
पृथ्वीनारायण शाहले आफू बाहेककालाई मास्ने काम गरे: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गरेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा बुद्धिजिवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मानिसहरू अहिले आएर 'पृथ्वीपथ' भनिरहेको तर पृथ्वीनारायण शाहले त्यतिबेला गरेजस्तै आफूबाहेक अरूलाई मास्ने कुरा अहिलेको सन्दर्भमा नमिल्ने बताएका हुन्।
'आज त राष्ट्र जोगाउनु र एकतावद्ध बनाउन जरूरी छ। त्यतिबेला मास्नु र एकीकरण गर्नु थियो,' उनले भने,' अहिले आएर यतिबेला पृथ्वीपथ रे। पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि। ढाइ सय वर्ष अघिको कुरा ल्याएर देशको विकास? देशलाई एकतावद्ध बनाउनु छ। पृथ्वीपथले एकतावद्ध? मारकाट गरेर एकताबद्ध गर्ने?'
प्रधानमन्त्री ओलीले आजका आवश्यकता अनुसारका नीति चाहिने पनि बताए।
'एकीकरणको कुरा एउटा होला...