२३ भाद्र २०८१, आईतवार

जुम्लाकी पत्रकार दिलमाया शाही “नेजा ग्रामिण उत्कृष्ट पत्रकारीता पुरस्कार” बाट पुरस्कृत

काठमाडौं ।महिला जागर डटकमकी अध्यक्ष तथा युवा पत्रकार दिलमाया शाही नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । जुम्लामा रहेर पत्रकारीता गदै आएकी तथा हाम्रो मिडियाको अध्यक्ष शाहीलाई बिहिवार एक कार्यक्रमकाबीच काठमाडौंमा उक्त पुरस्कारबाट पुरस्कृत गरेको छ ।

अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गरेको हो । शाहीसंगै सिन्धुपाल्चोककी पत्रकार कमला तामाङ ‘पाख्रिन’लाई पनि उक्त पुरस्कारबाट पुरस्कृत गरेको छ । दुबै जना पत्रकार सन् २०२२ को नेजा पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

दिलमाया शाही (जुम्ला, कर्णाली प्रदेश, सन्धान अनलाइन) र कमला तामाङ ‘पाख्रिन’ (सिन्धुपाल्चोक, बागमती प्रदेश, कान्तिपुर टेलिभिजन) लाई संयुक्त रूपमा पुरस्कार प्रदान गरेको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । पुरस्कृत पत्रकार शाही र तामाङ ‘पाख्रिन’लाई प्रमाण पत्र र नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ २२ राशीको पुरस्कार दिएको छ । शाही र तामाङ ‘पाख्रिन’लाई जनहि १ लाख ११ हजार १११ रुपैया ११ पैसाका दरले चेक हस्तानन्तरण नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदान गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा महासंघ र नेपाल अमेरिकी पत्रकार संघ (नेजा)को आयोजनामा गरिए थियो ।

नेजा पुरस्कार नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासन क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थालाई प्रदान गरिदै आएको छ ।

उक्त पुरस्कार वितरण गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ग्रमिण क्षेत्रमा रहेर आफ्नो पत्रकारिताबाट गम्भिर विषय उठाएर नेपाली समाजमा पुरयाएको योगदानको कदर गर्दै बधाई दिन चाहन्छु । आगामी दिनमा थप जोश जागर सहित पत्रकारिता क्षेत्रबाट योगदान गर्न अनुरोध गर्दै नेजालाई पनि यस्तो पुरस्कार स्थापना गर्नु भएकोमा प्रशंसनीय कार्य गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले पत्रकारले नेपालको सामाजिक रुपमान्तर सहित नेपालको परिवर्तन, लोकतन्त्रमा आवश्यकता पर्दा गरेको योगदान पुरयाउदै आउनु भएको विषय महत्वपूर्ण रहेको छ ।

पुरस्कार ग्रहणपछि पत्रकार दिलमाया शाहीले पुरस्कारले थम जिम्मेवार बनाएको बताइन । मेहनत गदै जानु पर्छ । मेहनत काम आउछ । आज मेरो मेहनत देखेर नेजाले पुरस्कृत गरको छ । खुशि लाग्यो सार्थ थप जिम्मेवार हुन पनि सिकाएको शाहीले बताइन् ।

मेरो पेशागत दक्षतामा मेरो जिल्ला जुम्ला सहित जो जसले जहाँबाट सहयोग गरिरहेको छ, उहाँहरुलाई धन्यावाद दिनुभयो । आउदा दिनहरुमा पनि सबै साथ सहयोग रहनेमा विश्वस्त रहेको बताइन । उक्त पुरस्कार वितरण कार्यक्रममा नेपाल सरकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा प्रेस सल्लाहकार गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, प्रेस काउन्सिलका अध्यक्ष वालकृष्ण बस्नेत, पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगित खड्का सहित बरिष्ठ पत्रकारहरुको उपस्थिति रहेको थियो ।को हुन दिलमाया-

हाम्रो मिडियाकी अध्यक्ष तथा पत्रकार दिलमाया शाही जुम्ला तिला गाउँपालिका वडा नम्बर ३ निवासी हुन । वि.सं २०७१ सालमा अध्ययन गदै जुम्लाको रेडियो नारि आवाजबाट पत्रकारिता सुरु गरेकि थिइन् । उनले समसामयीक विषयका साथै खोजमुलक समाचार लेख्न बढी रुचि राख्दै गइन् । रेडियो नारी आवाजको स्टेशन म्यानेजर हुदै, २०७४ सालबाट थाहा सञ्चार रेडियो र थाहा खबर अनलाईनमा काम समाचार लेख्न थालिन् । सञ्चारिका समुहले ९० जना महिलाका लागि स्टोरी लेखन फेलोसिप आवहन गरेपछि छनौटमा परिन् । त्यसपछि झन पत्रकारीतामा चासो राखेर खोजपत्रकारीतामा, स्टोरीलेखनमा बढी ध्यान केन्द्रीत गरिन् । समाचार खोज्न जुम्लाका गाउँ गाउँ पुग्नु उनको दिन चर्या जस्तै भएको छ । अहिले सन्धान अनलाईनमा जुम्लाबाट खोजमुलक स्टोरी लेख्दै आएकी छिन् । सोही स्टोरीहरुको आधारमा नेजा पुरस्कारका लागि पत्रकार महासंघले आवहन गरेको पुरस्कारमा आवेदन दिई छनौटमा परेकी थिईन ।

शाहीले महिला बालवालिका,समाजमा बहिष्कृतमा परेका व्यक्तिका आवाजलाई प्रथामिकता दिएर सचार र स्टोरी लेख्नु उनको उनको चाहना छ । समाचार लेखेर अरुलाई दिनेमात्र होइन आफैले पनि २०७७ सालमा जुम्लामा नै महिला जागरण अनलाईन पनि संचालन गरिरहेकी छ्न् ।

शाही पत्रकारिता मात्रै नभई जुम्लामा पिडित महिला र बालवालिका पक्षमा आवाज उठाउदै आएकी छन् । हरेक क्षत्रमा भएका गतल काम, अन्याय अत्याचारका विरुद्ध आवाज उठाउन सबै भन्दा अगाडि पुग्छन् ।

उनी २०७७ सालदेखि नेपाल पत्रकार महासंघ जुम्ला शाखामाको उपाध्यक्ष हुन् ।