
तारकेश्वर १० मा लागू औषध दुव्यसन तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न
काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा परिवर्तका निम्ती सहकार्य नेपालले आज लागू औषध र्दुव्यसनी तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरिक्षक शालिग्राम शर्मा पौडेल र प्रहरी निरिक्षक शैलजा पाण्डेले लागू औषध दुव्र्यसनी र आत्महत्या दुरुत्साहन सम्बन्धी कक्षाहरु संचालन गर्नुभएको थियो ।
परिवर्तनका निम्ती सहकार्य नेपालका अध्यक्ष एवं पत्रकार रबिन प्रसाद थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रहरी कार्यालय बालाजुका प्रमुख, प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्ट, तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राई, मानसिंह धर्म मा.वि का प्रधानाध्यापक केदार गजुरेल, तारके...