११ श्रावण २०८१, शनिबार

चार कम्युनिस्ट पार्टीकोआयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं ।धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत),माेहन वैद्य नेतृत्वको  नेकपा (क्रान्तिकारी माओवादी),राम नारायण पाल नेतृत्वको  माओवादी कम्युनिस्ट पार्टी नेपाल र गाेपाल किराँती नेतृत्वको  नेकपा (माओवादी)ले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया गरेका हुन ।

शनिवार काठमाडौं काे अनामनगर स्थित संवाद डब्बलीमा संचालित कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी कमिटि सदस्य सि पि गजुरेल , नेकपा बहुमतका संयोजक  धर्मेन्द्र बास्ताेला ,नेकपा ( माओवादी )का अध्यक्ष गाेपाल पाेखरेल, माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पाल ले मन्तब्य राख्दै शान्ति प्रक्रिया लाई निष्कर्षमा पुर्‍याउनका लागि न्याय ब्यवस्थापन का लागी सबै पुर्व माओवादीहरु एक हुनु पर्ने र याे दलाल ब्यवस्थाले जसरि सत्यनिरूपण तथा मेलमिलाप आयाेगलाई दुरुपयोग गरेर फेरि द्वन्द्व निम्त्याउन खाेजिरहेकाले अब हामी माओवादी धारका पार्टीको धारणा शान्ति प्रक्रियालाई न्यायिक ब्यवस्थापनमा सबैकाे  ऐक्यबद्धता हुनुपर्ने धारण ब्यक्त गरे ।

कार्यक्रम काे अध्यक्षता नेकपा बहुमत का प्रवक्ता हेमन्त प्रकाश ओेलि सुदर्शन ले गरेका थिय भने स्वागत मन्तब्य नारायण प्रसाद रिमाल र संचालन चन्द्रहरि सुवेदी अटलले गरेका थिय ।उक्त कार्यक्रममा चारै दलका केन्द्रीय नेता कार्यक्रता र पत्रकार हरुकाे सहभागीता रहेकाे थियाे ।