्रयोग नहुनेलाई सिंहदरबारका केन्द्रीय उद्यानमा डम्प गरिरहेका छौं । ’ सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उत्पादन हुँदै आएको घिमिरे बताउँछन् । ५ टन मध्ये फोहोर वर्ग...
कर्णालीमा कांग्रेस सरकारमा गए वेदराज सिंह मन्त्री बन्ने पक्का

कर्णालीमा कांग्रेस सरकारमा गए वेदराज सिंह मन्त्री बन्ने पक्का

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत ।कर्णाली  प्रदेशमा सत्तारूढ गठबन्धनले राजकुमार शर्मा नेतृत्वको सरकारमा मन्त्रिपरिषद विस्तारको गृहकार्य गरिरहँदा जाजरकोटका वेदराज सिंह मन्त्री बन्ने पक्का भएको बताइएको छ । जाजरकोट प्रदेश क बाट निर्वाचित सिंह मन्त्री बन्ने पक्का भएको काँग्रेस निकट स्रोतले बताएको हाे । कर्णालीमा नेपाली कांग्रेसभित्र मन्त्री बन्न सांसदहरूको दौडधुप बढेको छ । कांग्रेसभित्र नेता र गुट अनुसार ‘कोटा’मा मन्त्री बाँडफाँट गर्ने गृहकार्य भइरहेको भएपनि जाजरकोटबाट निर्वाचित सांसद राजिव बिक्रम शाह र बेदराज सिंह मध्य पहिलो चरणमा बेदराज सिंह मन्त्री बन्ने पक्कापक्की भएको जनाइएको छ । कर्णाली सरकार विस्तार गर्ने तयारी गरिरहेका बेला नेपाली काँग्रेशबाट तिन जनाको नाम तय भैरहेको बताइएको छ । स्रोतका अनुसार अन्तिम टुंगो लाग्न भने बाँकी रहेको बताइएको  छ । ४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । ...
कर्णाली प्रदेश सरकारमा सहभागी हुन कांग्रेसको तयारी

कर्णाली प्रदेश सरकारमा सहभागी हुन कांग्रेसको तयारी

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत ।नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ । चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेसले सरकारमा जाने तयारी गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कांग्रेसलाई समेत समेटेर सरकारलाई पूर्णता दिने तयारी भएको बताए । यसअघि एमालेसँग रहेका तीन मन्त्रालय कांग्रेसलाई दिने तयारी मुख्यमन्त्री शर्माको भनाई छ । यता, नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारको नेतृत्वको दाबी गर्दै आइरहेका  छन । ४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । कांग्रेससँग १४, माओवादीसँग १३, एकीकृत समाजवादीका एक जना सांसद छन् । यस्तै एमालेसँग सभामुखसहित १०, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नयाँ न...
शताब्दी पुरुष सत्यमोहन जाेशीकाे पत्निकाे मृत्युु

शताब्दी पुरुष सत्यमोहन जाेशीकाे पत्निकाे मृत्युु

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ।शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा आज बिहान ५:१५ बजे राधादेवीको निधन भएको हो । केही दिनअघि राधादेवीलाई अस्पताल भर्ना गरिएको थियो । उनको श्वासप्रश्वासमा समस्या रहेकाे थियो । सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भयकाे थियाे ।...
जापानी प्रधानमन्त्री फुमियाे लक्षित बम प्रहार

जापानी प्रधानमन्त्री फुमियाे लक्षित बम प्रहार

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विज्ञान प्रबिधि, समाचार
टाेकियाे।जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् । प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनीलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो । आक्रमणको आशङ्कामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन । एक जना प्रत्यक्षदर्शीका अनुसार एक युवकले प्रधानमन्त्रीलाई लक्ष्य गर्दैै केही फ्याकेको देखेको तथा केही क्षण मै धुँवाको मुस्लो ठूलो आवाजमा त्यो वस्तु विष्फोट भएको...
बालुवाटार मा सुरक्षामा खटेका एक सदस्यले गाेलि चलाय , पुर्व मन्त्री बर्षमान पुनकि आमा घाइते

बालुवाटार मा सुरक्षामा खटेका एक सदस्यले गाेलि चलाय , पुर्व मन्त्री बर्षमान पुनकि आमा घाइते

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।बालुवाटारस्थित माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले  बतायो । उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । नेता बर्षमान पुन  उपचारका लागि चिन छन । गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ । शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी हुन। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन ...
सहकारी प्रवर्द्धन कोषको रकम परिचालन गर्न सरकारलाई महालेखाको निर्देशन

सहकारी प्रवर्द्धन कोषको रकम परिचालन गर्न सरकारलाई महालेखाको निर्देशन

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, समाचार
काठमाडौं ।महालेखापरीक्षकको कार्यालयले सहकारी प्रवर्द्धन कोषमा जम्मा भएको रकम प्रभावकारी तवरले परिचालन गर्न निर्देशन दिएको छ । कोषमा गत वर्ष ४ करोड ७७ लाख ६९ हजार र यो वर्ष १ करोड ८१ लाख ६४ हजार रुपैया गरी ६ करोड ५९ लाख ३३ हजार रुपैयाँ जम्मा छ। सहकारी ऐन, २०७४ मा सहकारी प्रवर्द्धन कोषमा सहकारी संस्थाहरूको जगेडा कोषमा रहेको रकमको ०ं५ प्रतिशतले हुने रकम साधारण सभाबाट लेखापरीक्षण प्रतिवेदन अनुमोदन भएको १५ दिनभित्र सहकारी संस्थाले कोष खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ। कोषमा अधिकांश सहकारी संस्थाले रकम जम्मा नगरेको समेत महालेखाले जनाएको छ । कोषमा रकम जम्मा नगर्ने सहकारीको लगत खडा गरी आवश्यक कारबाहीको लागि विभागमा लेखी पठाउने व्यवस्था भए पनि नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । कोष सचिवालयले सहकारीहरूबाट विवरण सङ्कलन नगरी बैङ्क स्टेटमेन्टको आधारमा कोषमा एकमुष्ट आम्दानी जनाउने गरेको...
नयाँ वर्ष मनाउन गयका युवाकाे खाेलामा डुबेर मृत्यु

नयाँ वर्ष मनाउन गयका युवाकाे खाेलामा डुबेर मृत्यु

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं । नयाँ वर्ष मनाउन गएका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको पाल्पास्थित भुतखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी चौकी दोभानका अनुसार जैसवाल घुमघामको लागि शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुतखोलामा पुगेका थिए। साथीहरूसँगै घुम गएका जैसवाल बिहान साढे १० बजेतिर ढुंगामा चिप्लिएर पोखरीमा खसेका थिए। उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।...