काठमाडौं :नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री, प्रतिनिधी सभा सदस्य शक्ति बहादुर बस्नेतलाई पितृ शोक परेको छ ।
बस्नेतका पिता डण्डविर बस्नेतको आइतबार ९४ बर्षको उमेरमा ग्रान्डी अस्पताल काठमाण्डौमा उपचारको क्रममा निधन भएको हो ।
भोली (सोमबार) पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।...
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले सहिद, बेपत्ता,याेद्धा, घाइते अपांग परिवारलाई स्मरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । सहिद सप्ताहकाे पहिलाे दिन फागुन १४ गतेकाे दिनलाई बिशेष स्मरणकाे रुपमा मनाउँदै जनयुद्धका प्रथम सहि दिल बहादुर रम्तेल लगायत जनयुद्ध,एकीकत जनक्रान्ति र विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने महान सहिद र बेपत्ता याेद्धाहरुकाे स्मरण गर्दै उनका परिवारलाई सम्मान स्वरुप उक्त कार्यक्रम आयाेजना गरियकाे गरियकाे हाे ।
पार्टीका स्थायी कमिटी सदस्य विनयराजकाे विशेष उपस्थितिमा र पार्टीका पाेलिटब्युराे सदस्य, केन्द्रीय सदस्य केन्द्रीय, संगठन परिषद्का सदस्यहरु काे उपस्थितिमा जनयुद्ध, एकीकृत जनक्रान्ति लगायत विभिन्न आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने महान सहिदलाई स्मरण गर्दै उनका परिवारलाई सम्मान गरियकाे थियाे ।
...
नेपालगन्ज :बर्दियाको बढैयाँताल गाउपाँलिकाकाे बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती ।लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको बढैँयाताल गाउँपालिका-७ काे मैनापाेखर सडक खण्डको पटरिया देखी राजापुर सम्मकाे सडकलाई कालाेपत्रे बनाउन ठेक्का आव्हान भयकाे एक वर्ष बितिसक्दा पनि कामले गति लिन सकेकाे छैन ।
नेपाल सरकारको खरिद नियमावली अनुसार १२ महिना भन्दा माथि सम्झौता भयकाे कुनैपनि काममा मुल्य वृद्धि भयपछि थप मुल्य दिनुपर्ने ब्यवस्था रहेकाे छ । गाउँपालिकाले सम्झौता भय बमोजिममा काम सक्नु पर्ने ताकेता गरेपछि निर्माण ब्यावसायीले काम गर्न गाराे भयकाे बतायका छन । प्रत्येक बर्षमा हरेक बस्तुहरुकाे मुल्य बढ्दै गयपछि सामानहरुकाे मुल्य पनि बढ्दै गय पछि थप बजेटको ब्यवस्था गर्नु पर्ने निर्माण ब्यावसायी बताउछन । ठेक्का लियकाे निर्माण कम्पनी र पालिका बिच तालमेल नमिल्दा स्थानीयहरु निकै सास्ती भयकाे बताउछ...
जाजरकोट : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कुशे गाउँपालिका जाजरकोटकाे अध्यक्षमा हरिचन्द्र जैशी सर्बसम्मत चयन भएका छन् । बिहीबार देखि शुक्रबार सम्म कुशे गाउँपालिकाकाे वडा नम्बर २ टालेगाउँमा भएको पालिका अधिवेशनले हरिचन्द्र जैशीलाई चयन गरेको हो ।
अधिवेशनले जैशीको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा विकास रोकाया,उपाध्यक्षमा प्रेमजंग शाही र गोरख बहादुर नेपाली रहेका छन । त्यस्तै सचिवमा चण्डिका आर.सी, सह सचिवमा धन बहादुर सिंह, कोषाध्यक्षमा गोरख बहादुर सिंह रहेको नेकपा माओवादी केन्द्रका कुशे इन्चार्ज जनकराज गौतमले जनाएका छन् ।
गौतमका अनुसार दुई दिनसम्मा चलेको अधिबेशनले सर्वसहमत पालिका नेतृत्व चयन गरेको हो । पालिका अधिवेशनका लागि अतिथिका रुपमा टेक बहादुर रावल, गणेश प्रसाद सिंह, ढकविर राना, ईमाश्वर देवकाेटा, पार्वती थापा लगायत पार्टीका केन्द्रीय,प्रद...
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह "समरजंग"ले प्रजातन्त्र दिवस भनेको कालाे दिन भएको बताएका छन्।
आज काठमाडौंकाे गाेगंबुमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे आठाैं राष्ट्रिय सम्मेलन समितिकाे तयारी वैठकका क्रममा यस्तो बताएका हुन् उनलेे भने आज कै दिन बिक्रम सम्बत् २००७ फागुन ७ गते दिल्लीमा राणा, काँग्रेस र राजाले सम्झौता गरि नेपाली स्वाभिमानी सत्ता हस्तान्तरण गरि उसको ईच्छामा प्रजातन्त्र स्थापनाकाे गरि औंपचारिक रुपमा दलाल बनेको जिकिर गरे । उनले यस्तो दलाल सत्ताद्भारा सिर्जित नेपाली अर्थसम्बन्धलाई हल गर्ने बाटो भनेको अब वैज्ञानिक समाजवादी जनक्रान्ति भएको बताए । जबसम्म राजनीतिक क्रान्ति सम्पन्न हुदैन तबसम्म नेपाली समाज परिवर्तन हुन नसक्ने बताएका छन् ।
उनले "अन्तर्राष्ट्रिय परिस्थिति अमेरिकी राष्ट्रपति ट्रम्प पुनः निर्वाचित भए पछि नयाँ ढंगले ...
काठमाडौं :समाजवादी कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले भारतमा भएको नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटना र सो घटनामा नेपाली विद्यार्थीमाथि गरिएको दमनको कडा विरोध जनाएको छ ।
सो संगठनका अध्यक्ष मुक्ति गैरेले आज एक विज्ञप्ति जारी गर्दै घटनाप्रति विरोध जनाएका हुन् । विज्ञप्तिमा गैरेले दोषीमाथि कडा कारवाहीको माग पनि गरेका छन् ।
लम्साललाई दिइएको मानसिक यातनामाथि कलेजले बेवास्ता गरेको भन्दै प्रमाण सहित किटान जाहेरी दिंदा पनि कारबाही दोषीमाथि नगरिनु कलेज प्रशासनको गम्भीर लापरबाही र बेवास्ता गरिएको पुष्टि भएको विज्ञप्तिमा भनिएको छ ।
मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै गैरेले उक्त घटनाको न्यायका पक्षधर विद्यार्थीहरु माथि गरिएको दमनप्रति खेद प्रकट गरेका छन् । साथै उनले देश तथा विदेशमा रहेका आफ...
✍️हाम्रो घरकाे जेठाे सन्तानका जेठाे नाम थियाे गाेपाल बहादुर सिंह तुफान,बुवा तिलक बहादुर सिंह र आमा तुलसा सिंहकाे जेठाे सन्तानको रुपमा २०३९ साल मंसिर ५ गते जाजरकोट जिल्लाको कुशे गाउपालिका - २ (साविक टालेगाउ गाबिस -८) डाेग्रीमा निम्न मध्यम किसान परिवारमा जन्मिएका जेठा दाइ गाेपाल बहादुर सिंह तुफान सानै देखि मिलनसार ,जाेशिलाे र फुर्तिलो स्वभावका हुनुहुन्थ्यो ।जिवनमा आइपर्ने हरेक कठिनाइहरुलाइ सहजै सामना गर्न सकिन्छ र हामि जाईलाग्नु पर्छ भन्ने उहाकाे बयक्तिक स्वभाव थियाे ।मिलनसार, सहनशीलता,घुलनहिल र आफन्त -पराइ संगकाे सम्बन्धबारे निकै प्रेरणादायी स्वभावका धनी तुफान साच्चिकै तुफानी स्वभावका हुनुहुन्थ्यो ।जनकल्याण प्राथामिक बिद्यालय गुम्थलेमा प्राथमिक शिक्षाको प्रारम्भ गरेका गाेपाल बहादुर सिंहले कक्षा ५ सम्म साेहि बिद्यालयमा अध्ययन पछि मान्ने ढुंगा माध्यमिक बिद्यालय टालेगाउँमा ८...
जाजरकोट : स्वास्थ्य सेवा कार्यालय जाजरकोटले बजेट अभावकाे कारण १३ जना कर्मचारीको हटायकाे छ ।कार्यलयले शुक्रबार एक सुचना जारी गर्दै करारमा रहेका ६ जना स्वास्थ्यकर्मी र ७ जना कार्यालय सहयोगीको म्याद थप नगर्ने निर्णय गरेको हो ।
कार्यालयमा कार्यरत हेल्थ अस्सिटेन्ट राजेन्द्र जंग शाह, सुरज सोनाम, ल्याव टेक्निसियन हरिकला सिंह, अ.हे.व. विमला वि.सी.,अ.न.मी. सीता वली, रेडियोग्राफर राम बहादुर केसीको म्याद थप नहुने सूचनामा जनाएको छ ।यस्तै कार्लयमा कार्यरत कार्यलय सहयाेगी विष्णु रावत, धना शाही, राम कुमारी नेपाली, विमला राना वली, लक्ष्मी स्वर्णकार,शर्मलाल खत्री र सुरज शाहीकाे पनि म्याद थप नहुने जनाईएको छ ।
अस्पताल विकास समिति जाजरकोटका अध्यक्ष डम्बर सिंह ठकुरीले प्रदेश सरकार बाट प्रर्याप्त बजेट नआएका कारण कर्मचारी हटाउनुपर्ने बाध्यता आएको बताउछन। उनले भने, ‘बजेट नभएपछि कर्मचारी कसरी राख्ने, प्रदेश सकार...
काठमाडौं ; समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन -अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी केन्द्रीय समितिले शैक्षिक एवम् मौलिक अधिकारका पक्षमा आन्दोलनमा उत्रने भएको छ ।
वर्तमान अवस्थामा शैक्षिक एवं मौलिक हकहरु कमजोर हुंदै गएकाले आफ्ना अधिकारहरु सुनिश्चित गर्न दृढतापूर्वक संघर्षमा लाग्न संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेले एक विज्ञप्ती जारी गर्दै युवा विद्यार्थीलाई आह्वान गरेका छन् ।
विज्ञप्तिकाे पुर्ण पाठ उस्तो छ -
गौरवपूर्ण इतिहास बोकेको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) अविचलित रूपमा हरेक न्याय प्राप्तिका लागि सङ्घर्षरत रहेको सर्वविदितै छ । नवऔपवेशिक पूँजीवादी दलाल संसदीय व्यवस्थाले राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि कहालीलाग्दा घटनाहरू थोपरिरहेको छ । आम नागरिकहरूका मौलिक हकहरूलाई निमोठ्दै आज हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, लुट...
काठमाडौं :समाजवादी कम्युनिस्ट पार्टी नेपालले ३०औँ जनयुद्ध दिवस तथा सन्देश प्रवाह कार्यक्रम सम्पन्न गरेकाे छ ।
काठमाडौंको बालाजु स्थित औद्योगिक क्षेत्रमा पार्टी महासचिव पूर्णबहादुर सिंह समरजङ्ग को प्रमुख आतिथ्यमा "जनयुद्ध दिवस तथा सन्देश प्रवाह कार्यक्रम" सम्पन्न गरेकाे हाे। पार्टीका स्थायी कमिटी सदस्य अवशेषले संचालन गरेकाे उक्त कार्यक्रममा अर्का स्थायी कमिटी सदस्य विनयराजले स्वागत मन्तब्य राखेका थिए।
उक्त कार्यक्रमा विभिन्न पार्टी परित्याग गरेर समाजवादी कम्युनिस्ट पार्टीमा प्रवेस गर्नेलाई स्वागत तथा अभिनन्दन गरियकाे थियाे भने जनयुद्ध, एकीकृत जनक्रान्ति र विभिन्न सङ्घर्ष/विद्रोहमा बलिदान गर्ने सहिद परिवारका सदस्यलाई सम्मान तथा अभिनन्दन गरियकाे थियाे ।
पार्टीले आगामी फाल्गुन १४ देखि २१ सम्म सहिद सप्ताहका अवसरमा देशैभर जनयुद्ध, एकीकृत जनक्रान्ति र विभिन्न सङ्घर्ष/विद्रोहमा बलिदान गर्...