१९ जेष्ठ २०८३, मंगलवार

समाचार

प्रतिस्पर्धा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ वार्षिक साधारणसभा सम्पन्न

प्रतिस्पर्धा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ वार्षिक साधारणसभा सम्पन्न

अर्थवाणिज्य, समाचार
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं.३ थानकोटमा रहेको प्रतिस्पर्धा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष रविन्द्र बोहराको अध्यक्षतामा सम्पन्न साधारणसभा पत्रकार महासंघका सचिव तथा राससका पत्रकार विदुर आचार्यले संचालन गर्नुभएको थियो । युवा व्यवसायी तथा त्रिनभ टिम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ईश्वर लामाको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा स्थानिय शेयर सदस्य तथा संस्थाका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । साधारणसभामा मंगोलदय मा.वि.का प्रधानाध्यापक कविन्द्र गोपालीको संयोजकत्वमा बनेको निर्वाचन समितिले नयाँ कार्यसमिति समेत चयन गरेको छ । निर्वाचन समितिमा संयोजक कविन्द्र गोपाली, निर्वाचन अधिकृत ओमप्रकाश श्रेष्ठ ,सदस्य राजिव श्रेष्ठ,हरिदाश अमात्य रहनु भएको थियो । साधारणसभामा संचालक सदस्य सुदिप मंगरातीको ...
नेप्सेम्याकको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

नेप्सेम्याकको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

समाचार
काठमाडौं । नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र ( नेप्सेम्याक) को आयोजना र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेप्सेम्याक सेवा प्रा.लि.को स्वयम्भु शाखामा भएको उक्त कार्यक्रमको अध्यक्षता शाखा प्रमुख बाबुराम घिमिरेले गर्नुभएको थियो भने सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी ईचंगुका अध्यक्ष समाजसेवी प्रताप दानी प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । वातावरण संरक्षण गैर सरकारी संस्था महासंघका अध्यक्ष टिकाराम दाहालको बिशेष आतिथ्यता रहेको कार्यक्रममा संचालकहरु तुलसीराम सिटौला,एकराज सुबेदी, नेप्सेम्याकका प्रवक्ता लक्ष्मी प्रसाद घिमिरे, कर्मचारी युनियनका अध्यक्ष सोमनाथ ढकाल, परिवर्तन सेवा प्रा.लि.का संचालक स्विट थापा, भिम कुमार श्रेष्ठ,भोजपुर व्यापार व्यावसाय संघका सल्लाहकार ...
समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेबाट “जनअभियान २०८२” उद्घाटन गरेकाे छ

समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेबाट “जनअभियान २०८२” उद्घाटन गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट : समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेबाट अभियान उद्घाटन गरेकाे छ । पुर्ण बहादुर सिंह "समरजंग" नेतृत्वको उक्त पार्टीले जाजरकोटकाे कुशे गाउपालिका - २ टालेगाउँमा जनयुद्धका सहिद परिवारलाई न्यानाे कपडा (जकेट) वितरण र मान्ने ढुंगा माध्यमिक विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरणका कार्यक्रम सहित "जन्तामा जाओैँ,जन्ताकाे  सेवा गराै ! भन्ने मेचीमहाकाली "जनअभियान २०८२" उद्घाटन गरेकाे हाे । कार्यक्रममा पार्टीका महासचिव समरजंग, स्थायी कमिटि सदस्य विनयराज , विप्लव, सर्वजित, पाेलिटब्युराे सदस्य मन्जित जनपक्षीय पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष रेडियम सिंह र समाजवादी युवा संगठनका अध्यक्ष आकाश कार्की लगायत केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे थियाे । पन्चेवाजा र भब्य जनसहभागीतामा सम्पन उक्त  कार्यक्रमकाे अध्यक्षता समरजंगले गरेका थिए भने विश...
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा भयो विद्रोह : युवा नेता मुकुन्द सिलवालको राजिनामा

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा भयो विद्रोह : युवा नेता मुकुन्द सिलवालको राजिनामा

राजनीति, समाचार
काठमाडौं । तराई मधेश ,पहाड र हिमाललाई एकसाथ जोडेर बैकल्पिक राजनैतीक शक्ति निर्माण गर्ने भन्दै अगाडी बढेको राजेन्द्र महतो समुहको राष्ट्रिय मुक्ति पार्टीमा पछिल्लो समय केहि किचलोहरु देखा पर्न थालेका छन् । आज केन्द्रीय कार्यालयमा राजिनामा पत्र बुझएका युवा नेता मुकुन्द सिलवालले पार्टी भित्र उत्पन्न भएको किचलो बारे आफ्नो धारणा स्प्रष्ट पार्दै सिमित व्यक्तिहरुको राजनैतीक लक्ष्य पुरा गर्न युवाहरुलाई प्रयोगमात्र गर्न खोजिएको आरोप लगाएका छन् । उनले बुझाएको राजिनामा पत्रमा आज देखि राष्ट्रिय मुक्ति पार्टी नेपालको साधारण सदस्यता साथै पार्टीसंग आबद्ध सम्पूर्ण जिम्मेवारी बाट अलग भएको घोषणा गरिएको छ । पछिल्लो समय पार्टीको बैचारिक दिशा, नेतृत्वको कार्यशैलि तथा राजनैतिक अभ्यास प्रती गम्भीर असहमती रहँदै आएको र कुनैपनि व्यक्तिको अनुहारबाट राष्ट्रिय मुक्ति क्रान्ती सम्भब छैन भन्ने आफ्नो स्पष्ट ठम्याई र...
ग्राण्डी अस्पतालको १३ औँ वार्षिकोत्सव मनाइयो

ग्राण्डी अस्पतालको १३ औँ वार्षिकोत्सव मनाइयो

समाचार
  काठमाडौँ । काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १३ औँ वार्षिकोत्सव भव्यताका साथ मनाइएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको ग्राण्डीले शनिबार साँझ एक कार्यक्रमको आयोजना गरि आफ्नो १३ औँ वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवका अवसरमा बोल्दै अस्पतालका अध्यक्ष ईञ्जिनीयर दिपक कुँवरले ग्राण्डीले विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै विरामीको सेवामा अहोरात्र खटिने डाक्टर, नर्स तथा अस्पतालका कर्मचारीलाई धन्यवाद दिनुभयो । उहाँले विभिन्न आरोह अवरोहका बीचमा पनि ग्राण्डीले अनवरत रुपमा विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो,–“स्थापनापछि भूकम्प, नाकाबन्दी र कोरोनालगायतका समस्यामा परेको ग्राण्डीले स्वदेशी तथा विदेशी विरामीलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा मलाई ज्यादै खुशी लागेक...
रातोपाटी अनलाईनमा प्रकाशित समाचार प्रति नेपाल हवाई यातायात नियन्त्रक संघको ध्यानाकर्षण

रातोपाटी अनलाईनमा प्रकाशित समाचार प्रति नेपाल हवाई यातायात नियन्त्रक संघको ध्यानाकर्षण

समाचार
काठमाडौं । मिति २०८२/०९/१८ गते "रातोपाटी" अनलाइन मिडियामा "क्यानभित्र संस्थागत विचलन, नियामककै तजबिजी निर्णायक" भनी प्रकाशित एक समाचार प्रति यस नेपाल हवाई यातायात नियन्त्रक संघ (NATCA) को गम्भीर ध्यानाकर्षण भएको बताएको छ । समाचारमा उल्लेख भए अनुसार नेपाल नागरिक उड्यन प्राधिकरण (CAAN) का एक जिम्मेवार वरिष्ठ कर्मचारीद्वारा सार्वजनिक मञ्चमा "एयर ट्राफिक कन्ट्रोलर्सहरू अक्षम छन्, त्यसैले म हवाई यात्रा गर्न डराउँछु” भन्ने अभिव्यक्ति प्रति नेपाल हवाई यातायात नियन्त्रक संघ गम्भीर आपत्ति प्रकट गरेको छ । उक्त अभिव्यक्ति अत्यन्त गैरजिम्मेवार, तथ्यहीन, अपमानजनक तथा पेशागत मर्यादा विपरीत रहेको संघको ठहर छ। प्रमाण र तथ्यबिनै एयर ट्राफिक कॉलरहरूलाइ होच्याउने मनसायले गरिएको यस्तो सार्वजनिक टिप्पणीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कार्यरत एयर ट्राफिक कन्ट्रोलर्हरुको पेशागत गरिमा र मनोबलमा गम्भीर आघा...
चितवनको व्यवसायिक नेतृत्वमा उदाउँदै एक सबल महिला : सुनिता लिगल कर्माचार्य

चितवनको व्यवसायिक नेतृत्वमा उदाउँदै एक सबल महिला : सुनिता लिगल कर्माचार्य

समाचार
चितवनको व्यवसायिक क्षेत्रमा सुनिता लिगल कर्माचार्य स्थापित र परिचित नाम हो। कुशल महिला उद्यमी, सशक्त संचारकर्मी तथा प्रभावकारी नेतृत्वकर्ताका रूपमा उहाँले चितवनको व्यवसायिक वृत्तमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। संचार क्षेत्रबाट व्यवसायिक यात्राको सुरुआत गर्नुभएकी कर्माचार्य सानै उमेरदेखि जिज्ञासु, मेहनती र लक्ष्यप्रति दृढ रहँदै आउनुभएको छ। पोखरास्थित माछापुच्छ्रे एफएममा लामो समय कार्यरत रहँदै उहाँले संचार क्षेत्रको गहिरो अनुभव हासिल गर्नुभयो। यही अनुभवले उहाँलाई आज व्यवसाय र संस्थागत नेतृत्वमा समेत सक्षम बनाएको छ। हाल चितवन उद्योग वाणिज्य संघको ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत पुस २१ गते हुन गइरहेको निर्वाचनमा कर्माचार्यले २०८२/०८४ कार्यकालका लागि महिला उद्यमी तर्फ (क्र.सं. २) कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। पछिल्ला चार वर्षदेखि उद्योग वाणिज्य स...
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको श्री कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीलाई न्यानो ट्रयाक सुट वितरण

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको श्री कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीलाई न्यानो ट्रयाक सुट वितरण

शिक्षा, समाचार
सिन्धुपाल्चोक। – बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको श्री कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीलाई न्यानो ट्रयाक सुट वितरण गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घोरासैनी, काभ्रेका विष्णु गौतम, बाराका विनोद प्रसाद गुप्ता तथा धर्मसागर ढकाल को सहयोगमा विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको हो । एक विशेष कार्यक्रमबीच विद्यार्थीहरूलाई न्यानो कपडा हस्तान्तरण गर्दै पुर्व मन्त्री दुलालले दुर्गम क्षेत्रमा शिक्षा हासिल गरिरहेका बालबालिकाको आवश्यकता बुझेर यो सहयोग गरिएको बताउनु भयो । सांसद दुलालले भन्नुभयो “चिसोले गर्दा कुनै पनि बालबालिकाको पढाइ रोकिनु हुँदैन,यदि कसैलाई विद्यालय जान समस्या छ भने हामी अभिभावकको भूमिकामा साथ दिन तयार छौं।” उहाँले अभिभावकह...
माधव सापकोटालाई जिताउन सम्पर्क समन्वय समितिले बिशेष भुमिका खेल्ने

माधव सापकोटालाई जिताउन सम्पर्क समन्वय समितिले बिशेष भुमिका खेल्ने

समाचार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट २०८२ फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि एकल सिफारिसमा परेका युवा नेता तथा पुर्व सांसद माधव सापकोटा (सुवोध) लाई जिताउन सिन्धुपाल्चोक बाट काठमाडौं आई बिभिन्न पेशा,व्यवसाय,जागिर,अध्ययना तथा रोजगारि गर्ने नेपाली कम्युनिष्ट पार्टीको पार्टि सदस्यहरुको संगठन सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले बिशेष भुमिका खेल्ने बताएको छ । सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति निर्वाचन क्षेत्र नं. १ ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बिस्तारित बैठकबाट सो निर्णय गरिएको समितिका अध्यक्ष तोक बहादुर गधराज (तोकेन्द्र)ले जानकारी गराएका छन् । एकल सिफारिसमा परेका नेता सापकोटाको सपोर्ट गर्न सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति निर्वाचन क्षेत्र नं. १ का ईन्चार्ज सुवाश तााङको संयोजकत्वमा निर्वाचन पचिाल...
केदार सङ्केतकृत कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण

केदार सङ्केतकृत कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण

समाचार
-जयराम बिडारी काठमाण्डौ बेलायतमा बसेर नियात्रा, कविता, गीत, उपन्यास लेखेर सशक्त साहित्यकारको छवि निर्माण गरिसकेका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ । मिलाप पब्लिकेशनको आयोजना तथा अनेसास दर्पणको प्रायोजनमा आइतवार ललितपुर कुमारीपाटीस्थित ऐला लाउन्जमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ महाकाव्यकार खेमनाथ दाहाल,साहित्यकार प्रगति राई, कीर्तिमानी सङ्गीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ,लगायतले एकसाथ लोकार्पण गरेका थिए । प्रमुख अतिथिको भूमिकामा रहेका श्रीओम श्रेष्ठ रोदनले हल्ला खल्लाका आधारमा चर्चित बनेका कतिपय साहित्यकारहरुको अस्तित्व सदैव स्थिर हुन नसक्ने भन्दै काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा लगातार प्रवाहित भइरहने स्रष्टाहरुको सुदुर गन्तव्य सुनिश्चित रहने बताए । पुरस्कार,प्रति...