ग्रील तथा स्टील व्यवसायी संघको व्यवसाय अनुगमन : झोले मिस्त्री बिस्थापित गर्ने
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत रहेको बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिले झोले मिस्त्री बिस्थापन गर्ने भन्दै व्यवसाय अनुगमन कार्य अगाडी बढाएको छ ।
कोरोना प्रभाव पछि सुस्ताएको ग्रील तथा स्टील व्यवसाय अहिले सम्म राम्रो संग उठ्न नसकेर व्यवसायनै छोडेर हिड्नु पर्ने अवस्था सिर्जना भए पछि व्यवसायीहरु यतिबेला बिभिन्न स्थानहरुमा अनुगमन गर्दै झोले मिस्त्री बिस्थापित गर्ने अभियानमा लागेका छन् ।
अनुगमनको क्रममा कामपा १६ चःमतीमा व्यवसायभन्दा बाहिरका व्यक्तिहरुले फलामको ट्रस बनाएको भेटिएपछि तत्कालको लागि त्यहाँको कार्य रोकी आवश्यक प्रकृया पुर्याएरमात्र कार्य सुचारु गर्न अनुगमन समितिले त्यहाँबाट वेल्डिङ मेसीन लगायतका सामाग्रीहरु ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत रहेको बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिको कार्यालयमा राखेको छ ।
...









