३ श्रावण २०८२, शनिबार

समाचार

काभ्रेको बेथाञ्चोक गाउँपालिकामा बस दुर्घटना, एकजनाको मृत्यु

समाचार
काठमाडौं । काभ्रेको बेथाञ्चोक गाउँपालिका वडा नम्बर ६ मा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।   पनौतीबाट भुग्देउ जाँदै गरेको बा.३ ख४४३५ नम्बरको बस बेथानचोक गाउँपालिका–६ च्यानडाँडामा दुर्घटना हुँदा बनेपा नयाँबस्ती निवासी ६० वर्षीया कृष्ण कुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको हो ।   दुर्घटनामा तीनजना घाइते भएका छन् । घाईते हुनेमा बसका चालक साथै कृष्ण कुमारीकी बुहारी संगिता आचार्य तिमल्सिना र नातिनी १ वर्षीया संगम रहेका छन् । उनीहरूको सामान्य अवस्थामा उपचार भइरहेको बताइएको छ । ...
अग्नि सापकोटाविरूद्ध अपहरण र ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

अग्नि सापकोटाविरूद्ध अपहरण र ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

समाचार
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख अग्नि सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दामा उत्प्रेषणा जारी गरेको छ। योसँगै काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ।   बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।   सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए। काभ्रेको अर्जुन लामा हत्या प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन्। मुद्दा दायर भएका बेला सापक...
जाजरकोटमा भिरबाट लडेर १८ बर्षिया किशोरी काे ज्यान गयाे

जाजरकोटमा भिरबाट लडेर १८ बर्षिया किशोरी काे ज्यान गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जिल्लाको कुशे गाउँपालिकामा भिर बाट लडेर एक किशोरीको ज्यान गएको छ । कुशे गाउँपालिका ‒१ बस्ने रामबहादुर रावत र तुल्सी चलाउनेकी १८ बर्षिया छोरी मनिषा रावतको भिरबाट लडेर ज्यान गएको हाे । तमाे ध्यान माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया मनिषा मंगलबार बाख्रा चराउन गएका बेला अचानक चिप्लिएर भिरबाट लडेकी थिइन् । उनको घटनास्थलमै ज्यान गएको बताइएको छ ।...
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

समाचार
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।   मेनुकाले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।   ...
झण्डै तीन हजारले बढ्यो आज सुनको मूल्य

झण्डै तीन हजारले बढ्यो आज सुनको मूल्य

समाचार
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु दुई हजार ९०० र चाँदी रु ५५ ले बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ४५ निर्धारण भएको छ ।   अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७६ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।...
कालीमाटीमा भित्रिएका १७४ प्रकारका तरकारीमा विषादी

कालीमाटीमा भित्रिएका १७४ प्रकारका तरकारीमा विषादी

समाचार
काठमाडौं । काठमाडौँको कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न ठाउँबाट भित्रिएका तरकारीमा विषादीको अवशेष मापदण्डभित्र रहेको पाइएको छ ।   महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) सहित सोमबार राती १० बजेदेखि विहान ३ बजेसम्म भित्रिँदा भित्रिँदै गरेका १७४ वटा नमूना लिएर स्थलगत परीक्षण गर्दा यो नतिजा प्राप्त भएको हो ।   खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.ईश्वर सुवेदी भन्छन्, ‘नेपालका करिब २० जिल्लाबाट भित्रिएका तरकारीको नमूना संकलन गरेर परीक्षण गर्दा विषादीको अवशेष मापदण्डभित्र रहेको भेटिएको हो ।’ उनका अनुसार फलफूलमा लिचीको नमूना लिइएको थियो । यस्तै सुकेको माछाको पनि नमूना लिएर परीक्षण गरिएको थियो । परीक्षणमा वरिष्ठ खाद्य अनुसन्धान ...
खोलाले बगाएको पुलको सामान चोरेर बेचेको आरोपमा वडाध्यक्ष पक्राउ

खोलाले बगाएको पुलको सामान चोरेर बेचेको आरोपमा वडाध्यक्ष पक्राउ

समाचार
काठमाडौं । रोशी खोलाले बगाएको पुलको सामान चोरी गरेर बेचेको आरोपमा रोशी गाउँपालिका वडा नम्बर-७ का वडा अध्यक्ष अशोक गौतम पक्राउ परेका छन् ।   गत २०८१ साल असोज १० देखि १३ गतेसम्मको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको थानसिङ बेसीस्थित फलामको पुलको सामान चोरी गर्दै बेचेको आरोपमा वडाध्यक्ष गौतम पक्राउ परेका हुन् ।   यस्तै, नमोबुद्ध नगरपालिका वडा न-६ वडा अध्यक्ष टिकाबहादुर केसी समेत यसमा संलग्न रहेको बताइएको छ । उनी भने पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको छ ।   दुवै वडाध्यक्षबीच पुलको बाँकी सामान साझेदारी गरी आधा(आधा मूल्य बाँड्ने सम्झौतामा बिक्री गरिएको बताइएको छ । प्रहरीले घटनास्थलबाट लोड गर्न बोलाइएको दुईवटा टिपरसहित व्यवसायी र चालकलाई नियन्त्रणमा लिएको छ । कवाडी व्यवसायीहरूले वडा कार्यालयको सिफारिस र वडाध्यक्षहरूलाई बुझाएको भुक्तानी...

सदनको गतिरोध अन्त्य गर्न सभामुखले गरे सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल

समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न पहल गरेका छन्।   सभामुख घिमिरेले मंगलबारको प्रतिनिधि सभा बैठकअघि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेको सभामुखको सचिवालयले जनाएको छ।   साथै सभामुख घिमिरेले नेपाली कांग्रेस र नेकपा (एमाले) का प्रमुख सचेतकहरूसँग पनि कुराकानी गरिरहेका छन्।   प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि उक्त समयमा बैठक बस्न सकेको छैन।   ...
पर्यटन बोर्डद्वारा पर्यटकका लागि निःशुल्क सटल बस सञ्चालन

पर्यटन बोर्डद्वारा पर्यटकका लागि निःशुल्क सटल बस सञ्चालन

समाचार
काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहजताका लागि निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ ।   देशका विभिन्‍न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्ध भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाडौंका प्रमुख होटलहरूसम्म आउने पर्यटकहरूलाई निःशुल्क यात्राको सुविधा उपलब्ध गराइएको हो ।   पर्यटकहरूको आगमन सहज र स्वागतयोग्य बनाउने उद्देश्यले सुरु गरिएको यो सेवाबाट विमानस्थलको आगमन क्षेत्रमै नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले यात्रुहरूलाई जानकारी र सहयोग प्रदान गरिरहेका छन् ।   बोर्डले आगामी दिनहरूमा पनि यस्ता सहज, व्यवस्थित र पर्यटकमैत्री सेवाहरू थप विस्तार गर्दै जाने जनाएको छ । नेपाल पर्यटन बोर्डले यो पहल स्वदेश आउने पर्यटकलाई स्वागतजनक अनुभूति दिन र उनीहरूको पहिलो यात्रालाई सह...
आगलागीमा परेर वृद्धको जलेर मृत्यु

आगलागीमा परेर वृद्धको जलेर मृत्यु

समाचार
काठमाडौं । कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।   आइतबार राति अनिल चौधरीको दुई तले काठको गोठमा आगलागी हुँदा गोठको माथिल्लो तल्लामा सुतिरहेका उनका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारूको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।   आगलागीको सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक खेमराज पन्त नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आगो निभाएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट चौधरीको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । ...