२ श्रावण २०८२, शुक्रबार

समाचार

“शैलुङ अल्ट्रा रेस- २०२५” जेठ ३१ देखि रामेछाप जिल्लामा संचालन हुने

“शैलुङ अल्ट्रा रेस- २०२५” जेठ ३१ देखि रामेछाप जिल्लामा संचालन हुने

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं : "शैलुङ अल्ट्रा रेस- २०२५" यहि आगामी जेठ ३१ गते शनिबार रामेछाप जिल्लामा आयाेजना हुने भयकाे छ ।"सुनापति सैंलुङ अल्ट्रा म्याराथन दाैड" समितिको आयाेजना र "एथलेटिक्स परिवार नेपाल"काे समन्वय एवं प्राविधिक सहयाेगमा  संचालन हुने शैलुङ अल्ट्रा रेश -२०२५ मा महिला तथा पुरुष खुल्ला ५५ कि.मि.दाैड र ५ किलाेमिटर दाैड संचालन हुनेछ । उक्त दाैड प्रतियोगितामा सुनापति वडा नम्बर ३ साँदि डाँडाबाट सुरु भई सुनापति डाँडा, लहरे पाने,भागे डाँडा, खाँडादेवि मन्दिर गाल्पा भन्ज्याङ, अग्लेश्वर डाँडा, दाेरम्बा बजार, सहिद पार्क, डाँडा कटेरी,घले डाँडा,दाेरम्बा शैलुङ वडा नम्बर १ शैलुङमा सम्पन्न हुने छ। प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख, द्धितिय हुनेलाइ रु ५० हजार, तृतीय हुनेलाई रु २५ हजार चाैथा र पाँचौ हुनेलाई क्रमशः रु १०,हजार र ५ हजार छैठौं देखि दशाैं स्थान सम्मका खेलाडीलाई रु १ हजारका दरले नगत पुरस्कारका सा...

सेयर बजारमा २३ अंकको वृद्धि, ८ अर्ब ६८ करोडको कारोबार

समाचार
काठमाडौं । आज साताको दोस्रो दिन सेयर बजार बढेको छ । नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३ को विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको मूल्य घटेको छ ।   आज ८ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ६२ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ५४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।   आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी, मकर जितुमाया, पियोर इनर्जी, दोल्ती पावर कम्पनी र विन्ध्यावासीनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी पाँच कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.६१ प्रतिशतका दरले गुमाएका हुन् । ...
काठमाडौं महानगरपालिकाका अवकाशप्राप्त इन्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं महानगरपालिकाका अवकाशप्राप्त इन्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

समाचार
काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्व इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   सेवामा रहँदा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयागले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।   कोइरीको ४ करोड ५८ लाख रूपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको बताइएको छ । ...
सान्भी इनर्जीको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

सान्भी इनर्जीको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

समाचार
काठमाडौं। सान्भी इनर्जीको आइपिओ आज (सोमबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।   बिक्री प्रबन्धकका अनुसार उक्त आइपिओमा कुल २० लाख ४३ हजार २४९ जनाले आवेदन दिएका थिए।जसमध्ये २० लाख ३० हजार १५७ जनाको आवेदन मात्र स्वीकृत भएको र ३ हजार ६७४ आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ। कम्पनीले जेठ ९ देखि १३ गतेसम्म उक्त आइपिओ सर्वसाधारणका लागि बिक्री गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रूपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।   कम्पनीले ८ करोड ८० लाख रूपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहर...
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित

प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित

समाचार
काठमाडौं। प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सोमबार अपराह्न केहीबेर बसेको बैठक प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसदहरूको अवरोधपछि आधा घन्टाका लागि स्थगित भएको थियो।   सभामुख देवराज घिमिरेले नेताहरूबीच समझदारीको पहल भइरहेकोले आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए। तर उक्त समयमा बैठक बस्न सकेन। संघीय संसद सचिवालयले सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो। भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको अडान राख्दै आएका छन्।   सत्तारूढ कांग्रेस र एमाले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने र अख्तियारले छानबिन गरिरहेको विषयमा अर्को समिति आवश्यक नरहेको बताउँदै आएका छन्। दलहरूब...
गोकुल व्याकुलद्वारा लिखित तथा सम्पादित पुस्तक ‘भूकम्पका कथा–व्यथा’  सार्वजनिक

गोकुल व्याकुलद्वारा लिखित तथा सम्पादित पुस्तक ‘भूकम्पका कथा–व्यथा’ सार्वजनिक

मनाेरन्जन, समाचार
काठमाडौं । साहित्यकार गोकुल व्याकुलद्वारा लिखित तथा सम्पादित पुस्तक ‘भूकम्पका कथा–व्यथा’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहालले कृतिकार व्याकुलका बारेमा बोल्दै उनको मूल परिचय कवि भएको बताए । यसपटक कृतिकारले २०७२, बैशाख १२ मा भोगेको भूकम्पलाई आफ्नो कृतिमा उतारेको उल्लेख गर्दै यस कृतिभित्र रहेका विषय सन्दर्भबारे बोले । मिर्गौलाको बिरामी हुँदा पनि कृतिकारमा देखिएको उर्जाले यो पुस्तक पाठक माझ ल्याएको बताउँदै डा. दाहालले यो कृति उनको ६ दशकको साधनाको उपलब्धि भएको उल्लेख गरे । प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै भूकम्पसँग जोडिएका अनेक रचना यसभित्र रहेको उल्लेख गरे । कृतिमा कूल ४१ वटा रचनाहरू समावेश भएको बताउँदै डा. कार्कीले भूकम्पको कथा व्यथा यसमा भेटिने बताए । कृतिकार गोकुल व्याकुलले आफ्नो काव्य यात्राको चर्चा गर्दै कृ...
वाईसीएल नेपालकाे तेस्रो महाधिवेशन सम्पन्न

वाईसीएल नेपालकाे तेस्रो महाधिवेशन सम्पन्न

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेकपा माओवादी केन्द्रकाे सहायक संगठन योङ कम्युनिष्ट लिग(वाईसीएल)काे तेस्रो महाधिवेशन सम्पन्न भयकाे छ। नवनिर्वाचित ५२ पदाधिकारीहरुको अन्तिम निर्वाचन परिणाम आज  सार्वजनिक संगै महाधिवेशन सम्पन भयकाे हाे। गत जेठ १८ गते देखि काठमाडौंमा सुरु भयकाे तेस्रो महाधिवेशनले शुक्रबार पुष्प ओलीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको थियो ।उपाध्यक्षमा डम्बर पुलामी सहित २१ जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा गणेश शाही निर्वाचित भएका छन् । वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो । आइतबार उनीहरुको सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भएको छ । २१ गते सम्म सहमतिय प्रणाली बाट नेतृत्व चयन गरेर महाधिवेशन सम्पन गरि सक्ने भनिय पनि नेतृत्व चयनमा केही विवाद भय पछि चुनावी प्रक्रिया मार्फत पदाधिकारीकाे परिणाम टुंगोमा लगाईयकाे एक नेताले जानकारी दिए । अझै पनि नेतृत्व चय...
मिन प्रकाश ओली र नविना खुइलीको स्वरमा तीज गीत “मायाका डल्ला” (भिडियो सहित)

मिन प्रकाश ओली र नविना खुइलीको स्वरमा तीज गीत “मायाका डल्ला” (भिडियो सहित)

मनाेरन्जन, समाचार
काठमाडौं ।  गायक मिन प्रकाश ओली र गायिका , नविना सिलुवालको स्वरमा नयाँ तीज गीत ‘मायाका डल्ला’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। सो गीत जानकी म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । सुमन ढकाल र मिन प्रकाश ओलीको शब्द रहेको गीतमा गायक ओलीकै संगीत रहेको छ । भिडियोमा सन्चिता बोलाखे बावुराम सुनार भुपेन्द्र डागी र रितु वस्नेतको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन मुकेश नेपालीले गरेका हुन् । दिपक गिरीको छायाँकन रहेको भिडियोमा मिन रावल को सम्पादन रहेको छ । गीतले आफ्ना प्रेमीप्रति गहिरो माया र आत्मीय भावना प्रस्तुत गरेको दाबी गायक ओलीले गरेका छन्। साथै लिप्त शब्दहरु बनि वल्ला र पल्ला भनि माया दिएको सर्जक बताउछन्। पछिल्ला समय दर्शकले अलि मनोरन्जनात्कको रुपमा गीतलाइ नियालिरहेका छन्। https://youtu.be/M_BfJ9hpcuQ    ...
अनियन्त्रित भएर नालीमा खस्यो गोरखा जाँदै गरेको माइक्रो

अनियन्त्रित भएर नालीमा खस्यो गोरखा जाँदै गरेको माइक्रो

समाचार
काठमाडौं। धादिङको गजुरीमा माइक्रो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।   काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो गजुरी गाउँपालिका-५ गलौदीस्थित पूर्व-पश्चिम लोकमार्ग सडकको भित्तापट्टि भागको नालीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालका अनुसार माइक्रो आफै अनियन्त्रित भएर नालीमा खसेको हो।   दुर्घटनामा तनहुँको बन्दिपुर गाउँपालिका-४ बस्ने ४६ वर्षीय सुकमाया परियार, आबुखैरेनी-१ बस्ने १८ वर्षीय मन्जु परियार, माइक्रोका सहचालक तनहुँको भानु नगरपालिका-८ बस्ने बर्ष २५ वर्षीय कृष्ण परियार,  गोरखाको पालुङटार नगरपालिका-५ का १७ वर्षीय सक्षम राजभाट र लमजुङको राइनस गाउँपालिका-६ का ७० वर्षीया हरिमाया परियार घाइते भएका छन्। घाइतेहरुको अवस्था सामान्य रहेको प्रहिरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्...
ट्रम्पका कारण बोइङलाई घाटा, चीनले सयौं एयरबस विमान अर्डर गर्दै

ट्रम्पका कारण बोइङलाई घाटा, चीनले सयौं एयरबस विमान अर्डर गर्दै

समाचार
काठमाडौं।  अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग थालेको व्यापार युद्धका कारण अमेरिकी हवाइजहाज निर्माता बोइङ युरोपेली एयरबस भन्दा चिनियाँ बजारमा अझ पछि पर्ने देखिन्छ।   ट्रम्पको पहिलो कार्यकालसम्म बोइङ चिनियाँ वायुसेवा कम्पनीहरूको  पहिलो रोजाइमा थियो। तर २०१८ मा ट्रम्पले चीनसँग व्यापार युद्ध थालेको र बोइङको ७३७ म्याक्स मोडलमा समस्या आएका कारण एयरबसले बिस्तारै चीनमा बजार विस्तार गर्न थाल्यो। दोस्रो कार्यकालमा ट्रम्पले चीनसँग झन् चर्को व्यापार युद्ध थालेपछि बोइङ चीनमा एयरबस भन्दा अझ पछि पर्ने लक्षण देखिएको छ। चीनले आगामी महिना एयरबसका सयौं विमानहरू अर्डर गर्ने विचार गरिरहेको छ भनेर ब्लुमबर्गले लेखेको छ। जुलाईमा चीन र युरोपियन युनयन (इयु) बीच कूटनीतिक सम्बन्ध शुरू भएको ५० वर्ष पुगेको अवसर पारेर युरोपेली नेताहरू चीन भ्रमणमा जाने अपेक्षा गरिएको छ। सो भ्रमणको बेलामा न्यारो...