१२ फाल्गुन २०८१, सोमबार

पुर्वाधार

जाजरकोट, बारेकाेटमा चट्याङ लागेर एक युवतिकाे मृत्युु

जाजरकोट, बारेकाेटमा चट्याङ लागेर एक युवतिकाे मृत्युु

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । बारेकोट गाउँपालिका वडा न. ५तोल्खाना निवासी ३२ वर्षकी रेवति शाही सिंहको चट्याङ लागेर मृत्यु भएको छ। आईतवार दिउसो करिब ३ः३० बजे परेको चट्याङबाट गाई गुवाला गएकी सिंहको मृत्यू भएको हो । आफ्नो गाउँ तोल्खान देखि करिब एक किलोमिटर टाढा गाइ चराउन गएकी सिंह आफ्नै गाउँकी एकजना करिव १२ वर्षकी जगता सिंह नामकी साथी सँगै बसी रहेको अवस्थामा उनको शरिरमा एक्कासि चट्याङ लागेको हाे । उनीसँगै बसेकी बालीकालाइ भने केहि नभएको र उनै बालीकाले स्थानीयलाइ खबर गरेकी हुन, स्थानीयका अनुसार चट्याङ लागेको केही समय पछी मृत्यु भएको बुझिएको छ। ईलाका प्रहरी कार्यलय नायकवाडाका प्रहरी हवल्दार महेन्द्र प्रशाद जैसीका अनुसार मृत सिंह लाई पोस्टम्याटको लागि आधारभुत अस्पताल लिम्सा पुर्‍याइएको छ ।...
काठमाडौं बाट नेपालगन्ज जाँदै गरेकाे रात्री बस दुर्घटना सात जना घाइते

काठमाडौं बाट नेपालगन्ज जाँदै गरेकाे रात्री बस दुर्घटना सात जना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं ।काठमाडौंबाट नेपालगन्ज जादै गरेको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा दुर्घटना भएको छ । ९०११ नम्बरको रात्रि बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेका अनुसार घाइतेहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । सातजना घाइते भएको जनाइएको छ । दुघर्टनापछि सवारी चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्डा–खुल्डी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ ।...
ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्य मन्त्री आवास तयारप्रधानमन्त्री दाहालद्वारा हस्तान्तरण

ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्य मन्त्री आवास तयारप्रधानमन्त्री दाहालद्वारा हस्तान्तरण

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ।उपत्यकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवासगृह तयार भएको छ । ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवास गृह आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन् । प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ । भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताए । सरकारी आवास तयार भएपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा यिनै भवनमा बस्न पाउनेछन् । आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार करिब ८५ करोड रुपैयाँ लागतमा यी भवन तयार भएका हुन् । यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुख आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्नेछन् । हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा बस्ने गरी सरकारले अपार्टमेन्टमा भाडामा...
भारतमा तीर्थयात्री बोकेको रेलमा आगलागी : ९ जनाको मृत्यु

भारतमा तीर्थयात्री बोकेको रेलमा आगलागी : ९ जनाको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, समाचार
काठमाडौं ।भारतको तमिलनाडु राज्यको मदुरै स्टेसननजिकै एउटा रेलमा आगो लाग्दा ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार लखनऊबाट तीर्थयात्री लिएर आएको रेलमा आगलागी भएको हो । ५५ जनालाई भने सकुशल उद्धार गरिएको भारतीय अधिकारीहरूले जनाएका छन् । अगस्ट १७ मा लखनऊबाट उक्त रेल रामेश्वरको तीर्थयात्रामा निस्किएको थियो । शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीले शुक्रबार नागरकोइलमा रहेको पद्मानभा स्वामि मन्दिरको दर्शन गरेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार केही यात्रीले रेलभित्रै सिलिन्डर ग्यासँ प्रयोग गरेर चिया पकाइरहेका थिए । त्यहीँबाट आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि घटनाको जाँच भइरहेको अधिकारीहरूले बताएका छन् । यसैबीच आगलागीमा मृत्यु भएका व्यक्तिका परिवारलाई भारतीय रेल्वे प्रतिपरिवार १० लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।   ...
जाजरकोट ,स्थानीय युवाहरुले श्रमदान गरेर बनाय काठे पुल

जाजरकोट ,स्थानीय युवाहरुले श्रमदान गरेर बनाय काठे पुल

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट ।जिल्लाको कुशे गाउँपालिका वडा नं २ र ३ जोड्ने बडिखाेलामा स्थानीय यूवाले निःशुल्क अस्थायी पुल निर्माण गरेका छन् । स्थानीय यूवा अशोक बहादुर सिंहको पहलमा वडा नं २ को झारगाउँ र ३ को  डाँडी भौता जोड्ने स्याला खोलामा यूवाहरुले तीन दिन लगाएर अस्थायी काठको पुल निर्माण गरेका हुन् । स्याला खोलामा पानीको बहाव बढे सँगै दुई वडाका स्थानीयहरुलाई आवतजावत गर्न समस्या भएकोले निःशुल्क पुल निर्माण गरिएको स्थानीय यूवा अशोक बहादुर सिंहले बताए । स्थानीय यूवाहरु मिलेर अन्दाजी १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन् । ‘पुल नभएका खोलामा हामीले अस्थायी काठको पुल निर्माण गरेका छौं, सिंहले भने, ‘दुई वडाका बासिन्दाहरुलाई आवतजावत गर्न निकै समस्या भएपछि हामीले निःशुल्क रुपमा तीन दिन लगाएर पुल निर्माण गरेका हौं ।’ स्थानीय मान्ने ढुृङ्गाा माद्यामिक विद्यालयमा अध्ययनरक्त विद्यार्थीहरुलाई समेत आवतजावत गर्न सम...
जिल्ला अस्पताल जाजरकोटमा थाईराइड उपचार सेवा सुरु

जिल्ला अस्पताल जाजरकोटमा थाईराइड उपचार सेवा सुरु

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट ।जिल्ला अस्पताल जाजरकोटमा पहिलो पटक थाइराइडको उपचार सेवा सुरु गरिएको छ । मंगलबार देखि औपचारिक रुपमा सेवा प्रवाह सुरु गरिएको हो । अस्पतालले सेवा सुरु गरेसँगै थाइराइडको उपचारका लागि विरामीहरु बाहिर जानु नपर्ने जिल्ला अस्पताल जाजरकोटकी प्रमुख डा. प्रतिक्षा भारतीले जानकारी दिईन् । अत्याधुनिक सेवा विस्तारको क्रम सँगै उपचारको अभावका समस्या झेल्दै आएका विरामीलाई लक्षित गरी केही अघि थन्किएको थाइराइड रर बायोमेट्रिक मेसिन जडान गरिएको डा.भारतीले बताईन् । जिल्लामा लामो समयदेखि थाइराइडको परीक्षण गराईरहेका विरामीहरु निकै खुशी भएका भएका छन् । ५० शैयाँको जिल्ला अस्पताल बनेपछि आवश्यक उपकरण र दक्ष जनशक्ति अभावले समस्या भएपनि अस्पताल भवन नयाँ बनेपछि सेवा प्रवाह विस्तारको तयारी गरिएको अस्पताल विकास समिति जाजरकोटका अध्यक्ष डम्बर सिंहले बताए । हालसालै भवन हस्तान्तरण भएकोले सेवा प्रवाहका लागि आव...
जाजरकोट भिरबाट लडेर घाईते भयका बिरामिलाई हेलिकप्टरबाट उद्धार

जाजरकोट भिरबाट लडेर घाईते भयका बिरामिलाई हेलिकप्टरबाट उद्धार

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट ।जिल्लाको कुशे गाउँपालिकामा भीर बाट खसेर घाइते भएका एक जना युवकलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं ७का काली बहादुर सिंहका छाेरा वर्ष २२ का महेन्द्र सिंहको उद्दार गरिएको गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिय । अध्यक्ष बस्नेतका अनुसार सोमबार अपरान्ह ४ बजेको समयमा घाँस काट्न गएका सिंह भीर बाट खसेका थिए । परिवारले खोसतलास गर्दा नभेटिएपछि मंगलबार घाइते अवस्थामा भेटिएका अध्यक्ष बस्नेतले बताए । घाइते सिंहको गाउँपालिकाको पहलमा हेलिकप्टर मार्फत उद्दार गरी नेपालगञ्जमा उपचार भईरहेको छ । जिल्लाको बिकट भुभागमा रहेकाे कुशे गाउँपालिकामा बिगत देखि अफ्ट्यारोमा परेका र जटिल अवस्था का बिरामिहरुलाई गाउँ पालिकाले पहल गरि हेलिकप्टरद्वारा सुर्खेत र नेपालगंज सम्मका लागि उद्धार गर्दै आईरहेकाे छ ।...
युवा संघ नेपाल जाजरकोटद्वारा वृक्षारोपण कार्यक्रम

युवा संघ नेपाल जाजरकोटद्वारा वृक्षारोपण कार्यक्रम

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले वृक्षारोपण गरेका छ, । युवा संघ नेपाल जाजरकोटका उपाध्यक्ष अशाेक बहादुर सिंहकाे जन्म दिनकाे अवसरमा भेरि नगर पालिका अन्तर्गत वडा न ३ अवस्थित थाप्ले हुँदै ठाँटि जाने लभ राेड क्षेत्रमा वृक्षारोपण गरियकाे हाे । एक युवा = ५ वटा बिरुवा राेपाै भन्ने मुल नाराका साथ , विभिन्न जातका लिभ्टिस, बकाईनाे , सल्ला, डाले घाँस गरि ३ सय वटा बिरुवा वृक्षारोपण गरियकाे र बिरुवाहरु डिभिजन वन कार्यलय जाजरकोटले उपलब्ध गरायकाे , उपाध्यक्ष सिंहले बातय ।...
विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव छ : शक्ति बस्नेत

विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव छ : शक्ति बस्नेत

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन् । आज नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा काठमाडौँमा आयोजित विद्युतीय सवारीसाधनको र्‍यालीमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे । उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए । नेपाल विद्युत् प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औँ वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।...
काठमाडौं उपत्यकामा भारी वर्षा

काठमाडौं उपत्यकामा भारी वर्षा

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं ।काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ । बाढीको सतह सतर्कताको तहसम्म पुगेको विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षाका कारण काठमाडौंको सामाखुसि , बसपार्क , लगायतका ठाउहरु डुवानमा समेत परेका छन । नदिहरुकाे तटीय क्षेत्र भन्दा बाहिर पानी आईरहेकाले त्यसैले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई र किनारको सडकबाट यात्रा गर्नेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह समेत गरियकाे छ गरिएको छ ।...