९ फाल्गुन २०८१, शुक्रबार

भारतमा भयकाे नेपाली प्रकृति लम्सालकाे घटना बारे अखिल क्रान्तिकारीद्वारा घाेर भत्सर्ना

काठमाडौं :समाजवादी कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले भारतमा भएको नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटना र सो घटनामा नेपाली विद्यार्थीमाथि गरिएको दमनको कडा विरोध जनाएको छ ।

सो संगठनका अध्यक्ष मुक्ति गैरेले आज एक विज्ञप्ति जारी गर्दै घटनाप्रति विरोध जनाएका हुन् । विज्ञप्तिमा गैरेले दोषीमाथि कडा कारवाहीको माग पनि गरेका छन् ।

लम्साललाई दिइएको मानसिक यातनामाथि कलेजले बेवास्ता गरेको भन्दै प्रमाण सहित किटान जाहेरी दिंदा पनि कारबाही दोषीमाथि नगरिनु कलेज प्रशासनको गम्भीर लापरबाही र बेवास्ता गरिएको पुष्टि भएको विज्ञप्तिमा भनिएको छ ।
मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै गैरेले उक्त घटनाको न्यायका पक्षधर विद्यार्थीहरु माथि गरिएको दमनप्रति खेद प्रकट गरेका छन् । साथै उनले देश तथा विदेशमा रहेका आफ्‌ना मित्र संगठनहरुको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर पनि गररेका छन् ।

प्रेस विज्ञप्ति यस्तो छ :