११ श्रावण २०८१, शनिबार

क्रान्ति सम्पन गर्न विचारधारात्मक कार्यदिशा काे बिकास आवश्यक छ, : माेहन वैद्य (किरण)

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेपालमा क्रान्ति सम्पन्न गर्नका लागि विचारधारा र कार्यदिशाको विकासको आवश्यकता रहेको बतायका छन ।

शुक्रबार पार्टीको ६ दिने केन्द्रीय स्कूलिङको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेसबुके अध्ययनबाट क्रान्ति नहुने बताए।

“अज्ञानताको त्रासदीले क्रान्ति हुँदैन, क्रान्ति ध्वस्त पार्छ । जानेको केही हुँदैन, सबैथोक जानेको छु भन्छ । के गर्ने ? अहिलेको अवस्थामा अज्ञानताको त्रासदीका विरुद्ध दृढतापूर्वक लडेर क्रान्तिका लागि विधारधारा र कार्यदिशाको विकास गर्न जरुरी छ । विचारधारा र कार्यदिशाको विकास नगरी अहिले जे छ त्यहीबाट क्रान्ति हुने वाला छैन ।” पार्टीले एकता महाधिवेशनलाई खोज अनुसन्धानमूलक बनाउने र महाधिवेशनबाट विचारधारा र कार्यदिशामा थप विकास गर्ने दिशामा अगाडि बढेको बताउउदै पार्टी केन्द्रले चलाएको यो केन्द्रीय स्कूलिङबाट पार्टीको महाधिवेशनको उक्त कार्यभार पूरा गर्न सहयोग पुग्ने पनि स्पष्टता ब्यक्त गरे।

अहिले फेसबुकको जमाना आएको भन्दै फेसबुेक अध्ययनबाट क्रान्ति नहुने पनि बताय। ६ दिने पार्टी स्कूलिङले अध्ययनका लागि पार्टीका नेता कार्यकर्ताहरुलाई उत्प्रेरित गरेको चर्चा गर्दै गहिरो गरी अनुसन्धानात्मक अध्ययनका लागि जोड दिन पनि नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिय।

पार्टीका कार्यालय सदस्य बसन्तको अध्यक्षता र सचिवालय सदस्य शार्दुलको सञ्चालनमा सम्पन्न स्कूलिङ समापन कार्यक्रममा पार्टीका कार्यालय सदस्य तथा पार्टी स्कूल विभागका प्रमुख राजवीरले पार्टी स्कूलिङको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै समयको चापका बाबजुद सापेक्षिक रुपमा ६ दिने स्कुलिङ सफल रहेको र आगामी दिनमा अझ समयको व्यवस्थापन गरी स्कूलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बताय।

समापन कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट पार्टी सचिवालय सदस्यहरु अन्जना, खलिल र सल्लाहकार सदस्य शालिकराम भण्डारीले अनुभूति मन्तव्य राखेका थिय । स्कुलिङले अध्ययन र बुझाईलाई नयाँ स्तरमा उठाउन धेरै महत्वपूर्ण रहेको बताउदै यसलाई आगामी दिनमा थप अन्तक्र्रियामुखी बनाएर लैजानुपर्ने अनुभूति राखेक थिय।

कार्यक्रममा प्रशिक्षकहरु गौरव, प्रतीक, एसटी, प्रभाकिरण, गुराँस लगायतका नेताहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि अध्यक्ष किरणलगायत अतिथि तथा प्रशिक्षकहरुले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिय।