३१ भाद्र २०८१, सोमबार

जाजरकोटमा जिप दुर्घटना १५ जना घाइते

जाजरकोट :जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा  १५ जना घाइते भएका छन् ।

जाजरकोटको खलङगा बाट भेरि नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप वडा नम्बर ६ भेरेमा दुर्घटनामा परेको हो ।

उक्त दुर्घटना परेर १५ जना यात्रु घाइते भएका छन भन्ने ३ जनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।