काभ्रेको खानिखोला ४ मा भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालको वडा समिति गठन
काठमाडौं । भ्रष्टाचार प्रति शुन्य सहनसिलताको नीतिमा प्रतिबद्ध रहि शान्ति ,बिकास र उत्पादन मार्फत संमृद्ध नेपालको परिकल्पना गर्दै सामाजिक संगठनको रुपमा अगाडी बढिरहेको भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल प्रति युवाहरुको चासो बढेको छ ।
संस्थाले देशको वर्तमान परिस्थितिमा भ्रष्टाचार बिरुद्ध नागरिक अभियानको महत्व अत्यधिक बढेको भन्दै संगठनलाई देशव्यापि बनाउने घोषणा गरे लगत्तै काभ्रेपलान्चोक जिल्लाको खानिखोला गाउँपालिका वडा नं.४ मा वडा समिति गठन भएको हो ।
लामो समय सामाजिक तथा राजनैतिक क्षेत्रमा काम गरिरहेका युवा रुपेश लोेप्चनले काभ्रेपलान्चोकमा भ्रष्टाचार बिरुद्ध अभियानको संगठन बिस्तार तथा कार्यक्रम संयोजकको जिम्मेवारी सम्हालेको छोटो समयमानै आफ्नै वडाबाट संगठन बिस्तारको कामलाई अगाडी बडाएका हुन् ।
काभ्रेपलान्चोक जिल्लाको खानिखोला गाउँपालिका वडा नं.४ माभएको एक भेलाले ङेमा थिङको संयोजकत्वमा २१ ...









