२ चैत्र २०८२, सोमबार

विज्ञान, आध्यात्मिकता र उद्यमशीलताको समन्वय : कश्यप एकेडेमीको दोस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

काठमाडौं । विज्ञान प्रविधि, आध्यात्मिकता र उद्यमशीलतासँगै व्यावसायिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै,आधुनिक शैलीको पठन–पाठनलाई प्राथमिकता दिँदै आएको कश्यप एकेडेमीको दोस्रो वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कम्पनी अध्यक्ष कमला खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष महाश्रम शर्मा रहेका थिए ।
कार्यक्रममा विशेष अतिथिका रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिकेश तिवारी , जेष्ठ नागरिक नन्द प्रसाद सिलवाल, राष्ट्रिय योग प्रशिक्षक कञ्चन घिमिरे, , विद्यालयका प्रिन्सिपल आर.बी. अधिकारी, सहायकप्रिन्सिपल नारायण पन्त, भाषा समन्वयक तथा ईसीए इन्चार्ज रबिन्सन बस्नेत, प्राथमिक तह इन्चार्ज एलिशा आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अभिभावक प्रतिनिधिका रूपमा ध्रुव रेग्मी र यादव सेडाईं लाई आतिथ्यता गराईएको थियो ।
कार्यक्रममा सहभागिहरूको दर्ता आश्मा कार्की र कृतन नगरकोटीले गराएका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन अनिल खड्का र दिया ठाकुरीले गरेका थिए ।
कार्यक्रमको बिच बिचमा बिभिन्न तहका विद्यार्थीहरुलाई समेत कार्यक्रम सन्चालन गर्न दिईएको थियो ।
कार्यक्रममा आगन्तुकहरुलाई विद्यालयको तर्फबाट स्वागत मन्तव्य सहायक प्रिन्सिपल नारायण पन्तले राखेका थिए । स्वागत मनतव्य राख्दै सहायक प्रिन्सिपल पन्तले विद्यार्थी र अभिभावको चाहाना तथा वर्तमान समयको मागलाई ध्यानमा राख्दै विद्यालयले बिभिन्न रणनैतिक योजनाहरु निर्माण गर्दै अगाडी बढीरहेको बताउँदै आगामी वर्षहरुमा अझ प्रगतिकासाथ विद्यालयले लिएको लक्ष्य हासिल गर्ने बताए ।
सहायक प्रिन्सिपल पन्तले विद्यार्थीको पहिलो पाठशाला आफ्नै घर हो भन्दै आफ्ना नानीबाबु र विद्यालय प्रति अभिभावकहरु सचेत रहनुपर्ने बताए ।
दोस्रो वार्षिकोत्सव कार्यक्रमको उद्घाटनमा रोबट बाट कैचिले रिवन काट्ने र रोबटबाटै बत्ति बालेर देखाए पछि कार्यक्रममा उपस्थित सबैले दंग र उत्साहित हुँदै विद्यालयको खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा एकेडेमीका संगीत प्रशिक्षक संगीतकार आनन्द राईको संयोजनमा विद्यार्थीहरुले बिभिन्न सांगीतिक प्रस्तुतीहरु राखेका थिए । आफ्ना नानीबाबुहरुको कला र क्षमता देखेर उपस्थित अभिभावकहरु समेत दंग देखिन्थे ।
कार्यक्रममा बोल्दै एकेडेमीका संस्थापक प्रधानाध्यापक आर.बि.अधिकारीले एकेडेमीको प्रमुख उदेश्य भनको संस्कार,विज्ञान प्रबिधि र उद्यमशिलतालाई संयोजन गरेर यो समाजलाई आवश्यक परिरहेको व्यक्तित्व तथा जनशक्ति उत्पादन गर्ने रहेको तथा त्यसलाई पुरा गर्न छोटो समयमा अभिभावकहरुले देखाएको सद्भावले आफुहरु अझ उत्साहित भएको बताउनु भयो ।
एकेडेमीले व्यवसायीक रुपमा मात्र नभएर समाजमा आवश्यक परेको जनशक्ति उत्पादन गरेर सिंगो देशमा कीर्तिपुर नगरपालिका तथा मैत्री नगरलाई चिनाउने उदेश्य रहेको प्रधानाध्यापक अधिकारीले बताउनु भयो ।
प्रमुख अतिथि महाश्रम शर्माले पनि विद्यालयले अपनाएको समग्र शिक्षा पद्धतिले भविष्यका सक्षम नागरिक तयार पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
दोस्रो वार्षिकोत्सव समारोहले कश्यप एकेडेमी केवल एउटा विद्यालय मात्र नभई भविष्यका सिर्जनशील, अनुशासित र उद्यमशील नागरिक निर्माण गर्ने शैक्षिक केन्द्रका रूपमा उभिँदै गएको सन्देश स्पष्ट रूपमा दिएको सहभागीहरूको भनाइ थियो ।
कार्यक्रमलाई संबोधन गर्ने सबै वक्ताहरुले विद्यालयले छोटो समयमा राम्रो प्रगति गर्न सफल भएकोमा प्रशंसा गरेका थिए ।
विद्यालयले अग्रजहरुलाई सम्मान गरेर अगाडी बढ्ने संस्कार बिकास गर्नुपर्ने भन्दै जेष्ठ नागरिक नन्द प्रसाद सिलवाललाई दोसल्ला ओढाएर अभिनन्दन गर्दै सम्मानपत्र बाट सम्मान समेत गरेको थियो ।
समारोहमा विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा सालिना पाण्डे उत्कृष्ट शिक्षक घोषित भइन् भने अलिशा आचार्य उत्कृष्ट इन्चार्ज र इन्दिरा पौडेल उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित भए ।
मैत्रीनगर, कलंकी, काठाडौंमा रहेको कश्यप एकेडेमीले छोटो समयमा नै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बनाउँदै विद्यार्थी अनुकूल शिक्षण पद्धति अनुसार शिक्षण सिकाइ गर्ने भएकोले अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्दै आएको छ ।