४ माघ २०८२, आईतवार

समाचार

प्रधानमन्त्री र एमाले अध्यक्ष ओेलि बिच भेटवार्ता

प्रधानमन्त्री र एमाले अध्यक्ष ओेलि बिच भेटवार्ता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहदरबारमा भेटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेको थियो । एमालेबाट निर्वाचित जनप्रतिनिधिले ओलीसमक्ष यस विषयमा गुनासो गरेपछि उनले प्रधानमन्त्रीलाई बजेट कटौती नगर्न आग्रह गरेका बज्राचार्यले बताए । बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा ओेलिले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत...
टाेप बहादुर रायमाझीका छाेरा सन्दिप पक्राउ

टाेप बहादुर रायमाझीका छाेरा सन्दिप पक्राउ

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
बुटवल।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको स्रोतको दाबी छ । यो प्रकरणमा गत १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बुधबार भने पूर्वगृहसचिव टेकनाराय...
जाजरकोट खलंगा बजार अनुगमन, ३० हजार बराबरकाे म्याद सकियका अखाद्य बस्तु नष्ट

जाजरकोट खलंगा बजार अनुगमन, ३० हजार बराबरकाे म्याद सकियका अखाद्य बस्तु नष्ट

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट ।जिल्लाको सदरमुकाम खलंगामा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आयोजनामा संयूक्त बजार अनुगमन गरिएको हो । मंगलबार सदरमुकामका थाप्ले, नयाँ बस्ती, ठाँटी र न्यूरोड बजारमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका प्रमुख महेन्द्र भडेलले जानकारी दिए । पसलहरु बाट म्याद गुज्रेका खाद्यान्नहरु बरामद गरी नष्ट गरिएको छ । झण्डै ३० हजार बराबरको खाद्यान्न बरामद गरी नष्ट गरिएको प्रमुख भडेलले बताए । ‘पहिलेका भन्दा अहिले बजार सुधार हुदै गएको छ, उनले भने, ‘तर अहिले नवीकरण गर्नेको संख्या कम छ ।’ उद्योग वाणिज्य संघले पनि ताकेता गर्नुपर्नेमा जोड गरे ।...
क्रिकेट विजेता खेलाडीलाई ६ लाख नगत दिने मन्त्री परिषद्को निर्णय

क्रिकेट विजेता खेलाडीलाई ६ लाख नगत दिने मन्त्री परिषद्को निर्णय

Breaking News, अर्थवाणिज्य, खेल, राष्ट्रिय, समाचार
काठमाडौं ।मन्त्रिपरिषदको बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ। बुधबार बसेकाे मन्त्री परिषद्को बैठकले  कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको हाे ।...
जाजरकोट अन्तर पार्टी महिला संजालकाे अध्यक्षमा रामछाँया शाही

जाजरकोट अन्तर पार्टी महिला संजालकाे अध्यक्षमा रामछाँया शाही

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट ।अन्तरपार्टी महिला सञ्जाल जाजरकोटको अध्यक्षमा रामछाया शाही सर्वसम्मत चयन भएकी छन् । मंगलबार सदरमुकाम खलंगामा भएको समितिको निर्णयले शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । शाहि जाजरकोट कुशे गाउपालिकाकि पुर्व उपाध्यक्ष हुन । यस्तै, उपाध्यक्षमा तारा शाक्य, सचिवमा धर्मशिला बस्नेत, कोषाध्यक्षमा पशुपति कुमारी शाही चयन भएकी छन् । सदस्यहरुमा रिता पुन, रति नेपाली, सुमकला डाँगी, विष्णु गिरी, बविता चनारा, कमला शाह, सुनसरा खत्री, गोपी विक, सुनिता बोहरा, कृष्णा सिंह,भावना भण्डारी, देवि नेपाली, जगत कुमारी शाही सहित १७ सदस्सीय कमिटी निर्माण गरिएको अध्यक्ष शाहिले तूफान न्यूजलाई जानकारी दिईन् । विभिन्न राजनीतिक दलका महिलाहरुकाे सहभागी रहने गरि  अन्तरपार्टी महिला सञ्जाल गठन गरिय काे हाे । अध्यक्षमा नेपाली काँग्रेस, सचिवमा नेकपा माओवादी केन्द्र उपाध्यक्षमा नेकपा एमाले, कोषाध्यक्षमा राप्रपाको...
रवि लामिछानेका चालक शम्भु थापाकाे निधन

रवि लामिछानेका चालक शम्भु थापाकाे निधन

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
ललितपुर ।तीन तलाको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा शम्भुकाे  निधन भएको छ ।   सिन्धुपाल्चोक बाह्रबिसे घर भयका ३९ बर्षिय थापा ग्यालेक्सी टेलिभिजनका पुर्व सहकर्मी पनि थिय । उपनिर्वाचनको संघारमा गत बैशाख ४ गते चितवन भरतपुरस्थित सभापति लामिछानेको घरको छतबाट घसेर थापा गम्भीर घाइते भएका थिए । उनलाई कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार गराइए पनि थप उपचारका लागि बैशाख ५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको मंगलबार दिउसो  निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।...
माओवादीले पीडा दियकाेमा आपत्ति : माधवकुमार नेपाल

माओवादीले पीडा दियकाेमा आपत्ति : माधवकुमार नेपाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
सुर्खेत ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालीले सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा माओवादीले पीडा दिएकाेमा आपत्ति जनाए  । ‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ उनले अघि भने, ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’ खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहारप्रति आपत्ति जनाए । कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने अध्यक्ष नेपालले चेतावनी समेत दिए । माओवादी अध्यक्ष प्रचण्ड, प्रदेशका नेताहरुलाई सम्बोधन गर्दै उनले भने, ‘ प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन ।’ उनले माओवादीको व्यवहारको आलोचना...
जाजरकोट भिरबाट खसेर एक युवाकाे मृत्युु

जाजरकोट भिरबाट खसेर एक युवाकाे मृत्युु

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट ।कुशे गाउपालिका वडा न ८ जिन्ताला निवासि ३७ बर्षका युवा अमर ब सिहंकाे घाँस काट्न गयकाे वेला रुख नै उम्कियर भिरवाट लडेर मृत्यु भयकाे छ । शुक्रबार देखिकाे ३/४ दिनकाे लगातार  बर्षातको झरिले सताई गाई बस्तुलाई  विहान घासँ काट्न जादा गाउदेखि तलपट्टि छेडा जाने रोडको माथि घास काट्दा रुखनै उम्केर घटना स्थलमै मृत्यु भएकाे हाे । हाल घटनाको अध्यनका लागि ईलाका प्रहरी कार्यलय  पैंकबाट प्रहरी र स्थानीय बासिहरु त्यहा पुगि अनुसन्धान भईरहेकाे स्थानीय धन बहादुर सिंहले बताय ।...
एसिया कपमा नेपाल , यूएई ७ विकेटले पराजित

एसिया कपमा नेपाल , यूएई ७ विकेटले पराजित

Breaking News, खेल, राष्ट्रिय, समाचार
काठमाडौं ।यूएईलाई ७ विकेटले हराउँदै नेपालले  एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो । ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए । लगतै कप्तान रोहितकुमा...
आज छैठौं राष्ट्रिय सूचना तथा प्रबिधि दिवस मनाईदै

आज छैठौं राष्ट्रिय सूचना तथा प्रबिधि दिवस मनाईदै

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं।सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज छैठौं  राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटी डे) मनाइँदैछ । हरेक वर्षको मे २ मा आइसिटी डे मनाइँदै आएकामा नेपालमा निजी र सरकारी तवरबाट यो दिवस मनाइँदै आएको छ । २०७४ जेठ १९ गते बसेको मन्त्रिपरिषद्बाट निर्णय भएअनुसार प्रत्येक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन थालिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको बतायका छ...