काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह “समरजंग”ले प्रजातन्त्र दिवस भनेको कालाे दिन भएको बताएका छन्।
आज काठमाडौंकाे गाेगंबुमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे आठाैं राष्ट्रिय सम्मेलन समितिकाे तयारी वैठकका क्रममा यस्तो बताएका हुन् उनलेे भने आज कै दिन बिक्रम सम्बत् २००७ फागुन ७ गते दिल्लीमा राणा, काँग्रेस र राजाले सम्झौता गरि नेपाली स्वाभिमानी सत्ता हस्तान्तरण गरि उसको ईच्छामा प्रजातन्त्र स्थापनाकाे गरि औंपचारिक रुपमा दलाल बनेको जिकिर गरे । उनले यस्तो दलाल सत्ताद्भारा सिर्जित नेपाली अर्थसम्बन्धलाई हल गर्ने बाटो भनेको अब वैज्ञानिक समाजवादी जनक्रान्ति भएको बताए । जबसम्म राजनीतिक क्रान्ति सम्पन्न हुदैन तबसम्म नेपाली समाज परिवर्तन हुन नसक्ने बताएका छन् ।
उनले “अन्तर्राष्ट्रिय परिस्थिति अमेरिकी राष्ट्रपति ट्रम्प पुनः निर्वाचित भए पछि नयाँ ढंगले परिवर्तन भएको छ विश्वको नक्सा परिवर्तन हुने मामिलाका लागि अार्थिक र फौजि तयारी गरिरहेका छन् द ग्रेड द अगेन नारा लगाएर अमेरिका फस्ट निति पुनः लागू गर्न खोजेको देखिन्छ यता भारतले पनि ग्रेटर नक्सा सार्वजनिक गरेर अमेरिकी लाईन गएर साम्राज्यवादी देशका रुपमा आफूलाई उभ्याउन थालेको छ जसले विश्वकाे महाशक्ति देशकाे आफुलाई उपस्थिति गराउन खोजेको बताए ।”
उनले “माओवादी घटकहरुलाई छट्पटी भईरहेको विशेष गरि प्रचण्डलाई छट्पटी भएको बताए, प्रचण्डले २०६४ देखि खादै आएका थिए अब खान नपाएर उनलाई छट्पटी भएको कारणले उनलेे सरकार ढल्छ भनेर फण्डा मच्चाए अहिले सरकार ढल्दैन् हिजो सरकार ईण्डो अमेरिकि सरकार थियो ईण्डाे अमेरिकी सरकार हुँदा अस्थिर भईरहेकाे थियो अहिले सिधै अमेरिकी ईण्डाे सरकार भएको छ उसले सिधै सरकार बनाएको छ त्यसकारण ढल्दैन् अमेरिकाले MCC अझै परिपक्व बनाउन रोक्का गरेको हो जसले झन् दबाब सिर्जना पैदा गर्न राेक्का गरेको हो ।”