१३ श्रावण २०८२, मंगलवार

समाचार

डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
२३ कात्तिक, धनगढी । डाेटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ ।  उनीहरुको सनाखत हुन बाँकी छ । अन्य घाइतेको उद्दार गरिएको  अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाकाे टाेली खटिएकाे छ भने थप विवरण आउन बाँकी छ ।यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पकाे धक्का महशुस गरिएको थियाे।•...
चन्द्र ग्रहण सकियाे

चन्द्र ग्रहण सकियाे

Breaking News, अन्तर्राष्ट्रिय, माैसम, संस्कृति, समाचार, सुचना संचार
     काठमाडौँ — मंगलबार साँझ ५ बजेर ११ मिनेटदेखि सुरु भएको पूर्ण चन्द्र ग्रहण १ घन्टा २३ मिनेटसम्म देखिएर सकिएको छ । ग्रहण लागेर नै चन्द्रोदय भएको थियो । सूर्य पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्दा ग्रहण लाग्छ । चन्द्र ग्रहणका बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ । ग्रहण ६ बजेर ३४ मिनेटमा सकिएको थियो । चन्द्रमा अक्सर पृथ्वीको कक्षभन्दा केही तल वा माथि हुँदै परिक्रमा गर्छ । तर, कोणीय अन्तरका कारण सिधै छायाँ नपर्ने भएकाले ग्रहण हरेक पूर्णिमामा देखिँदैन । चन्द्र ग्रहणका बेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी हुने र सूर्यबाट चन्द्रमामा जाने प्रकाश पृथ्वीले ढाकिदिँदा पृथ्वीको छाया चन्द्रमामा पुग्छ । चन्द्रग्रहणका बेला पृथ्वी सूर्य र चन्द्रमाको बीचमा हुन्छ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा पृथ्वी र सूर्यको बीचतिर हुँदा औंसीको समय हुन्छ भने पृथ्वीबीचमा हुँदा चाहिँ पूर्णिमाको समय ...
नेपाल कम्युनिस्ट पार्टी (  बहुमत ) बाँकेकाे चाैथाे पुर्ण बैंठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) बाँकेकाे चाैथाे पुर्ण बैंठक सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
बांके । नेपाल कम्युनिस्ट पार्टी बांकेकाे चाैथाे पुर्ण बैठक पार्टी का केन्द्रीय सचिवालय सदस्य दिपककाे विशेष उपस्थितिमा र बांके का सम्पूर्ण जिल्ला कमिटी काे सहभागी तामा सम्पन्न  भयकाे छ । बैठकले आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव पुर्ण रुपमा अवज्ञा र बहिष्कार गर्ने र आम जनसमुदायलाई अपिल गर्दै सम्पन्न भयकाे एक नेताले बताय ।...
युरोपमा गर्मीका कारण १५ हजार मानिसको मृत्यु

युरोपमा गर्मीका कारण १५ हजार मानिसको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, माैसम, समाचार
         जेनेभा :अत्यधिक गर्मीका कारण युरोपमा १५ हजार जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले पछिल्लो तथ्याङ्क उद्दृत गर्दै स्पेनमा चार हजार, पोर्चुगलमा एक हजार, बेलायतमा तीन हजार दुई सय र जर्मनीमा चार हजार पाँच सय जनाको मृत्यु भएको जनाएका हुन्। गर्मीले मृत्यु हुनेको संख्या बढ्नसक्ने हेनरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। गत साउनमा युरोपभरि चलेको अतिउष्ण वायुले धेरैजना हताहत भएको फ्रान्सका राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ। विश्व मौसम विज्ञान सङ्गठनले पनि विश्वको तापक्रम बढिरहको तथा मौसम र जलवायुजन्य घटनामा सयौंको ज्यान गएको बताएको छ। बितेका ५० वर्षमा युरोपमा एक लाख ४८ हजार चरम तापक्रमका कारण मृत्युवरण गर्न बाध्य भएका सङ्गठनले जनाएको छ। विश्वव्यापी औसत तापक्रममा १.१ डिग्री सेल्सियस वृद्धि भइरहेको छ।...
ओनसरी घर्तीकाे घोषणापत्रः कोटेश्वरमा अण्डर पास, पेप्सीकोलादेखि सिनमंगलसम्म सुरुङमार्ग र मनाेहरा करिडोर ,

ओनसरी घर्तीकाे घोषणापत्रः कोटेश्वरमा अण्डर पास, पेप्सीकोलादेखि सिनमंगलसम्म सुरुङमार्ग र मनाेहरा करिडोर ,

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं: सत्तारुढ लोकतान्त्रिक-बाम गठबन्धनले काठमाडौं क्षेत्र नम्बर-२ को घोषणापत्र सार्वजनिक गरेको छ। गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, रोजगारी, सामाजिक सुरक्षा, खेलकुद लगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरिएको छ । घोषणापत्रमा बदलिएको राजनीतिक परिस्थितिमा देशलाई दिशानिर्देश गर्दै उत्पादनमुखी, समावेशी अर्थतन्त्र र दिगो विकासको युगमा लैजान  गठबन्धन निर्माण भएको दाबी गरिएको छ । काठमाण्डौं-२ लाई राजधानीकै पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता घोषणापत्रमा छ । प्राकृतिक पर्यटकीय सर्किट क्षेत्रको पूर्वाधार विकास, सांस्कृतिक सम्पदाको संरक्षण, फलफूल खेती एवम् कृषिमा आधुनिकीकरण र कृषि पकेट क्षेत्रको विकास, साइकल लेनसहितको सडक सञ्जाल निर्मा...
अमेरिकी मध्यावधि चुनाव: डोनाल्ड ट्रम्प र जो बाइडेन दुवैको लागि अग्निपरीक्षा

अमेरिकी मध्यावधि चुनाव: डोनाल्ड ट्रम्प र जो बाइडेन दुवैको लागि अग्निपरीक्षा

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार
  वासिङटन डिसी : <यतिबेला अमेरिकामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, जे बराक ओबामा र वर्तमान राष्ट्रपति जो बाइडेन एउटै कुरा भनिरहेका छन् । यस्तो विरलै हुन्छ। पेन्सिलभेनियामा चुनावी अभियानमा रहेकै दिन ओबामा र बाइडेनले त्यही भनिरहेका थिए जो ट्रम्पले भनेका थिए। यी राजनीतिक प्रतिद्वन्द्वीहरूले मतदातालाई बाहिर आएर मतदान गर्नुपर्छ भन्ने अपील गरे। बाइडेन, ओबामा र ट्रम्प मतदातालाई मध्यावधि चुनावमा मतदान गर्न आग्रह गर्दै छन्। अमेरिकामा मंगलबार हुन लागेको मध्यावधि निर्वाचनले कंग्रेसमा कसको वर्चस्व कायम गर्ने भन्ने टुंगो लाग्नेछ । अमेरेकी प्रतिनिधिसभाका ४ सय ३५ सै सिटका लागि निर्वाचन हुँदैछ । योसँगै सिनेटका ३५ सिटमा पनि कडा प्रतिस्पर्धा हुनेछ । पेन्सिल्भेनियामा, सिनेटका लागि डेमोक्रेटिक उम्मेद्वार जोन फेटरम्यान र रिपब्लिकन उम्मेदवार मेहमेट ओजको धेरै कम अन्तर छ। पेन्सिल्भेनियाको यो महत्...
पाँच ट्रेड युनियन महासंघद्धारा चुनाव बहिस्कार गर्ने घोषणा

पाँच ट्रेड युनियन महासंघद्धारा चुनाव बहिस्कार गर्ने घोषणा

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
     काठमाडौं,  चुनाव बहिस्कार गर्ने विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् । रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम घोर प्रतिक्रियावादी एवं राष्ट्रियता,जनतन्त्र र जनजीविकाविरुद्ध हुने जनाएको छ । क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले संयुक्त रुपमा चुनाव बहिस्कार घोषणा गरेका हुन् । निर्वाचनको नाममा साम्राज्यवाद–विस्तारवादका दलाल एवं थैलिपतिहरुद्धारा गरिएको फगत कार्टेलिङ प्रहसन मात्र भएको युनियनहरुको ठहर छ । ट्रेड युनियन संघर्ष समिति श्रमिकवर्गका मुक्ति, न्या...
नागढुंगा सुरुङमार्ग अब १ किलोमिटर मात्रै खन्न बाँकी

नागढुंगा सुरुङमार्ग अब १ किलोमिटर मात्रै खन्न बाँकी

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
       नागढुंगा सुरुङमार्ग अब १ किलोमिटर मात्रै खन्न बाँकी छ। २.६ किलोमिटर लम्बाइको सुरुङमार्ग १.६ किलोमिटर खनिएको हो। नागढुंगा सुरुङ निर्माण आयोजनाका अनुसार सुरुङ खन्ने कुल काममध्ये ६७.३० प्रतिशत काम सम्पन्न भएको छ। इमर्जेन्सीको रुपमा प्रयोग गर्न सकिने मुख्य सुरुङमार्गको समानान्तार सुरुङको काम १८ सय ६० मिटर खनिएको छ।यसको कुल लम्बाइ २५ सय ५७ मिटर छ। मुख्य सुरुङ र समानान्तर सुरुङबीच जोड्ने क्रस प्यासेजको निर्माण ७४ मिटर पूरा भएको छ।सुरुङ खन्नेसँगै कंक्रिट लाइनिङ आवश्यक हुन्छ। जसको ८३६ मिटर मात्रै काम सम्पन्न भएको छ। निर्माण पूरा भएका संरचनामा ३ वटा अन्डरपास, एक वटा बक्स कल्भर्ट, एउटा ओभर पास र ३ वटा पुल निर्माण भएका छन्। फ्लाई ओभरको कामको जग्गा अधिग्रहण अझै हुन सकेको छैन। हालसम्म ८५ प्रतिशत मात्रै जग्गा अधिग्रहणको काम सकिएको छ।...
विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

Breaking News, अन्तर्राष्ट्रिय, खेल, राष्ट्रिय, समाचार, सुचना संचार
             २२ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ ।पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ । विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ । ब्राजिलको टोली गोलकिपर :  एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेङ्गो) डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्होस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिट...
चुनाव अवज्ञा रक्तहिन क्रान्तिकाे प्रस्ताव हाे : दिपक

चुनाव अवज्ञा रक्तहिन क्रान्तिकाे प्रस्ताव हाे : दिपक

Breaking News, चुनाव, राजनीति, समाचार
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय कार्यलय सदस्य उदय बहादुर चलाउने “दिपक” ले चुनाव अवज्ञा रक्तहिन क्रान्तिकाे प्रस्ताव भएको बताउनुभएको छ । आज उहाँले आफ्नाे सामाजिक संजाल फेसबुकमा आफ्नाे पार्टीको धारणा सार्वजनिक गर्नु भएको छ । उहाँले आफ्नाे पार्टीले वर्तमान व्यवस्थाबाट समस्या समाधान नभएर आम नेपाली नागरिकहरुको अवस्था विकाराल र दयनीय भएको कारणले यसको निकासको निमित्त चलिरहेको पुँजीवादि संसदीय व्यवस्थाले हल नगर्ने भएको हुँदा उक्त व्यवस्थाले गर्न लागिरहेको मंसिर चार गतेको निर्वाचन अवज्ञा गर्ने निर्यण गरेको छ तर याे व्यवस्थाकाे विरुद्धमा वर्तमान अवस्थामा अवज्ञा प्रस्ताव रक्तहिन भएको जिकिर गर्नुभएको छ । उहाँलाई यसबारेमा हामीले फाेन संवाद गर्दा उहाँले “नेपालकाे आर्थिक,सामाजिक र राजनीतिक समस्या समाधानका निमित्त पार्टीले स्वाधीन संयुक्त सरकार निर्माणकाे प्रस्ताव अगाडि सारेको” बताउनुभएको छ ।...