नेपाली खानाको मौलिकता र सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना
काठमाडौं: नेपाली खानाको मौलिकता र सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ।
विश्वभर छरिएर रहेका नेपाली सेफहरूको पहलमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा यो भव्य कार्यक्रम वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना गरिनेछ। यस ऐतिहासिक कार्यक्रममा मध्यपूर्व, युरोप, अमेरिका लगायत ३६ देशमा कार्यरत करिब ५ हजार नेपाली सेफ प्रतिनिधिहरू सहभागी हुनेछन्।
नेपाली पर्यटन प्रवर्द्धनको दिशामा यो महत्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास लिइएको छ। नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयको समेत सहयोग रहने यस कार्यक्रममा नेपाली खानाको स्वाद चाख्न र नेपाली पाककला प्रवर्द्धन गर्न विभिन्न गतिविधिहरू समेटिएका छन्।
कार्यक्रममा ‘प्रथम केन्द्रीय ...









