२३ भाद्र २०८१, आईतवार

क्रान्तिकारी युवा संगठन नेपाल ६ नं प्रदेशद्वारा भुकम्प पिडितहरुलाई फलफूल बितरण

नेपालगन्ज ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकटको , क्रान्तिकारी युवा संगठन नेपाल प्रदेश नं. ६ संगठन समितिले भुकम्पका घाईतेहरुलाई फलफुल वितरण गरेको छ ।

 

शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु भएर गएको भुकम्पले जाजरकोट र रुकुममा ठुलो क्षति पुर्‍यायकाे  थियो ।

जाजरकोट र रुकुममा उक्त भुकम्पमा परेर घाईते भएर बाँकेको भेरी अस्पतालमा उपचारत ३९ जना बिरामीहरुलाई फलफुल बितरण गरिएको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कर्णाली प्रदेश इन्चार्ज उदय बहादुर चलाउने “दिपक”, बाँके जिल्ला इन्चार्ज दिपक शाहि ,क्रान्तिकारी युवा संगठन नेपाल प्रदेश नं. ६ का संयोजक प्रकाश शर्मा, जिल्ला संयोजक परिवर्तन, जिल्ला कार्यालय सचिव तिलक गिरी लगायतका नेताहरुले बिरामी लाई भेटेर फलफूल बितरण गरेका थिय।

बिनाशकारि भुकम्पमा परि घाइते हरुकाे स्वास्थ्य लाभकाे कामना गर्दै पार्टी र संगठन निरन्तर पिडितहरुकाे उद्धार र राहतका कार्यक्रम मा लागिरहेकाे संगठन का संयोजक शर्माले जानकारी दिय ।