५ माघ २०८१, शनिबार

राष्ट्रिय

ईजरायल केयर गिभर कार्यक्रममा अनियमित किन ? -एलिजर तामाङ

ईजरायल केयर गिभर कार्यक्रममा अनियमित किन ? -एलिजर तामाङ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं : ईजरायल केयर गिभर कार्यक्रममा अनिमितता भयकाे पुष्टि भयकाे छ । पछिल्लो समय नेपाल सरकारले इजरायल सरकारसँग जी टु जी सम्झौता गरी ३५०० जनासम्म  केयर गिभरलाई इजरायलमा रोजगारीको लागि लाने भन्ने सहमति भएको र पहिलो चरणमा ११७५ जना नेपाली कामदार लगेका थिए भने फेरि इजरायल सरकारले  दोस्रो चरणमा मिति २०८१।०३।११  गते म्याभ ले सूचना दिएको थियो भने जसअन्तर्गत नियमित तर्फ ५०० जना र वैकल्पिकका ३०० जना गरी  कुल ८०० जना लैजाने  निर्णय गरेको थियो । त्यस्तै  मिति २०८१।०३।१४ गतेका दिन म्याभ ले ३ दिन भित्रमा वैदेशिक रोजगार विभाग तथा सिटिइभिटीबाट मान्यता प्राप्त भएको संस्थाहरुलाई म्याभ को जिमेल ठेगानामा आफूले पढाएका विद्यार्थीहरुको नामावली सहितको विवरण पठाइ सक्न भनिएको थियो । तर त्यति ३ दिनको म्याद दिएपछि म्याभ ले कुनै सूचना समेत जारी गरेन । तर म्याभ ले भित्रभित्रै १० दिनको लागि म्याद थप गरेको पाइयो...
क्यान्सर पिडित रानाकाे उपचारका लागि सहयोग गर्न श्रीमानले गरे सबैमा अनुराेध

क्यान्सर पिडित रानाकाे उपचारका लागि सहयोग गर्न श्रीमानले गरे सबैमा अनुराेध

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं : भेरि नगरपालिका- १ रिम्ना स्थायी घर भयका हाल बर्दिया जिल्ला गुलरिया नगरपालिका -८ सुरजपुर गाउमा अस्थायी रुपमा बस्दै आयका बिनय रानाले आफ्नी श्रीमतीलाई बचाउनका लागी सहयाेगकाे अपिल गरेका छन । राना कि धर्मपत्नी गिता रानाकाे  विगत आठ महिनादेखि स्तनममा क्यान्सरको समस्या देखिए पछि बाँके जिल्लाको नेपालगन्ज स्थित खजुरा अस्पतालमा  चेकअप पछि उपचार गर्न सम्भव नभय पछि, हाल भक्तपुरको क्यान्सर अस्पतालमा उपचार भईरहेकाे र अहिले रेडियो थेरापी र केमो थेरापी सुरु भयकाे उनले बताए । एक बर्ष सम्म सत्र वटा सुई लगाउनु पर्ने र एउटा लाई ४५ हजार पर्न जान्छ आठ लाख मात्रै यो मेडिसिनको लाग्ने भयकाे छ, श्रीमतीलाई बचाउन करिब २० देखि ३० लाख सम्मा  खर्च हुने अनुमान छ । बिगत लामाे समय दस बर्षिय जनयुद्धमा लागेेका राना जनकलाकारमा गित लेख्ने गित गाउने र नाच्ने गर्थे । २०६० सालमा डाेल्पाकाे माझफाल घटनामा साँस्क...
नारायणगढ- मुग्लिन सडक खण्डको सिमतालबाट टृक त्रिशूलीमा खस्याे

नारायणगढ- मुग्लिन सडक खण्डको सिमतालबाट टृक त्रिशूलीमा खस्याे

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :नारायणगढ- मुग्लिन सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसका ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव भेटिएको थियो । ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।...
जाजरकोटमा चट्याङ् लागेर एक महिलाको ज्यान गयाे

जाजरकोटमा चट्याङ् लागेर एक महिलाको ज्यान गयाे

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :चट्याङ् लागेर भेरी नगरपालिका–२ पोखराकी एक महिलाको मृत्यु भएको छ । चट्याङले घाइते महिलालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याई सकेपछि मृत्यु भएको हो । सनिबार बेलुका ५:४५ बजेतिर घर नजिकै परेको चट्याङले भेरी नगरपालिका–२ पोखराका मोहनलाल कामीकी ५५ बर्षीय श्रीमति कौशिला कामी गम्भीर घाइते भएकी थिइन् । चट्याङ लागेर कौशिला घाइते भएको खबर पाएपछि पाँचकाटिया प्रहरी चौकीमा कार्यरत वरिष्ठ प्रहरी हलदार गेद बहादुर चन्दको कमाण्डमा ४ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको थियो । कामीको घर छेउमा बाँधेको एक भेडा चट्याङ्ग लागेर मरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चट्याङ लागेर गम्भीर घाइते कौशिलालाइ जिल्ला अस्पताल, जाजरकोटमा बेलुका ८ बजे पुर्‍याइयकाे थियो । जिल्ला अस्पतालमा कार्यरत चिकित्सकले कौशिलाको चेकजाँच गर्दा बेल...
श्रमिक कम्युनिस्ट पार्टी निकट, वैदेशिक श्रमिक संघकाे पुनर्गठन

श्रमिक कम्युनिस्ट पार्टी निकट, वैदेशिक श्रमिक संघकाे पुनर्गठन

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघकाे पुर्नगठन भएको छ । महासंघले उपत्यका केन्द्रीत चार महिने अभियान संचालन गरिएको छ । “आउनहाेस हातेमालाे गराैं ! श्रमिक हाम्राे साथि भराेसा गराै उहांहरु माथि !!” भन्ने मुल नारा सहित संचालन भएको अभियानमा  महासंघ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघकाे समितिमा संयाेजक भुमिका सिंजालिलाई चयनका साथ पुर्नगठन गर्दै १७ सदस्यिय आयाेजक समिति गठन गरेको हाे । पुनर्गठन समितिमा रामचन्द्र थापा, देवराज खडका, महेन्द्र वर्मा, धुर्व अर्याल, सागर पुनमगर, विश्वास तामङ, हरिशरण तामङ, जानकी रावल, यादव निराैला, राम बन्जाडे, विगु अन्सारी, राजेन्द्र रावल, जयराम चाैधरी, गाेपाल बस्याल, दिपक वहादुर सुनुवार लगायत चयन हुनु भएको छ । कार्यक्रम अखिल नेपाल क्रान्तिकारी ट्रेड युन...
खाेलामा पाैडी खेल्न गएका बालक बेपत्ता

खाेलामा पाैडी खेल्न गएका बालक बेपत्ता

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट : नलगाड नगरपालिका-३ कैना स्थित झुप्रे खोलाले बगाउँदा ६ वर्षीय बालक महान थापा बेपत्ता भएका छ्न् ।बिहान १० बजेतिर साथीहरुसँग नजिकैको खोलामा पौडी खेल्न गएका महान बेपत्ता भएका दल्लीस्थित प्रहरीले जनाएको छ । बेपत्ता बालक स्थानीय कैनबजारका युवा व्यवसायी हरिचन्द्र थापा र बृहस्पति पुनका छोरा हुन् ।उनको परिवारजन, प्रहरीलगायतले खोजी गरिरहेका छन् ।...
नेकपा बहुमतका नेता कार्यक्रता गिरफ्तार

नेकपा बहुमतका नेता कार्यक्रता गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता तथा कार्यक्रताहरुलाई प्रहरीले गिरफ्तार गरेकाे छ ।गिरफ्तार पर्नेमा पार्टीका काठमाडौं  जिल्ला सेक्रेटरी गोकुल पराजुली, अखिल (क्रान्तिकारी) का केन्द्रीय सह-संयोजक बिरेन्द्र शाह सहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीले आयोजना गरेको भ्रष्टचार बिरुद्धको मशाल जुलुस कार्यक्रम स्थल बागबजारबाट पार्टीका काठमाडौं सेक्रेटरी पराजुली र विद्यार्थी नेता शाह सहित ९ जना नेता कार्यकर्तालाई प्रहरीले आज साझ गिरफ्तार गरेको हो । त्यस्तै गिरफ्तार पर्नेमा क्रान्तिकारी युवा संगठन, नेपालका नेता झलक बिक, अखिल (क्रान्तिकारी) राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य तथा विश्वविद्यालय सिटिइभिटी समिती इन्चार्ज  उषाकिरण आजाद, आयोजक समिती सदस्य तथा बागमती संयोजक गोबिन्द बिष्ट, आयोजक समिती सदस्यहरु रमेश सुनार, मिमबहादुर ऐडी, क्रान्तिकारीकै...
भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : कर्णाली प्रदेश, जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिका वडा -२ भेराकाे जमिन,भासिए पछि त्यस क्षेत्रमा पर्ने  बस्तीहरु जाेखिममा रहेका छन ।२०८०/ कार्तिक १७ गते गएकाे भुकम्पकाे असरले जमिनमा हलचल आएपछि यश बर्षकाे लगातार आयकाे बर्षाका कारण उक्त ठाउँको जमिन चिरा-चिरा परेकाे छ । करिब २०० मिटर लम्बाइ र ६०० मिटर चाैडाई क्षेत्रफलको जमीन भासिएकाे र उक्त ठाउँका रुखहरु ढलेका छन्, किसानले लगायका बालिपनि मासिएकाेले करिव ५५ घरदुरी अति जाेखिममा रहेकाे वडा अध्यक्ष मान बहादुर सिंहले बताउनु भयाे। वडा अध्यक्ष सिंहका अनुसार,साे ठाउँका बस्तिहरु - चाेचेओडार, ,डाँडागाउँ,बाह्रसाङले,तिमिल्धारा,खरिक,बिगेतरा,झारगाउँ, बडिखाेला र गासेरा सम्माका बस्तिहरुमा पनि असर पर्ने भयकाले साे क्षेत्रमा पनि सबै जनालाई सचेत हुन जानकारी दिएकाे अध्यक्ष सिंहले बताउनु भयाे ।बर्षा सुरु हुनसाथ घर बाहिर आउनु पर्ने र माथितिर हेर्नु...
श्रमिक कम्युनिस्ट पार्टी नेपाललाई मधेस प्रदेशमा स्वागत

श्रमिक कम्युनिस्ट पार्टी नेपाललाई मधेस प्रदेशमा स्वागत

राजनीति, राष्ट्रिय, विचार, समाचार
बारा, सिमरा : श्रमिक कम्युनिस्ट पार्टी नेपाल लाई मधेस प्रदेश , बारा जिल्ला अन्तर्गत सिमराका युवाहरुले स्वागत गरेका छन । बिहिवार बाराकाे सिमरा पुगेका श्रमिक कम्युनिस्ट पार्टीका संयाेजक पुर्ण बहादुर सिंह "समरजंग"पार्टी केन्द्रीय महाधिवेशन आयाेजक कमिटि सदस्य रमन,बद्री, लगायत केन्द्रीय नेताहरूलाई सिमराका युवाहरुले स्वागत गरेका हुन । "जन्तामा जाओै! जन्ताबाट सिकाै!! भन्ने मुल नारा सहित श्रमिक कम्युनिस्ट पार्टी नेपालका संयोजक पुर्ण बहादुर सिंह "समरजंग" सहित केन्द्रीय नेताहरु  तीन महिने अभियानका साथ जनभेटघाटमा ब्यस्त छन्। केही दिन पश्चिम पुगेका पार्टीका संयोजक लगायतका केन्द्रीय नेताहरु अहिले पुर्वि जनभेटघाटमा दाैडेका छन। "अहिले सम्म जन्तामा राजनीति भयाे अब जन निकास हुने गरि पार्टी लागेकाे" संयोजक सिंहकाे दाबि छ।नेपालमा विभिन्न कालखण्डमा आन्दोलन भय तर अन्तिममा सम्झौतामा गएर हरेक आन्दोलन ट...
भैँसि र बाघकाे भिडन्त पछि बाघकाे मृत्युु,भैंसी घाइते

भैँसि र बाघकाे भिडन्त पछि बाघकाे मृत्युु,भैंसी घाइते

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौं :मकवानपुरमा भैंसी र बाघकाे भिडन्त पछि बाघ मरेकाे छ र भैँसी घाइते भयकाे छ। बिहीबार बिहान मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको इलाका प्रहरी कार्यालय, मनहरीले जनाएकाे छ। बाघको आक्रमणमा परी भैंसी घाइते भएकाे छ।प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा भैंसीकाे आक्रमणमा परी बाघकाे मृत्यु भएकाे जनाएकाे छ। प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले मरेकाे बाघ लिएर गएकाे छ। बाघकाे घाँटीभन्दा तल्लाे भागमा चाेट लागेकाे प्रहरीले जनाएकाे छ। इलाका प्रहरी कार्यालय, मनहरीबाट प्रहरी र पर्सा वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार व्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। घटनास्थल चितवन राष्ट्रिय निकुञ्जबाट करिब ३ सय मिटर पर रहेको छ।...