‘जनताको अस्पताल’ ॐ समाज डेण्टल : माघी महोत्सवमा निरन्तर स्वास्थ्य सेवा
राजन थापा
काठमाडौं / माघे संक्रान्ति तथा थारु समुदायको महान् पर्व थारु राष्ट्रिय माघी महोत्सव–२०८२ को अवसरमा ॐ समाज डेण्टल अस्पतालले काठमाडौंको ऐतिहासिक टुँडिखेलमा दुई दिन लगातार निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरी उल्लेखनीय सामाजिक सेवा प्रदान गरेको छ।
माघे संक्रान्ति तथा थारु राष्ट्रिय माघी महोत्सवमा ॐ समाज डेण्टल अस्पतालको दुईदिने निःशुल्क दन्त शिविर महोत्सव मनाउन देशका विभिन्न गाउँ–नगर तथा तराई–मधेस क्षेत्रबाट काठमाडौं आएका हजारौँ नागरिकको स्वास्थ्य आवश्यकतालाई मध्यनजर गर्दै आयोजित उक्त शिविरमा एक हजारभन्दा बढी सेवाग्राहीले प्रत्यक्ष रूपमा लाभ लिएका छन्।
शिविरमार्फत दन्त परीक्षण, दाँत सफा गर्ने, दाँत निकाल्ने तथा आवश्यक परामर्श सेवा निःशुल्क प्रदान गरिएको थियो। शिविर व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएका धनप्रसाद घिमिरेका अनुसार माघी महोत्सवमा ठूलो जनसमागम ह...









