फर्केर सम्झिदा जाजरकोटको पत्रकारीता: जनक के.सि.
- जाजरकोटमा पत्रकारीताको ऐतिहासिक पृष्ठभुमि:
चरम भौगोलिक विकटता, अज्ञानताको तुवालो र चौतर्फी अभावयुक्त खाडलहरुका विचमा परिवर्तन र सिर्जनात्मक कार्यको हुटहुटी भएका केहि युवाहरुको पहलमा २०३५ सालतिर लिथो मेसिनवाट मालिका हवाइ पत्रिका प्रकाशन गरि सुरु भएको जाजरकोटको पत्रकारीतामा म भने २०५७÷ ५८ साल देखि विस्तारै सहभागि हुन पुगेँ ।काठमाडौं र नेपागन्जसंग उति वेला सहज र उन्नत सम्वन्ध नभएका कारण जाजरकोटको पत्रकारीतामा सहजताको सम्भावना सुन्य जस्तै थियो ।
काठमाडौंमा छापिएका पत्रपत्रिकाहरु ६ महिना एक वर्ष पछि सदरमुकाम खलंगामा पुग्ने मात्र होइन श्रोत साधनको अभावले जिल्लामै पत्रपत्रिकाको छपाइ पनि गाह्रै काम थियो । उति वेला कसैले हातैले काजगमा केहि रचना र लेख लेखेर कतै देखायो भने पनि अचम्म लाग्ने अवस्था थियो ।
उ वेलाका जाजरकोटी युवाहरु अमर शाह, दिलिप शाह, राजेस्वर कार्की र मधुकर शाहले निकै प्रतिकुल स...