३१ भाद्र २०८१, सोमबार

श्रमिक कम्युनिस्ट पार्टी निकट, वैदेशिक श्रमिक संघकाे पुनर्गठन

काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघकाे पुर्नगठन भएको छ । महासंघले उपत्यका केन्द्रीत चार महिने अभियान संचालन गरिएको छ । “आउनहाेस हातेमालाे गराैं ! श्रमिक हाम्राे साथि भराेसा गराै उहांहरु माथि !!” भन्ने मुल नारा सहित संचालन भएको अभियानमा  महासंघ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघकाे समितिमा संयाेजक भुमिका सिंजालिलाई चयनका साथ पुर्नगठन गर्दै १७ सदस्यिय आयाेजक समिति गठन गरेको हाे । पुनर्गठन समितिमा रामचन्द्र थापा, देवराज खडका, महेन्द्र वर्मा, धुर्व अर्याल, सागर पुनमगर, विश्वास तामङ, हरिशरण तामङ, जानकी रावल, यादव निराैला, राम बन्जाडे, विगु अन्सारी, राजेन्द्र रावल, जयराम चाैधरी, गाेपाल बस्याल, दिपक वहादुर सुनुवार लगायत चयन हुनु भएको छ । कार्यक्रम अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय संयाेजक विनोद थापाको प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो भने महासंघका कार्यकारिणी सदस्यहरू ईश्वर बुढाथोकी र सि वी बस्यालको समेत उपस्थिति रहेको थियो ।