
नारायणी अस्पतालको आईसीयूमा साढे २ घण्टा बिजुली गायब
काठमाडौं। अस्पतालको अति संवेदनशील ‘आईसीयू’ र ‘सिसीयू’ कक्षमा अचानक विद्युत अवरुद्ध हुँदा के हुन्छ ?, उत्तर सहज छ- उपचारमा समस्या हुन्छ, बिरामीको ज्यान नै जान सक्छ ।
नारायणी अस्पताल वीरगञ्जको आईसीयू र सीसीयू कक्षमा शुक्रबार राति १०:३० देखि शनिबार बिहान १:०० बजेसम्म विद्युत् आपूर्ति बन्द भयो । साढे दुई घन्टा बत्ती जाँदा बिरामीको उपचारमा समस्या त भयो तर चिकित्सकको सावधानीका कारण कसैको ज्यान तलमाथि भने हुन पाएन ।
बत्ती गएको समयमा अस्पतालको आईसीयू र सीसीयू शय्यामा १७ बिरामी उपचारत थिए । चिकित्सक र नर्सिङ स्टाफले आवश्यक समन्वय र सावधानी अपनाएर बिरामीको उपचार गरेका थिए । विद्युत् अवरुद्ध भएपछि चिकित्सक र नर्सले मोबाइलको ‘लाइट’ बालेर उपचार गरेका थिए ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले आईसीयू र सीसीयू कक्षमा वायरिङ सर्ट हुँदा समस्या ...