काठमाडौं : १ बजेर १९ मिनेट जाँदा मकवानपुर जिल्लाको चित्लाङभन्दा केही माथि केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का मकवानपुरसहित धादिङ र काठमाडौँ जिल्लामा महसुस गरिएको थियाे।
काठमाडौं :काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति १ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । रातको समयमा भूकम्पको धक्का कडा महसुस भएको छ भने यसबारे थप विवरण आउने क्रममा रहेको छ।
कार्तिक १७ गते राती ११.४७ बजे गएको भूकम्पले जाजरकोटमा १०१ जनाको ज्यान गएको छ भने १५८ जना घाइते भएका छन् । यस भूकम्पले ९ हजार ७ सय ९४ घर भत्किएका छन् भने २४ हजार ७ सय ७ घर बस्न नमिल्ने गरी चर्किएका छन् । कुल ३४ हजार ३ सय ९ घरधुरी रहेको जाजरकोटमा कुल जनसंख्या १ लाख ८९ हजार ३६५ जना रहेको छ ।
भूकम्प पछि ९९ % जनता खुला आकाशमा बास गरिरहेका छन् । यसबिचमा ६०० भन्दा बढी प्रकम्प गइसकेका छन् । भूकम्प पछिको १३ दिन वितिसक्दा पनि न त पर्याप्त राहत सामग्री नै पुगेको छ नत जनता आफैले आफ्नो जोहो गर्न सकिरहेका छन् । प्राय सबैमा एउटै आशा छ कि पाल आउँछ, कम्बल आउँछ, म्याट्रिक्स आउँछ, चामल आउँछ र आफ्नो र परिवारको दैन्यनदिन सहज हुन्छ । भूकम्प पछि राहत सामग्री जिल्लामा भित्रिरहेकै पनि छ । नेता, कार्यकर्ता, समाजसेवी लगायतका विभिन्न मानिसहरुले भूकम्प पिडितलाई भेटेर राहन आउने आश्वासन बाँडिरहेकै पनि छन् । राज्यप्रत...
जाजरकोट :शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास शिक्षकले बनाइदिएका छन ।
अखिल नेपाल शिक्षक संगठनले भेरी नगरपालिका २ तिमिले जाजरकोट निवासी शहिद प्रताप ओलीको पत्नी भुकम्प पीडित एकल महिला गौमति ओलीको बस्ने अस्थायी आवास निर्माण गरेको छ । संगठनका राष्ट्रिय समितिका उप- महासचिव (अर्थ )लक्ष्मण ओली को नेतृत्वमा संगठनका राष्ट्रिय समिति सदस्य एवम् जाजरकोट जिल्ला अध्यक्ष रुद्र बहादुर ओली , बारा जिल्लामा कार्यरत शिक्षक शेर बहादुर खड्का ,स्थानीय युवा तिलक ओली, राम बहादुर ओली, डिल्ली ओली,मोहनलाल खत्री, जितेन्द्र ओली, दल बहादुर ओली लगाएतको टिमको सक्रिय सहभागीतामा उक्त आवास निर्माण गरिएको हो। जाजरकोट केन्द्र बिन्दु भयर २०८० कार्तिक १७ गते आएको बिनासकारी भुकम्पका कारण बाहिर हेर्दा ठिकै देखिएतापनि भित्र हेर्दा बस्न लाएक घर नभएपछि गौमति ओली बास बस्नको लागि सधै अर्काको अस्थायी आवासमा जानुपर्ने बाध्यता थियो ।...
काठमाडौं : भूकम्प प्रभावित जिल्लामा अस्थायी घर निर्माण गर्न पहिलो किस्ताको १अर्ब,४१ कराेड रकम निकासा भयकाे छ । साेमबार नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम निकासा भएको प्राधिकरणको भनाइ छ ।
भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने प्रति घरधूरी ५० हजार रुपैयाँमध्ये पहिलो किस्ता सोमबार नै निकासा गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिएका थिए ।
जाजरकोट र पश्चिम रुकुमका लागि ५०/५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको छ ।
निकाशा भयकाे रक...
जाजरकोट ।चिसोका कारण जाजरकोटमा ६ जनाएको मृत्यु भएको छ।भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, कुशे गाउँपालिका वडा न.२ टालेगाँउकि ८० बर्षिया मैमा सिंह,बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपाल बहादुर रावल , ४८ वर्षीया पम्फा रावल र बारेकोट गाउँपालिका– १ रामीडाँडाका डुमे पुनको चिसोका कारण मृत्यु भएको हाे ।
भुकम्प ले घरहरु चर्किएका र बस्न नलायक भय पछि त्रिपाल र गाेठमुनिकाे बसाइँसंगै चिसाेका कारणले ज्यान गयकाे जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिय।
दम,निमाेनिया,दीर्घरोगी भएका र चिसोका कारण रोगले च्याप्दै गएपछि उहाहरुकाे मृत्यु भयकाे प्रजिअ सुनारले बताय। उनका अनुसार भूकम्पपछि घरमा बस्न नमिल्ने भएपछि जाजरकोटका करिव ३४ हजारभन्दा बढी घरपरिवार त्रिपाल र गाेठमुनि बस...
जाजरकोट : जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले संचालन गरेको भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियानका जनस्वयंसेवकहरुले जनस्वास्थ्य सेवा शिविर भुकम्प पिडितहरुका टेन्ट मै पुगेर उपचार गरेका छन् ।कुशे गाँउपालिकाका वडा नम्बर १ स्याँक्रिमा जनस्वयंसेवक अन्तर्गत अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन,नेपालका स्वास्थ्य टाेलिहरु उक्त प्रभावित क्षेत्र पुगेर भुकम्पबाट विस्थापित पिडितका अस्थायी टहराहरुमा पुगेर जनस्वास्थ्य सेवा शिविर संचालन गरेका हुन् ।
जन स्वयंसेवकका २ नम्बर टाेलि कमान्डर अनन्तकाे नेतृत्वमा HA डाक्टर संन्जय लावड,जनसंचारका दिग्दर्शन,जनस्वयंसेवकका जनसेवकहरु र स्थानीय जनस्वयंसेवकहरु लगायतको उपस्थितिमा उपचार गरिएको हाे ।
भुकम्पमा परि घाइते भएका र भुकम्पबाट विस्थापित पिडितहरु अस्थायी टेन्टबाट बस्नुपर्ने बाध्यताले माैसमि चिसोले गर्...
जाजरकोट : जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले संचालन गरेको भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियानका जनस्वयंसेवकहरुले जनस्वास्थ्य सेवा शिविर संचालन गरेका छन् । भेरि नगरपालिकाका वडा नम्बर १ मैदे चाैरमा जनस्वयंसेवक अन्तर्गत अखिल नेपाल जनस्वास्थ्य कर्मिका टाेलिहरु उक्त प्रभावित क्षेत्र पुगेर जनस्वास्थ्य सेवा शिविर संचालन गरेका हुन् । जन स्वयंसेवकका १ नम्बर टाेलि कमान्डर प्रतिज्ञाकाे नेतृत्वमा हेल्थ असिस्टेन्ट तथा डेन्टल डाक्टर केसर सिंह लावड,फार्मेसीहरु राम बहादुर विश्वकर्मा,संन्जय लावड,जनसंचारका दिग्दर्शन,राजन बुढा र स्थानीय जनस्वयंसेवक सदस्य प्रतिक लगायतको उपस्थितिमा उक्त ठाउँमा संचालन गरिएको थियोे ।"सदरमुकाम नजिकै रहेको याे क्षेत्रमा मन्त्री शक्ति बस्नेत पुगेता पनि त्यहाँ भुकम्पबाट ६ जनाको मृत्यु भएको,दर्जन घाइते भएको,झण्डै ३०० घ...
जाजरकोट। जाजरकोट भुकम्पबाट प्रभावित पिडितहरुका लागि अखिल नेपाल शिक्षक संगठनले ५१,१५१ रुपैयाँ हस्तान्तरण गरेकाे छ ।आईतवार अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्षिराम ढकालकाे नेतृत्वमा अर्थ उपमहासचिव लक्ष्मण वलि,उपाध्यक्ष रूद्र केसि,कर्णाली प्रदेश अध्यक्ष अच्युत प्रसाद शर्मा,केन्द्रीय सदस्य रूद्र बहादुर वलि,जाजरकोट जिल्ला सचिव टेक बहादुर मल्ल र माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियान सदस्य तथा पार्टी केन्द्रीय सचिवालय सदस्य धमिलकाे टाेलिले भुकम्प प्रभावित जिल्ला जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मालाई "भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८०" लाई जम्मा रु ५१,१५१ (अक्षेरुपी एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ) को चेक हस्तान्तरण गरेका हुन।
उता माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्यु...
जाजरकोट : माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पिडितका घरहरू पुर्ननिर्माणका लागि आजबाट जनसेवा अभियान शुरु गरेको छ । भेरि नगरपालिका वडा नम्बर ३ कि गाेपि सिंहकाे घर भुकम्पले क्षतविक्षत बनाएकाे घरलाई पुर्ननिर्माणकाे लागि शुरुवात गरेको हाे ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने "दिपक" लगायतकाे टिम जिल्लामा पुगि यतिबेला भुकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिरहेकाे छ।
शनिबार स्वास्थ्य सामाग्री सहित भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर जिल्ला अस्पतालमा सामाग्रीहरु हस्तान्तरण गरि भुकम्पले क्षेतिग्रस्त घरहरुकाे उद्धारमा खटिएका हुन । इन्चार्ज दिपकका साथमा ६ नम्बर प्रदेश समिति संयाेजक संगम,जाजरकोट जिल्ला ईन्चार्ज अनन्त ,केन्द्रीय सदस्य विपिन,क्रान्तिकारी युवा संगठन नेपालका ...