क्रान्तिका बाकी कार्यभार पूरा गर्न क्रान्तिकारी कम्युनिस्टहरुकाे एकता गर्नेछौं : माेहन वैद्य
प्र.१) जनयुद्धको २८ औँ वार्षिकोत्सवका सन्दर्भमा तपाईं जनयुद्धलाई कसरी सम्झनुहुन्छ ?
उत्तर: २०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट महान् जनयुद्धको उद्घोष गरिएको थियो । त्यो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा ठूलो क्रमभङ् थियो । त्यसले पुरानो दलाल पुँजीवादी र नोकरशाही सामन्तवादी राज्यसत्ताका विरुद्ध नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नको निम्ति महान् उद्घोष गरेको थियो । त्यो एउटा नेपाली सर्वहारा वर्ग, उत्पीडित जनसमुदायको ऐतिहासिक विद्रोह थियो । त्यसले नेपाली जनताको मुक्तिको सपना, साम्यवादसम्म पुग्ने आदर्श निर्माण गरेर अगाडि बढेको थियो ।
प्र.२) तपाइ जनयुद्ध पहलकर्तामध्येको एक मुख्य हुनुहुन्छ । जनयुद्धको तयारी गर्नुभन्दा अगाडिका चार तयारी (वैचारिक–राजनीतिक, साङ्गठनिक, प्राविधिक, सैन्यलगायत तयारी) लाई अहिले कसरी लिनुह...