३१ भाद्र २०८१, सोमबार

खाेलामा पाैडी खेल्न गएका बालक बेपत्ता

जाजरकोट : नलगाड नगरपालिका-३ कैना स्थित झुप्रे खोलाले बगाउँदा ६ वर्षीय बालक महान थापा बेपत्ता भएका छ्न् ।बिहान १० बजेतिर साथीहरुसँग नजिकैको खोलामा पौडी खेल्न गएका महान बेपत्ता भएका दल्लीस्थित प्रहरीले जनाएको छ । बेपत्ता बालक स्थानीय कैनबजारका युवा व्यवसायी हरिचन्द्र थापा र बृहस्पति पुनका छोरा हुन् ।उनको परिवारजन, प्रहरीलगायतले खोजी गरिरहेका छन् ।