ग्राण्डी अस्पतालको १३ औँ वार्षिकोत्सव मनाइयो
काठमाडौँ । काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १३ औँ वार्षिकोत्सव भव्यताका साथ मनाइएको छ ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको ग्राण्डीले शनिबार साँझ एक कार्यक्रमको आयोजना गरि आफ्नो १३ औँ वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवका अवसरमा बोल्दै अस्पतालका अध्यक्ष ईञ्जिनीयर दिपक कुँवरले ग्राण्डीले विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै विरामीको सेवामा अहोरात्र खटिने डाक्टर, नर्स तथा अस्पतालका कर्मचारीलाई धन्यवाद दिनुभयो ।
उहाँले विभिन्न आरोह अवरोहका बीचमा पनि ग्राण्डीले अनवरत रुपमा विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो,–“स्थापनापछि भूकम्प, नाकाबन्दी र कोरोनालगायतका समस्यामा परेको ग्राण्डीले स्वदेशी तथा विदेशी विरामीलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा मलाई ज्यादै खुशी लागेक...









