जाजरकोट : स्वास्थ्य सेवा कार्यालय जाजरकोटले बजेट अभावकाे कारण १३ जना कर्मचारीको हटायकाे छ ।कार्यलयले शुक्रबार एक सुचना जारी गर्दै करारमा रहेका ६ जना स्वास्थ्यकर्मी र ७ जना कार्यालय सहयोगीको म्याद थप नगर्ने निर्णय गरेको हो ।
कार्यालयमा कार्यरत हेल्थ अस्सिटेन्ट राजेन्द्र जंग शाह, सुरज सोनाम, ल्याव टेक्निसियन हरिकला सिंह, अ.हे.व. विमला वि.सी.,अ.न.मी. सीता वली, रेडियोग्राफर राम बहादुर केसीको म्याद थप नहुने सूचनामा जनाएको छ ।यस्तै कार्लयमा कार्यरत कार्यलय सहयाेगी विष्णु रावत, धना शाही, राम कुमारी नेपाली, विमला राना वली, लक्ष्मी स्वर्णकार,शर्मलाल खत्री र सुरज शाहीकाे पनि म्याद थप नहुने जनाईएको छ ।
अस्पताल विकास समिति जाजरकोटका अध्यक्ष डम्बर सिंह ठकुरीले प्रदेश सरकार बाट प्रर्याप्त बजेट नआएका कारण कर्मचारी हटाउनुपर्ने बाध्यता आएको बताउछन। उनले भने, ‘बजेट नभएपछि कर्मचारी कसरी राख्ने, प्रदेश सकारले बजेट पठाएन्, बरु सबै मिलेर प्रदेश सरकारलाई भनेर बजेटको सुनिश्चित गर्नुपर्याे ।’ अस्पताल प्रशासनले सूचना निकालेर कर्मचारीको नाम ड्यूटी रोष्टरमा नराख्न समेत इन्चार्जहरुलाई निर्देशन दिईसकेको छ ।
राज्यकाे सबै भन्दा संम्वेदनशिल कार्लयय (संस्था) स्वास्थ्य सेवा कार्यलयबाट कर्मचारी हटाउनु दुखद बिषय भयकाे विभिन्न ब्यक्तिहरु ,अभियान्ता र राजनैैतिक दलहरुका नेताहरुले गुनासो ब्यक्त गरेका छन ।
स्वास्थ्य सेवा कार्यलयकाे जानकारी पत्र यस्तो छ :