काठमाडौं ।ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैँ तिहार, नेपाल संवत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उप कार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उनले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।
‘कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । वर्ष दिनभर राम्रो काम गरे पनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरे सरह नै हुन्छ । त्यस कारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशील हुनुस् ‘ मन्त्री बस्नेतले भने ‘पूर्णरूपमा जिम्मेवार भएर काम गर्...
काठमाडौं ।युद्धग्रस्त इजरायलबाट २५४ जना नेपाली घर फर्किएका छन् ।
नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगम, एयर लाइन्सकाे विमानबाट उनीहरु स्वदेश फर्केका हुन् ।
नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ ।
आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट एक नेपाली ले बताय ।नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५४ जना घर फर्कन लागेका हुन् ।
नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् ।
त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ ।
...
काठमाडौं ।इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ ।
उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ ।
नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि फर्म, चार जनालाई कादोस फर्मबाट उद्धा गरिएको छ ।
यस्तै थप चार जनालाई रचमिम मुग्रबी फर्म र तीन जनालाई शोह्रासिम कृषि फर्मबाट उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नाम कृषि फर्म र ठेगाना:
१,रमेशबहादुर कार्की – बेनी अमार कृषि फर्म – बडिमालिका ७, बाजुरा
२,बिनोद प्रसाद शाह – बेनी अमार कृषि फर्म – गढिमाई ४, रौतहट
३,आभास भट्टराई – बेनी अमार कृषि फर्म – टीकापुर १, कैलाली
४,नरेश सिंह भण्डारी – बेनी अमार कृषि फर्म – कृष्णपुर २, कञ्चनपुर
५,लोकेन्द्र बिष...
काठमाडौं ।प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो।
करिब १० जना नेपालीको हताहती भएको देखिएको छ। हामी यकिन संख्या र उनीहरू विस्तृत विवरण पुष्टि गरिरहेका छौं,परराष्ट्र उच्च स्रोतले भन्यो,‘मृतकको शव संकलनको काम भइरहेको छ। शवहरू नेपाल ल्याउने विषयमा भोलि बैठक बसेर निर्णय गर्छौं।’
हमासले गरेको आक्रमणमा विशेष गरी सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्।
शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो।
आक्रमणमा केही नेपालीहरू घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
आइतबारको संसद बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा केही नेपाली ...
काठमाडौं ।अफगानिस्तानमा भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।
खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ स्थानीय समय अनुसार शनिबार मध्याह्न ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर-पश्चिममा थियो । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् ।
कतिपय मिडियाहरुले भूकम्पमा परी ३०० भन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक गरिरहेका छन् । तर त्यसको पुष्टि हुन सकेको छैन ।
अफगानिस्तानको राष्ट्रिय विपद् प्राधिकरणका अधिकारीले १०० जनाको मृत्यु भएको पुष्टि गरेको अलजजिराले जनाएको छ ।...
काठमाडौं ।इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेकाे छ ।ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलि सकेकाे छैन ।
सनिवार परराष्ट्र मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" आज भुकम्पले क्षति ग्रस्त भयकाे ठाउँमा, स्थलगत अध्यनका लागि बझाङ जादैछन । प्रधानमन्त्री सहित १८ जनाकाे टाेलि आज बझाङ जादै छ ।
प्रधानमन्त्री का साथमा उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ ,परराष्ट्रमन्त्री एनपि साउद , सांसद भानुभक्त जाेशी, गृह सचिव , राष्ट्रिय बिपद् जाेखिम न्युनिकरण प्राधिकरणका प्रमुख लगायतकाे टिम जादैछन ।
गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्प मा परि २७ जना घाइते भयका छन भने एक जनाकाे मृत्यु भयकाे छ । प्रदेश भरि ७६ वटा निजि घर तथा एउटा सरकारी कार्यलय पुर्ण रुपमा क्षति भयकाे छ भने ३ सय १ निजि घर र ३२ वटा सरकारी कार्यलयमा आंशिक क्षति पुगेकाे सुदुरपश्चिम कार्य संचालन केन्द्रले जनायकाे छ ।
बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क...
जाजरकोट। उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आईतबार जिल्ला अस्पताल जाजरकोटको भवन उद्घाटन गरेका छन् । ५० शैयाको नवनिर्मित भवन मन्त्री बस्नेतले आईतबार उद्घाटन गरेका हुन् ।
अस्पतालको नवनिर्मित भवनबाट स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धिका स्वास्थ्य सेवाहरु संचालन गर्न आवश्यक जनशक्ति र उपकरणहरको व्यवस्थापन गरिने मन्त्री बस्नेतले भनाई राखेका थिए । सामान्य रोगको उपचार गर्न चौरजहारी, सुर्खेत, नेपालगञ्ज, काठ्मान्डौ जानुपर्ने बाध्यताको अन्त्य गरिने मन्त्री बस्नेतले प्रतिवद्धता व्यक्त गरेका थिए ।
संघीय सरकारसँग समन्वय गरेर जाजरकोट जिल्ला अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको ब्यवस्थापन गर्ने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले भनाई राखेका थिए ।
भवन उद्घाटन कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्त ब्यवस्थापक डाक्...