१० असार २०८२, मंगलवार

समाचार

सदनको गतिरोध अन्त्य गर्न सभामुखले गरे सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल

समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न पहल गरेका छन्।   सभामुख घिमिरेले मंगलबारको प्रतिनिधि सभा बैठकअघि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेको सभामुखको सचिवालयले जनाएको छ।   साथै सभामुख घिमिरेले नेपाली कांग्रेस र नेकपा (एमाले) का प्रमुख सचेतकहरूसँग पनि कुराकानी गरिरहेका छन्।   प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि उक्त समयमा बैठक बस्न सकेको छैन।   ...
पर्यटन बोर्डद्वारा पर्यटकका लागि निःशुल्क सटल बस सञ्चालन

पर्यटन बोर्डद्वारा पर्यटकका लागि निःशुल्क सटल बस सञ्चालन

समाचार
काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहजताका लागि निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ ।   देशका विभिन्‍न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्ध भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाडौंका प्रमुख होटलहरूसम्म आउने पर्यटकहरूलाई निःशुल्क यात्राको सुविधा उपलब्ध गराइएको हो ।   पर्यटकहरूको आगमन सहज र स्वागतयोग्य बनाउने उद्देश्यले सुरु गरिएको यो सेवाबाट विमानस्थलको आगमन क्षेत्रमै नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले यात्रुहरूलाई जानकारी र सहयोग प्रदान गरिरहेका छन् ।   बोर्डले आगामी दिनहरूमा पनि यस्ता सहज, व्यवस्थित र पर्यटकमैत्री सेवाहरू थप विस्तार गर्दै जाने जनाएको छ । नेपाल पर्यटन बोर्डले यो पहल स्वदेश आउने पर्यटकलाई स्वागतजनक अनुभूति दिन र उनीहरूको पहिलो यात्रालाई सह...
आगलागीमा परेर वृद्धको जलेर मृत्यु

आगलागीमा परेर वृद्धको जलेर मृत्यु

समाचार
काठमाडौं । कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।   आइतबार राति अनिल चौधरीको दुई तले काठको गोठमा आगलागी हुँदा गोठको माथिल्लो तल्लामा सुतिरहेका उनका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारूको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।   आगलागीको सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक खेमराज पन्त नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आगो निभाएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट चौधरीको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । ...
दरबार हत्याकाण्डको शोकमा आज आन्दोलन नगर्ने, दीप प्रज्वलन गर्ने कार्यक्रम तय

दरबार हत्याकाण्डको शोकमा आज आन्दोलन नगर्ने, दीप प्रज्वलन गर्ने कार्यक्रम तय

समाचार
काठमाडौं। आन्दोलनरत राजावादीहरूले आजको आन्दोलन स्थगित गरेर शोक मनाउने भएका छन् ।   जेष्ठ १५ गतेदेखि आन्दोलनमा रहेका राजावादीहरु दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णयमा पुगेका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका हुन् । २०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्रसहित राजपरिवार सखाप भएको थियो । सोही दिनको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने बताइएको छ । आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ । ...
नेपाली बजारमा आज बढ्यो सुनको भाउ

नेपाली बजारमा आज बढ्यो सुनको भाउ

समाचार
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ। आइतबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। ...
सार्वजनिक गाडीहरू ग्यारेजमा थन्किए, सडक खाली

सार्वजनिक गाडीहरू ग्यारेजमा थन्किए, सडक खाली

समाचार
काठमाडौं । सोमबार काठमाडौंमा सार्वजनिक सवारी साधनहरू गुडेका छैनन्।   यातायात व्यवसायीहरूको सोमबारदेखि देशैभरि सार्वजनिक यातायात अनिश्चिकालीन बन्द आह्वान गरेका छन्। त्यसैको प्रभाव शनिबार बिहानैदेखि काठमाडौंमा देखिएको छ। यातायात बन्द हुँदा बिहानै काममा जाने र कलेज पढ्ने विद्यार्थीहरू मारमा परेका छन्। यात्रुहरू गन्तव्यमा पुग्न पैदल हिँडिरहेका देखिन्छन्।   काठमाडौं उपत्यका भित्र मात्रै होइन काठमाडौं बाहिर जाने गाडीहरू पनि बिहानैदेखि चलेका छैनन्। लामो र छोटो दूरीका सवारी साधनहरू नयाँ बसपार्कमा थन्किएर बसेका छन्। काठमाडौं भित्र चल्ने सार्वजनिक सवारी साधनहरू पनि विभिन्न ग्यारेज र घरमा थन्काएर राखिएका छन्। सार्वजनिक यातायात ठप्प पार्ने चेतावनीसहित आन्दोलनको नेतृत्व नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको छ भने उसलाई ट...
तत्कालीन राजा विरेन्द्रकाे वंशनास भयकाे आज २३ बर्ष बित्याे,अझै छानबिन भयन्

तत्कालीन राजा विरेन्द्रकाे वंशनास भयकाे आज २३ बर्ष बित्याे,अझै छानबिन भयन्

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं ।तत्कालिन राजा वीरेन्द्र शाह लगायत उहाँको परिवारको वंशनास भएको आज २३ बर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रवार आजैको दिन नारायणहिटी राजदरबारमा राखिएको भोज कार्यक्रममा तत्कालिन राजा वीरेन्द्र र भाई धीरेन्द्रको परिवारको षड्यन्त्रपूर्ण हत्याकाण्ड रचि वंशनास गरिएको २३ बर्ष पुरा भएको हो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा छेरा धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको निधन भएको थियो । गोली लागि वेहोस भएका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते हतार हतार राजा घोषणा गरिएको थियो । दीपेन्द्र बेहोस भई अस्पतालमा उपचारत रहेका बेला तत्कालीन अधिराजकुमार भनेर ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञा...
गृह मन्त्रालयले गर्‍यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा

गृह मन्त्रालयले गर्‍यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा

समाचार
काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालले रातोपाटीलाई जानकारी दिए ।   महाशाखा प्रमुख रिजालका अनुसार बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालयमा तानेर जगेडामा राखिएको छ । त्यस्तै मन्त्रालयको जगेडामा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । मन्त्रालयमै जगेडामा रहेका शंकरहरि शर्मालाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । त्यहाँका रामुराज कडरीयालाई मन्त्रालयमा तानिएको छ । मन्...
गायक तथा संगीतकार गणेश रसिकको निधन

गायक तथा संगीतकार गणेश रसिकको निधन

समाचार
काठमाडौं । गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ ।   उनको आज ७७ वर्षको उमेरमा हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए । उनको भोलि मात्रै अन्त्येष्टि गरिने बताइएको छ । छोरी विदेशमा रहेकाले भोलि मात्रै अन्त्येष्टि गर्न लागिएको हो ।
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

समाचार
काठमाडौं। काठमाडौं महानगरपालिका-२६ पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका-३ घर भएका ३७ वर्षीय राजु थापा समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ यरिचोकस्थित दैलेख भैरवी गाउँपालिका-२ घर भएका ४० वर्षीय पदम थापाको पंचकोशी ज्वाला रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालक पदम समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय नेपाली रूपैयाँ, २ हजार भारतीय रूपैया र ७ बुक तास सहित पक्राउ गरेको हो । ...