११ श्रावण २०८१, शनिबार

इजरायल बाट २५४ जना नेपाली घर फर्के,आज राति ९ बजे काठमाडौं पुग्ने छन

काठमाडौं ।युद्धग्रस्त इजरायलबाट २५४ जना नेपाली घर फर्किएका छन् ।

नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगम, एयर लाइन्सकाे विमानबाट उनीहरु स्वदेश फर्केका हुन् ।

नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ ।

आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट एक नेपाली ले बताय ।नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५४ जना घर फर्कन लागेका हुन् ।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् ।

त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ ।