५ श्रावण २०८२, सोमबार

समाचार

दरबार हत्याकाण्डको शोकमा आज आन्दोलन नगर्ने, दीप प्रज्वलन गर्ने कार्यक्रम तय

दरबार हत्याकाण्डको शोकमा आज आन्दोलन नगर्ने, दीप प्रज्वलन गर्ने कार्यक्रम तय

समाचार
काठमाडौं। आन्दोलनरत राजावादीहरूले आजको आन्दोलन स्थगित गरेर शोक मनाउने भएका छन् ।   जेष्ठ १५ गतेदेखि आन्दोलनमा रहेका राजावादीहरु दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णयमा पुगेका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका हुन् । २०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्रसहित राजपरिवार सखाप भएको थियो । सोही दिनको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने बताइएको छ । आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ । ...
नेपाली बजारमा आज बढ्यो सुनको भाउ

नेपाली बजारमा आज बढ्यो सुनको भाउ

समाचार
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ। आइतबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। ...
सार्वजनिक गाडीहरू ग्यारेजमा थन्किए, सडक खाली

सार्वजनिक गाडीहरू ग्यारेजमा थन्किए, सडक खाली

समाचार
काठमाडौं । सोमबार काठमाडौंमा सार्वजनिक सवारी साधनहरू गुडेका छैनन्।   यातायात व्यवसायीहरूको सोमबारदेखि देशैभरि सार्वजनिक यातायात अनिश्चिकालीन बन्द आह्वान गरेका छन्। त्यसैको प्रभाव शनिबार बिहानैदेखि काठमाडौंमा देखिएको छ। यातायात बन्द हुँदा बिहानै काममा जाने र कलेज पढ्ने विद्यार्थीहरू मारमा परेका छन्। यात्रुहरू गन्तव्यमा पुग्न पैदल हिँडिरहेका देखिन्छन्।   काठमाडौं उपत्यका भित्र मात्रै होइन काठमाडौं बाहिर जाने गाडीहरू पनि बिहानैदेखि चलेका छैनन्। लामो र छोटो दूरीका सवारी साधनहरू नयाँ बसपार्कमा थन्किएर बसेका छन्। काठमाडौं भित्र चल्ने सार्वजनिक सवारी साधनहरू पनि विभिन्न ग्यारेज र घरमा थन्काएर राखिएका छन्। सार्वजनिक यातायात ठप्प पार्ने चेतावनीसहित आन्दोलनको नेतृत्व नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको छ भने उसलाई ट...
तत्कालीन राजा विरेन्द्रकाे वंशनास भयकाे आज २३ बर्ष बित्याे,अझै छानबिन भयन्

तत्कालीन राजा विरेन्द्रकाे वंशनास भयकाे आज २३ बर्ष बित्याे,अझै छानबिन भयन्

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं ।तत्कालिन राजा वीरेन्द्र शाह लगायत उहाँको परिवारको वंशनास भएको आज २३ बर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रवार आजैको दिन नारायणहिटी राजदरबारमा राखिएको भोज कार्यक्रममा तत्कालिन राजा वीरेन्द्र र भाई धीरेन्द्रको परिवारको षड्यन्त्रपूर्ण हत्याकाण्ड रचि वंशनास गरिएको २३ बर्ष पुरा भएको हो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा छेरा धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको निधन भएको थियो । गोली लागि वेहोस भएका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते हतार हतार राजा घोषणा गरिएको थियो । दीपेन्द्र बेहोस भई अस्पतालमा उपचारत रहेका बेला तत्कालीन अधिराजकुमार भनेर ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञा...
गृह मन्त्रालयले गर्‍यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा

गृह मन्त्रालयले गर्‍यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा

समाचार
काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालले रातोपाटीलाई जानकारी दिए ।   महाशाखा प्रमुख रिजालका अनुसार बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालयमा तानेर जगेडामा राखिएको छ । त्यस्तै मन्त्रालयको जगेडामा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । मन्त्रालयमै जगेडामा रहेका शंकरहरि शर्मालाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । त्यहाँका रामुराज कडरीयालाई मन्त्रालयमा तानिएको छ । मन्...
गायक तथा संगीतकार गणेश रसिकको निधन

गायक तथा संगीतकार गणेश रसिकको निधन

समाचार
काठमाडौं । गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ ।   उनको आज ७७ वर्षको उमेरमा हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए । उनको भोलि मात्रै अन्त्येष्टि गरिने बताइएको छ । छोरी विदेशमा रहेकाले भोलि मात्रै अन्त्येष्टि गर्न लागिएको हो ।
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

समाचार
काठमाडौं। काठमाडौं महानगरपालिका-२६ पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका-३ घर भएका ३७ वर्षीय राजु थापा समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ यरिचोकस्थित दैलेख भैरवी गाउँपालिका-२ घर भएका ४० वर्षीय पदम थापाको पंचकोशी ज्वाला रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालक पदम समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय नेपाली रूपैयाँ, २ हजार भारतीय रूपैया र ७ बुक तास सहित पक्राउ गरेको हो । ...
नारायणी अस्पतालको आईसीयूमा साढे २ घण्टा बिजुली गायब

नारायणी अस्पतालको आईसीयूमा साढे २ घण्टा बिजुली गायब

समाचार
काठमाडौं। अस्पतालको अति संवेदनशील ‘आईसीयू’ र ‘सिसीयू’ कक्षमा अचानक विद्युत अवरुद्ध हुँदा के हुन्छ ?, उत्तर सहज छ- उपचारमा समस्या हुन्छ, बिरामीको ज्यान नै जान सक्छ ।   नारायणी अस्पताल वीरगञ्जको आईसीयू र सीसीयू कक्षमा शुक्रबार राति १०:३० देखि शनिबार बिहान १:०० बजेसम्म विद्युत् आपूर्ति बन्द भयो । साढे दुई घन्टा बत्ती जाँदा बिरामीको उपचारमा समस्या त भयो तर चिकित्सकको सावधानीका कारण कसैको ज्यान तलमाथि भने हुन पाएन । बत्ती गएको समयमा अस्पतालको आईसीयू र सीसीयू शय्यामा १७ बिरामी उपचारत थिए ।  चिकित्सक र नर्सिङ स्टाफले आवश्यक समन्वय र सावधानी अपनाएर बिरामीको उपचार गरेका थिए । विद्युत् अवरुद्ध भएपछि चिकित्सक र नर्सले मोबाइलको ‘लाइट’ बालेर उपचार गरेका थिए ।     अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले आईसीयू र सीसीयू कक्षमा वायरिङ सर्ट हुँदा समस्या ...
कमल थापा प्रहरी नियन्त्रणमा

कमल थापा प्रहरी नियन्त्रणमा

समाचार
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।   काठमाडौंस्थित नक्साल नारायणचौरमा भएको राजावादीहरूको आन्दोलनबाट पूर्वगृहमन्त्रीसमेत रहेका थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो।   जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले थापालाई नियन्त्रणमा लिइएको जानकारी दिए।   ‘भिडलाई भड्काउन खोजेपछि उहाँलाई हामीले नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘अरू पनि नियन्त्रणमा छन्।’ नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन' समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ। उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ। राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राखेर सुवेदी नेतृत्वको समितिले 'जनआन्दोलन' गरिरहेको छ। &nbs...
कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

समाचार
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-५ घर भएका २७ वर्षीय अशोक कुमार साहुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।   अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । ...