२७ पुष २०८२, आईतवार

राष्ट्रिय

स्वास्थ्य चाैकि टालेगाउँमा गर्भवती र सुत्केरी महिलाका लागी अल्ट्रासाउन्ड (भिडियाे एक्सरे) सेवा सुरु

स्वास्थ्य चाैकि टालेगाउँमा गर्भवती र सुत्केरी महिलाका लागी अल्ट्रासाउन्ड (भिडियाे एक्सरे) सेवा सुरु

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट : कुशे गाउपालिका - २ टालेगाउ स्वास्थ्य चाैकिले गर्भवती महिलाहरुका लागी अल्ट्रासाउन्ड ( भिडियाे एक्सरे) सेवा संचालनमा ल्यायकाे छ। स्वास्थ्य चौकी टालेगाउमा कुशे- १ र २ का गर्भवती तथा सुत्केरी महिलाहरुका लागि ग्रामीण अल्ट्रासाउन्ड (ROUSG) भिडियो एक्सरे सेवा वडा अध्यक्ष मान बहादुर सिंहले औपचारिक रूपमा उदघाटन गरि सो सेवा नियमित रूपमा सुचारु भएको समेत सेवाग्राहिहरुलाई जानकारी गरायका छन । केयर नेपालकाे आर्थिक सहयाेग तथा कुशे गाउपालिका स्वास्थ्य शाखा र स्वास्थ चाैकि टालेगाउकाे समन्वयमा उक्त सेवा संचालनमा ल्याईएकाे टालेगाउ स्वस्थ्य चाैकिका प्रमुख शेर बहादुर बस्नेतले बताउनु भयाे ।  ...
नेकपा बहुमतले नापी कार्यलयका प्रमुखलाई कालाे माेसाे दलेर जनकारबाही गरेकाे छ

नेकपा बहुमतले नापी कार्यलयका प्रमुखलाई कालाे माेसाे दलेर जनकारबाही गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :धर्मेन्द्र बास्तोला‘कञ्चन’ नेतृत्वको नेकपा(बहुमत)ले नापि कार्यलयका प्रमुखलाई मोसो दलेको छ । मंगलबार चितवनको खैरहनी नगर कमिटीले नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुखलाई कार्यकक्षमै कालो मेसो दलेको पार्टी स्रोतले बताएको छ । भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध मोसो अभियान चलाइरहेको बहुमतले पछिल्लो समय त्यसलाई तिब्रता दिइरहेको छ । चितवनको खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्सालले भ्रष्टाचार गरेको र जनतालाई अनावश्यक दुःख दिने गरेकोले मोसो दलेको एक नेताले जानकारी दिए । लम्साल र कर्मचारीहरुले जनतालाई विभिन्न बहानामा दुःख दिने र सामान्य काममा पनि घुस माग्ने गरेको नदिए काम अट्काएर राख्ने गरेको जन गुनासो पार्टीलाई आएपछि जनकारबाही गरेको ती नेताले बताए । त्यसैगरी भूमाफियाहरुसँग जग्गा कित्ताकाट गरेर रकम असुलेको पनि उनिमाथि आरोप लगाएको ।...
काठमाडौं प्याब्सनलाई अनेरास्ववियु(क्रान्तिकारी) ले बुझायो ८ बुदे ध्यानाकर्षण पत्र

काठमाडौं प्याब्सनलाई अनेरास्ववियु(क्रान्तिकारी) ले बुझायो ८ बुदे ध्यानाकर्षण पत्र

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)लाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठनका  केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे नेतृत्वमा पुगेको टाेलिले प्याब्सन  जिल्ला अध्यक्ष  नवराज भट्टलाई उक्त ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हाे । ध्यानाकर्षण पत्र बुझाउदै अध्यक्ष गैरेले आफ्ना मागहरू पुरा नभए चरणबद्ध संघर्ष गर्ने समेत चेतावनी दिए । काठमाडौं प्याब्सनका जिल्ला अध्यक्ष नवराज भट्टले आफुहरु मुद्दाबारे गम्भीर बनेको समेत बताएका छन् ।...
जाजरकोट कल्ले खाेलामा एम्बुलेन्स दुर्घटना, चालक चनाराकाे मृत्यु

जाजरकोट कल्ले खाेलामा एम्बुलेन्स दुर्घटना, चालक चनाराकाे मृत्यु

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु । जिल्लाको भेरि नगरपालिका - १ कल्ले खाेलामा गय राति १२ बजे एम्बुलेन्स दुर्घटना हुदा चालक २७ बर्षिय शुनिल चनाराकाे   घटनास्थलमै मृत्यु भयकाे हाे।खलंगा बाट डाैँरीकाँडा बिरामी लिन  जाँदै गरेकाे  भे १ च २२४७ नम्बरको  एम्बुलेन्स गय राति उकालाे जाने क्रममा भित्तामा ठाेक्कियर करिव  दुईसय मिटर तल खसेकाे , जाजरकोटबाट प्रेम रानाले बताय । घटना बारे बुझ्न बिहानै प्रहरीकाे टाेलि घटनास्थलमा पुगेकाे छ ।  ...
बाबाकाे अन्तिम फाेन शुशिललाई, जाे बाेल्दा- बाेल्दै बेपत्ता भए

बाबाकाे अन्तिम फाेन शुशिललाई, जाे बाेल्दा- बाेल्दै बेपत्ता भए

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट ;बाबाकाे अन्तिम फाेन सुशिललाई जाे बाेल्दा- बाेल्दै बेपत्ता भय ,एक घण्टा सम्मा फाेन लाग्थ्यो बुवाकाे, जाे बेल्दा -बाेल्दै बेपत्ता भय। गत बुधबार भारतकाे उत्तराखण्डकाे धरालिमा पहिराेमा बेपत्ता भयका मानबहादुर सिंह लगायत जाजरकोट कुशेका १३ जना र ९ अन्य ठाउँका नेपाली सहित १०० जना बेपत्ता छन । बाढीमा परी हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार भएको जानकारी दूतावासलाई गराएका छन् । बाढीमा परेर कर्णालीका १५ जनासहित २२ नेपाली बेपत्ता भएको बताइएको छ । त्यहाँ खोजी कार्य जारी छ । मान बहादुर सिंह छाेरा र आफन्त लियर भारतमा राेजगारिकाे लागि गयकाे करिव  महिना बितिसकेकाे थियाे। बाहिर पानी परिरहेको थियाे,आफ्नै गाउका आफन्तसंग एउटा काेठामा बसेका थिय । छाेरा भने अलि माथिल्लाे गाउमा गयर क्यारमबाेर्ड खेलिरहेका ...
उत्तराखण्ड पहिराेमा पुरियका जाजरकोट टालेगाउका ६ र जुम्लाका एक जनाकाे सनाखत

उत्तराखण्ड पहिराेमा पुरियका जाजरकोट टालेगाउका ६ र जुम्लाका एक जनाकाे सनाखत

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : भारतकाे उत्तराखण्डकाे पहिराेमा परि कुशे गाउपालिका - २ टालेगाउका  ६ जना र जुम्ला तातोपानी गाउपालिका कुडारीका एक जनाकाे मृत्यु भयकाे पुष्टि भयकाे छ । मृत्यु हुनेहरूमा कुशे गाउँपालिका-२ टालेगाँउका कर्ण बहादुर  सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, तिलबहादुर सिंह, रबिन सिंह छन् । मृतक एक जनाको नाम नखुलेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो । बाढी पहिरोमा परेर अझै ६ जना बेपत्ता रहेको परिवारका सदस्यले दिएको जानकारी दिएको अध्यक्ष बस्नेतले बताउनुभयो । अर्का मृतक जुम्ला कुडारीका जनक बहादुर शाही रहेको बताइएको छ ।  ...
भारतकाे उत्तराखण्ड पहिराेमा जाजरकोटका एउटै वडाका १३ जना बेपत्ता

भारतकाे उत्तराखण्ड पहिराेमा जाजरकोटका एउटै वडाका १३ जना बेपत्ता

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट :भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमा परी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन्। कुशे गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै श्रावण २० गते उत्तराखण्डको उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’पछिको बाढी पहिरोमा परी आफ्ना नागरिकहरू बेपत्ता भएको जनाएको हो । बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउनका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ। विज्ञप्तिमार्फत प्रदेश तथा सङ्घीय सरकारको समेत ध्यानाकर्षण गराइएको छ। उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्पिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’ भई आएको भीषण बाढी तथा पहिरोमा परी ठूलो मानवीय र भौतिक क्षति भएको थियो।...
पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्तावमा,कम्युनिस्ट नेताहरुकाे सकरात्मक धारणा

पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्तावमा,कम्युनिस्ट नेताहरुकाे सकरात्मक धारणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :पुष्पलालको ४७ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्ताव गरिएको छ । सो कार्यक्रममा उनका नामबाट मार्क्सवादी विश्वविद्यालय स्थापना गर्न नेपालमा क्रियाशील १९ कम्युनिस्ट/वामपन्थी पार्टी/संस्था, सङ्गठन र बौद्धिकहरूले ऐक्यबद्धता प्रकट गरेका छन् ।पुष्पलाल स्मृति दिवसमा आयोजित ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय सम्भावना र चुनौती’ विषयक बृहत् बिचार गोष्ठीमा सहभागी वामपन्थी नेता–कार्यकर्ता र बुद्धिजीवीले कम्युनिस्ट जनमत अत्यधिक रहेको समाज तर बिचार शून्यताका कारण रनभुल्लमा परेका पार्टीहरू भएको अवस्थामा नेकपाका संस्थापक पुष्पलालकै नामबाट विश्वविद्यालय निर्माण हुनु अत्यावश्यक रहेको बताएका हुन् ।नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले यो ऐतिहासिक प्रस्ताव कार्यान्वयनमा सबै पार्टीले प्रस्थापकलाई सघाउनुपर्ने धारणा राखे । सबै कम्युनिस्ट ...
पुर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलनमा के भनिन् ? पुर्ण पाठ ..

पुर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलनमा के भनिन् ? पुर्ण पाठ ..

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : पुर्व राष्ट्रपति बिद्यादेवि भण्डारीले आज पत्रकार सम्मेलनमा के के भनिन् ? पुर्ण पाठ.. नेकपा (एमाले) मा मेरो संलग्नता र पार्टी सदस्यताको नवीकरणको विषयलाई लिएर विगत केही समयदेखि घनिभूत ढङ्गले आम सञ्चार जगतले चासो राखिरहेकोमा मेरो ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले मेरा बारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु । देशको राष्ट्रपतिको भूमिकालाई सफलतापूर्वक पूरा गरी एक नागरिकको रूपमा रहँदै आएको केही महिनापछिदेखि नै आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट मेरो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको थियो । विगत एक वर्षदेखि त व्यापक रूपमै मेरा बारेमा आमसञ्चार माध्यमले सरोकार राखेको पनि सबैलाई अवगतै छ । राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथ...
मैले एमालेमा पार्टी सदस्यता नविकरण गरिसकेकि छु , पुर्व राष्टपति भण्डारी

मैले एमालेमा पार्टी सदस्यता नविकरण गरिसकेकि छु , पुर्व राष्टपति भण्डारी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)मा आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन्। शुक्रबार (आज) काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन्। 'मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन,' उनले भनिन्। उनले आफू पार्टी सदस्यता बनेको ४५ वर्ष बितिसकेको बताएकी छन्। 'त्यसैले पार्टीप्रतिको आशा र सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,' उनले भनिन्।...