पुर्ण अपाङ्गता भएका नीलमणि भण्डारी र सुशान्ति भट्टलाई ग्रीन सिटी हस्पिटलले जीवनभर निःशुल्क सेवा प्रदान गर्ने
काठमाडौं । ग्रीन सिटी हस्पिटलले आफ्नो सेवाको १२ वर्ष पुराभई १३ औं वर्षमा प्रवेश गरेको अवसरमा आज एक भव्य कार्यक्रम आयोजना गरि हस्पिटलको तर्फबाट विशेष रूपमा अपाङ्गता भएका दुई जना व्यक्ति नीलमणि भण्डारी र बालिका सुशान्ति भट्टालाई हौसला र प्रेरणाका लागि सम्मान सहित उहाहरुलाई जीवनभर निःशुल्क सेवा प्रदान गर्ने प्रतिबद्दता जाहेर गरेको छ ।
स्थापना कालदेखि नै गुणस्तरीय, सर्वसुलभ तथा सेवामुखी स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले स्थापना काल देखि आज सम्म आई पुग्दा आफ्नो सामाजिक उत्तरदायीत्व अन्तरगत करिब ५०० जनाको निःशुल्क उपचार गरेको आजको कार्यक्रममा हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनले बताउनु भयो ।
वार्षिकोत्सव समारोहको अवसरमा हस्पिटलले स्वास्थ्य सेवामा रहेर अहोरात्र खटि हस्पिटललाई यस स्थान सम्म ल्याउन उल्लेख्य योगदान गर्ने डा. माया भट्टचन, डा. अनिल भट्टराई, डा. सन्त कुमार कुमार दास, डा. बिन...









