२३ भाद्र २०८१, आईतवार

हेलिकप्टरमार्फत गाउँपालिकाले गर्याे सुत्केरीको उद्दार

जाजरकोट ।कुशे गाउँपालिका वडा न ४ निवासी सरिता जैसीलाई सुत्केरी ब्यथाले च्यापे पछि आवश्यक सामाग्री स्वास्थ्य चौकी अर्छानीमा उपलब्ध नहुदा हेलिकप्टर मार्फत सुर्खेत उद्दार गरियकाे छ ।

गाउँपालिकाकाे विशेष पहलमा हेलिकप्टरकाे ब्यवस्था गरि सुत्केरी जैसिलाई उद्दार गरियकाे हाे। याे भन्दा अगाडि पनि  हेलिकप्टरकाे ब्यवस्था गरि सुत्केरी हुन कठिन अवस्थामा पुगेकि पालिकाका विभिन्न वडा अन्तर्गतका महिलाहरुलाई उद्दार गर्दै आयकाे थियाे।

गाउँ-गाउँमा सिजनलि बाटाे पुगे पनि, अहिले सम्म बाह्रै महिना यातायात का साधन चल्न सक्ने अवस्था छैन । चर्काे भाँडा दरमा जिपहरु संचालित छन , बर्खायाममा पानी पर्दा खाेला नाला बढ्ने ठाउँ-ठाउँमा पहिराे जाने र बाटाे अवरुद्घ हुने जस्ता समस्याहरुले सर्वसाधारणले सास्ती भाेग्दै आयका छन ।