२३ भाद्र २०८१, आईतवार

भुकम्प पिडितहरुकाे राहत र उद्धारमा खट्न सबै पार्टी पंक्ति लाई माेहन वैद्यकाे निर्देशन

काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल का  अध्यक्ष मोहन वैद्य ‘किरण’ले भूकम्प पीडितहरूको राहत, उद्धार र पुनर्वासमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाहरूमा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो ।

भूकम्पबाट भएको क्षतिले पार्टीलाई मर्माहत तुल्याएको भन्दै अध्यक्ष वैद्यले घाइतेहरूको तत्काल खोज, उद्धार,निःशुल्क उपचार र राहतको अत्यावश्यक कार्यमा कुनै कसर बाँकी नराख्न सरकारसँग जोडदार माग समेत गरेका छन् ।

‘यस प्राकृतिक विपतकाे समयमा घाइतेहरूको तत्काल उद्धार, उपचार, राहत र पुनर्वासको कार्यमा सक्रियतापूर्वक खट्न पार्टीको कर्णाली प्रदेश लगायत सम्पूर्ण पार्टी पङ्क्ति, जवस मोर्चाका नेता कार्यकर्ताहरूलाई पनि पार्टी विशेष अपिल गर्दछ’, अध्यक्ष वैद्यले भनेका छन् ।