९ असार २०८३, मंगलवार

समाचार

पूँजी बजारलाई थप सुदृढ, पारदर्शी र लगानीमैत्री बनाउन “एक कम्पनी, एक आईएसआईएन” को नीति अवलम्बन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पूँजी बजारलाई थप सुदृढ, पारदर्शी र लगानीमैत्री बनाउन “एक कम्पनी, एक आईएसआईएन” को नीति अवलम्बन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थवाणिज्य, समाचार
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पूँजी बजारलाई थप सुदृढ, पारदर्शी र लगानीमैत्री बनाउन आवश्यक रहेको औंल्याउनुभएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड द्वारा आयोजित प्रस्तावित धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ सम्बन्धी मस्यौदामाथि आयोजित अन्तरक्रिया कार्यक्रममा विशिष्ट वक्ताका रूपमा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो। निजी क्षेत्रको तर्फबाट आफ्नो धारणा राख्ने क्रममा उहाँले पूँजी बजार सुधारका लागि एकीकृत नीति आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले विकासोन्मुख देश नेपालका लागि पूँजी बजार आर्थिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसले बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन, उद्योग-व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा विदेशी लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रस्तावित निर्देशिका बजारलाई जटिल बनाउने होइन, तरल, सुरक्षित र ...
धादिङमा बस दुर्घटना १७ जनाकाे ज्यान गयाे, २४ जना घाइते

धादिङमा बस दुर्घटना १७ जनाकाे ज्यान गयाे, २४ जना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
धादिङ :पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भयका छन । पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस गएराति साढे १ बजेतिर त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमध्ये १ महिला र १ पुरुष विदेशी नागरिक रहेका छन् । ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी छ ।  घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरेको प्रहरीको भनाइ छ । केही घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने धेरैजसोलाई काठमाण्डौ पठाइएको छ ।...
नेपाल बनेपा बहुप्राविधिक शिक्षालय विवाद : ६०१ विद्यार्थीको भविष्य अन्योलमा

नेपाल बनेपा बहुप्राविधिक शिक्षालय विवाद : ६०१ विद्यार्थीको भविष्य अन्योलमा

समाचार
राजन थापा बनेपा, काभ्रेपलाञ्चोक – बनेपा नगरपालिकाले नेपाल बनेपा बहुप्राविधिक शिक्षालय रहेको भवन तथा शिक्षालयले प्रयोग गर्दै आएको जग्गा नगरपालिका मातहत ल्याई सो स्थानमा नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा तीव्र विरोध सुरु भएको छ। नगरसभाको मिति २०८२ पुस ३० गते बसेको १७औँ अधिवेशनले वडा नं. ५ अन्तर्गत सञ्चालनमा रहेको शिक्षालयको भवन र सम्पूर्ण जग्गा नगरपालिका मातहत ल्याउने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। निर्णयअनुसार आगामी शैक्षिक सत्रदेखि शिक्षालयका पठनपाठन कार्यक्रम अन्यत्र वैकल्पिक स्थानमा सारिने र हाल प्रयोग भइरहेको स्थान खाली गरिदिन प्रशासनलाई पत्राचारसमेत गरिएको छ। उक्त पत्र नगर प्रमुख शान्ति रत्न शाक्यद्वारा हस्ताक्षरित छ। ६०१ विद्यार्थीको भविष्य के होला ? हाल शिक्षालयमा अध्ययनरत ६०१ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै अभिभावक,...
‘फेक माउन्टेन रेस्क्यु’को जालो : रामप्रसाद सापकोटाको पुस्तकले उठाएको प्रश्न

‘फेक माउन्टेन रेस्क्यु’को जालो : रामप्रसाद सापकोटाको पुस्तकले उठाएको प्रश्न

समाचार
  काठमाडौँ । नेपालको हिमाली पर्यटनसँग जोडिएको हेलिकप्टर उद्धार सेवा पछिल्लो समय विवादको केन्द्रमा परेको छ। पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको कृति ‘आधा शताब्दी’ मा उल्लेख गरिएका अनुभव र तथ्यहरूले तथाकथित ‘फेक माउन्टेन रेस्क्यु’ अर्थात नक्कली उद्धारको जालोबारे गम्भीर प्रश्न उठाएका छन। उनका अनुसार उद्धार सेवाभित्र बिचौलिया, केही हेलिकप्टर कम्पनीका एजेण्ट र निजी अस्पतालबीचको मिलेमतोले पर्यटन क्षेत्रको विश्वसनीयतामाथि असर पारिरहेको छ। विशेषगरी सगरमाथा क्षेत्र र लुक्लाबाट काठमाडौं फर्किने क्रममा हेलिकप्टर सेवाको माग अत्यधिक हुने गर्दछ। तर उद्धारको स्पष्ट र एकरूप दर नतोकिँदा भाडा मनपरी निर्धारण हुने र बढी रकम तिर्न सक्नेले प्राथमिकता पाउने ‘अदृश्य प्रणाली’ विकास भएको आरोप छ। यसले पारदर्शिता र समान पहुँचको सिद्धान्तलाई चुनौती दिएको सापकोटाले उल्लेख गरेका छन। अझ चिन्ताजनक विषय भनेको...
‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’ वरिष्ठ गायक आनन्द कार्कीलाई प्रदान गर्दै भव्यरूपमा सम्पन्न

‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’ वरिष्ठ गायक आनन्द कार्कीलाई प्रदान गर्दै भव्यरूपमा सम्पन्न

समाचार
काठमाडौं । कवि सपना लामिछानेद्वारा लिखित कविताकृति ‘जिन्दगी एक यात्रा’ माथिको परिचर्चा तथा ‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’ समर्पण समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । साहित्य, कला र सम्मानको समिश्रण बनेको उक्त कार्यक्रम गरिमामय, सुसंस्कृत र स्मरणीय बनेको आयोजकले जनाएको छ । स्रष्टा पदयात्रा नेपालका महासचिव गंगा प्रसाद भेटवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको उद्घाटन गर्दै प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँको उपस्थितिले कार्यक्रमलाई विशेष गरिमा प्रदान गरेको अध्यक्ष भेटुवालले उल्लेख गर्नुभयो । कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग र्पुयाउने सम्पूर्ण महानुभावहरूप्रति आयोजक संस्था सूचक प्रकाशन परिवारका अध्यक्ष दीपक भेटुवाल (दीपसागर)ले हार्दिक आभार व्यक्त गर्...
संगीत क्षेत्रमा नयाँ स्वाद र ऊर्जा लिएर आएको गीत “Charcha Chha” सार्वजनिक

संगीत क्षेत्रमा नयाँ स्वाद र ऊर्जा लिएर आएको गीत “Charcha Chha” सार्वजनिक

संस्कृति, समाचार
काठमाडौं । नेपाली हिप–हप संगीत क्षेत्रमा नयाँ स्वाद र ऊर्जा लिएर आएको गीत “Charcha Chha” सार्वजनिक भएको छ। सन् २०२६ लाई लक्षित गर्दै तयार गरिएको यस नेपाली र्‍याप गीतले यतिबेला संगीतप्रेमी माझ राम्रो चर्चा बटुल्न थालेको छ। गीतमा स्वर दिएकी छन् प्रतिभाशाली गायिका Susmita Syangtan ले भने सशक्त र्‍याप प्रस्तुत गरेकी छन् उदाउँदी लेडी र्‍यापर Manjali Tamang ले। उनी नेपालकी उदीयमान महिला र्‍यापरका रूपमा चिनिँदै आएकी छन्। “Lady Rapper” को पहिचान बनाउँदै उनले नेपाली हिप–हप क्षेत्रमा आफ्नै अलग छाप छोड्ने प्रयास गरिरहेकी छन्। गीतका शब्द तथा संगीत संयोजन Bibek Lopchan ले तयार गरेका हुन् भने संगीत संयोजनमा Laxu Prakash Malla को मेहनत देखिन्छ। मिक्सिङ तथा मास्टरिङ Gobinda Soni ले गरेका छन् भने रेकर्डिङ Abinash Sharma द्वारा गरिएको हो। गीत ‘Prism’ स्टुडियोमा रेकर्ड गरिएक...
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मोरङ क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार डा. देउमान सम्बाहाम्फेले गरे आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मोरङ क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार डा. देउमान सम्बाहाम्फेले गरे आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक

समाचार
मोरङ । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मोरङ क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार डा. देउमान सम्बाहाम्फेले आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रम स्थानीय पत्रकारहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा उम्मेदवार डा. सम्बाहाम्फेले क्षेत्रको समग्र विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर आफ्नो कार्ययोजना सार्वजनिक गरेका हुन्। प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले मोरङ–३ का मतदातासँग “यहाँहरूको अमूल्य मतदान विकास र परिवर्तनको आधार बन्नेछ” भन्दै समर्थनको अपिल गरे। उनले विगतमा देखिएका विविध समस्याको समाधानका लागि स्पष्ट नीति, योजनाबद्ध कार्यक्रम र जवाफदेही नेतृत्व आवश्यक रहेको उल्लेख गरे। कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै उनले किसानलाई आधुनिक कृषि तालिम, गुणस्तरीय मल–बिउको सहज उपलब्धता तथा उत्पादनको उ...
नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले ओतप्रोत नयाँ स्वदेशगान सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले ओतप्रोत नयाँ स्वदेशगान सार्वजनिक

मनाेरन्जन, समाचार
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले ओतप्रोत नयाँ स्वदेशगान सार्वजनिक भएको छ। एक्टिभ ईन्टरटेनमेन्टको प्रस्तुतिमा तयार गरिएको बहुप्रतीक्षित गीत “म झुक्न दिन्न मेरो देशको झण्डा” प्रजातन्त्र दिवस अर्थात् फागुन ७ को विशेष अवसर पारेर औपचारिक रूपमा सार्वजनिक गरिएको हो। २००७ सालको ऐतिहासिक परिवर्तनको सम्झनामा मनाइने प्रजातन्त्र दिवसकै दिन सार्वजनिक गरिएको यस गीतले राष्ट्रप्रेम, स्वाभिमान र राष्ट्रिय एकताको सन्देश बोकेको छ। गीतकार डि।बि। पराजुली को शब्दमा सजिएको यस सिर्जनाले “झण्डा”लाई केवल कपडाको टुक्रा नभई राष्ट्रिय अस्मिता र पहिचानको प्रतीकका रूपमा उभ्याएको छ। स्वरमा रुपक डोटेल र मेनुका राई ले शक्तिशाली प्रस्तुति दिएका छन्। संगीत संयोजनमा बिजेन्द्र नौबागे को मेहनत झल्किन्छ भने एरेन्जरका रूपमा सुनिल परियार ले गीतलाई सशक्त संगीतात्मक आयाम दिएका छन्। मिक्सिङ डिका गुरुङ, रे...
नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले भरिएको नयाँ गीत सार्वजनिक हुने तयारी

नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले भरिएको नयाँ गीत सार्वजनिक हुने तयारी

मनाेरन्जन, समाचार
नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले भरिएको नयाँ गीत सार्वजनिक हुने तयारीले माहोल तातेको छ। एक्टिभ ईन्टरटेनमेन्टको प्रस्तुति रहने बहुप्रतीक्षित गीत “म झुक्न दिन्न मेरो देशको झण्डा” अब औपचारिक रुपमा दर्शकमाझ आउँदैछ। लामो समयको पर्खाइपछि सार्वजनिक हुन लागेको यस गीतले राष्ट्रप्रेम, स्वाभिमान र एकताको सशक्त सन्देश दिने अपेक्षा गरिएको छ। गीतका शब्द गीतकार डि.बि. पराजुलीले सिर्जना गरेका हुन् भने स्वरमा रुपक डोटेल र मेनुका राईले जीवन्तता दिएका छन्। संगीत संयोजनमा बिजेन्द्र नौबागेको मेहनत रहेको छ भने एरेन्जरका रूपमा सुनिल परियारले विशेष योगदान दिएका छन्। म्युजिक भिडियोमा पनि कलाकारहरूको सशक्त उपस्थिति रहनेछ। मुख्य कलाकारका रूपमा बिजेन्द्र नौबागे, सैलेश ठकुरी, सुसिला तामाङ, पबित्रा अर्याल (पबि) देखिनेछन्। त्यस्तै, सामाजिक अभियन्ताहरू लिला खनाल, एकराज सुबेदी, दिपिका खनाल, रोज बहादुर तामाङ,...
धार्मिक समाजसेवी रूपक लोहनीको ‘शिव ताण्डव स्तोत्रम’ सार्वजनिक

धार्मिक समाजसेवी रूपक लोहनीको ‘शिव ताण्डव स्तोत्रम’ सार्वजनिक

संस्कृति, समाचार
काठमाडौँ । नुवाकोट बेलकोटगढी–१३ दाङ्मै स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका धार्मिक समाजसेवी रूपक लोहनीको बहुप्रतीक्षित भजन “शिव ताण्डव स्तोत्रम” सार्वजनिक भएको छ। भक्ति, आस्था र आध्यात्मिक भावनालाई सशक्त ढंगले प्रस्तुत गरिएको यस स्तोत्रमले सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ विशेष चर्चा बटुल्न थालेको छ। आराध्यदेव भगवान् शिवप्रति समर्पित यस स्तोत्रममा नेपालका चर्चित धार्मिक स्थलहरूको मनमोहक दृश्य समेटिएको छ, जसले भिडियोमा थप आध्यात्मिक गरिमा र भावनात्मक गहिराइ प्रदान गरेको छ। गायक अशोक पाण्डेको संगीत तथा सशक्त स्वरले स्तोत्रमलाई प्रभावशाली बनाएको छ भने कोरसमा मनीष रञ्जन बराल र शिव पारायण स्वरमा शिवराज जोशीको सहभागिताले प्रस्तुति अझै गुञ्जायमान बनेको छ। पण्डित राजकुमार आचार्यको शब्द संयोजनमा तयार भएको यो भजनलाई निर्देशक सुनिल क्षेत्रीले भव्य ढंगले पर्दामा उतारेका छन्। भिडियोमा सुनिल ...