२७ चैत्र २०८१, बुधबार

अर्थवाणिज्य

नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव — २०८१ हुँदै

नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव — २०८१ हुँदै

अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं । लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औं श्रृंखला “नेपाल १७औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव—२०८१” भृकुटीमण्डपमा आयोजना हुने भएको छ । मुलुकभरका उद्यमीद्वारा उत्पादन गरिएका वस्तुलाई प्रदर्शनी गर्ने मुख्य उद्देश्य यस प्रदर्शनीको रहेको छ । यस महोत्सवको मुख्य नारा “खोजौं नेपाली, रोजौं नेपाली” र “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं”भन्ने रहेको छ । ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक विकास र समृद्धीका संवाहकका रुपमा रहेको भएतापनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् जसले गर्दा हाम्रा ...
माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक

माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ । जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो सेलो घरमा एक पत्रकार सम्मेलन गर्दै यो कार्यक्रम सार्वजानिक गरिएको हो । यो कार्यक्रम अन्तर्गत माईती ब्राण्डको लिक्वीड डिसवासको उत्कृष्ट प्रचारात्मक भिडियो बनाउने १ जनालाई कम्पनिको तर्फबाट रु १० हजार नगद सहित सम्मानपत्र प्रदान गरिने जनाईएको छ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.का संचालक सुशिल मोक्तानले पत्रकार सम्मेलन मार्फत यो कार्यक्रम घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले आज दैनिक हजारौं युवा बिदेशिएको अवस्थामा केहि गरौं भनेर उत्पादनमा लागेका युवा...
चैत अन्तिम साता जाउलाखेलमा “ललितपुर इन्टरनेसनल  टेृड एक्स्पाे २०२४” हुने

चैत अन्तिम साता जाउलाखेलमा “ललितपुर इन्टरनेसनल टेृड एक्स्पाे २०२४” हुने

Breaking News, अर्थवाणिज्य, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
ललितपुर : यहि  चैत अन्तिम सातामा "मिड इन नेपाल थिम" सहित "ललितपुर इन्टरनेसनल टेृड एक्स्पाे २०२४" संचालन हुने भयकाे छ ।ललितपुर चेम्बर अफ कमर्सकाे आयाेजनामा  ललितपुर जिल्लाको जाउलाखेल स्थित फुटबल खेल मैदानमा चैत २२ देखि २६ गते सम्मा उक्त ईन्टरनेस्नल टेृृड एक्स्पाेमा "मिड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने भयकाे हाे ।ललितपुर चेम्बर अफ कमर्शले बुधबार  पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रम काे सार्वजनिक गरेकाे छ । ललितपुर इन्टरनेस्नल टेृड एक्स्पाेमा :- नेपाल,भारत,पाकिस्तान,श्रृलंका,बंगलादेश,थाइल्यान्ड,टर्की ,मलेसिया र साउथ काेरिया लगायतका देशहरूमा उत्पादित विभिन्न बस्तुहरु तथा सामाग्री,माैलिक उत्पादन र सेवा सम्बन्धि सामानहरुकाे प्रदर्शन हुनेछन्।...
सहकारी ठग गरेकाे प्रमाण देखाउ : गृहमन्त्री लामिछाने

सहकारी ठग गरेकाे प्रमाण देखाउ : गृहमन्त्री लामिछाने

Breaking News, अर्थवाणिज्य, राजनीति, विचार
काठमाडौं :उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र त्यसको नेतृत्वलाई  सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री लामिछानेले सुर्यदर्शन सहकारी प्रकरणबारे आफू सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् । उनले कांग्रेस नेताहरूले भनेको दिन, स्थान र समयमा सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् । गृहमन्त्री लामिछानेले भनेका छन् :‘तपाईंहरुले भनेको दिन,स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौँ। त्यो बहस काठमाडौँ–४ मा भए राम्रो। म एक्लै आउँछु, तपाईं  आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनुहोला।’ लामिछानेले यो बहस लाइभ गरेर सिंगो देशलाई देखाउनुपर्ने समेत बताएका छन् । उनले भनेका छन्-ः ‘सारा देशका अगाडी तपाईंहरुले  मल...
आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विचार, शिक्षा
बिषय प्रवेश :अहिले जाजरकोट सदरमुकाम खलंगाको बजारमा अतिक्रमित जग्गामा बनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचना पछि घरटहरा भत्काउन डोजर आउन लागेको भन्ने हल्लाको व्यापक चर्चा भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको फैसला र गृहमन्त्रालयको परिपत्र भन्दै जिल्ला प्रशासन कार्यालयले फागुन २० गते केहि स्थानीयको नाम र केहि कित्ता नम्वरहरुमा रहेका जग्गाहरुको क्षेत्र तोकेर ती क्षेत्रमा वनेका घरटहराहरु भत्काउन सार्वजनिक सुचना जारी गरेपछि यहाँ विभिन्न थरिका हल्लाहरु फैलिएका छन् ।स्थानीय प्रशासनको सुचना, अख्तियारको फैसला,गृहमन्त्रालयको पत्र र विभिन्न समयमा वसेका जिल्ला स्तरका सर्वदलीय तथा सर्वपक्षीय वैठकहरुले पनि विकल्प नदिएर गरेका निणर्यहरुका आधारमा स्थानीय प्रशासन अघि वढेको छ । जाजरकोट सदरमुकाम खलंगाको वजार क्षेत्रमा अहिले भर्खरै भन्दा पनि तीस चालिस वर्...
ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला सम्पन्न बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला सम्पन्न बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल अन्तर्गत रहेको महिला उपसमितिको आयोजनामा भएको ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला भब्यताको साथ सम्पन्न भएको छ ।भेलाले देशैभर बाट प्रतिनिधित्व हुने एक कार्यसमिति समेत चयन गरेको छ । भेलाले ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालकी महिला उपाध्यक्ष बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा बिष्णुमाया उचही (काठमाडौं),उपाध्यक्षमा देवी कार्की (रुपन्देही),सचिवमा सर्मिला कार्की(रिमाल) काठमाडौं,कोषध्यक्षमा सरिता प्रधान(मकवानपुर) तथा सदस्य हरुमा सम्झना सिलवाल (चितवन),सृजना भट्टराई(सुनसरी),प्रभा घिमिरे (पश्चिम नवलपरासी),तारा बुढाथोकी (पोखरा),गिता खम्चा (नवलपुर) सर्व सहमत निर्वाचित भयका छन्। प्रतिनिधिसभा नेपालकी उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा नेप...
विप्लवले जुम्ला पुगेर स्याउ खेतिकाे उद्घाटन गरे,१० हजार विरुवा राेप्ने

विप्लवले जुम्ला पुगेर स्याउ खेतिकाे उद्घाटन गरे,१० हजार विरुवा राेप्ने

Breaking News, अर्थवाणिज्य, कृषि, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
जुम्ला : नेपाल  कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जुम्ला पुगेर स्याउ रोपणको उद्घाटन गरेका छन ।शुक्रबार कर्णाली प्रदेशको जुम्ला जिल्लामा पुगेर  विप्लवले पार्टी र देशलाई आत्मनिर्भर बनाउने योजनाका साथ  स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गरेका हुन। विप्लवले चन्दननाथ नगरपालिका वडा नम्वर २ भण्डारीबाडामा ‘राजेश फलफुल नर्सरी एण्ड स्याउ प्रशोधन उद्योग’ संचालन गरेका दम्पती हरी वहादुर कामी र मंगला विकको हातबाट १५४ वटा सहयोग स्वरुप उपलब्ध गरेका स्याउका विरुवा ग्रहण गर्दै र रोप्दै स्याउ रोपण अभियानको उद्घाटन गरे । बिहिवार विप्लवकाे नेतृत्वमा उत्तर कर्णाली व्यूरो हुम्ला, मुगु, जुम्ला, अछाम, कालिकोट बाजुरासहितका नेकपा नेता कार्यकर्ताको टोली जुम्ला पुगेको थियाे। नेकपाका नेता भरत बमका अनुसार "२२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार स्याउका बिरुवा रोप्ने अभियान सुरु गरिएको छ । पहि...
क्रान्तिकारीको चेतावनी,जग्गा हक हस्तान्तरण गरिए मालपोत अधिकृतलाई कार्वाही गर्ने

क्रान्तिकारीको चेतावनी,जग्गा हक हस्तान्तरण गरिए मालपोत अधिकृतलाई कार्वाही गर्ने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, शिक्षा, समाचार
बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा जिल्ला अन्तर्गत न्याय विभागले जिल्ला मालपोत कार्यलय पाल्पाका अधिकृत दुर्गाप्रसाद खनाललाई आज पत्र पठाउदै हक हस्तान्तरण नगर्न चेतावनी दिएको छ । तानसेन नगरपालिका बडा नम्बर ७ प्रभास रहेको प्रभास पुरेर बनाएको उक्त जग्गा पुरानै पाेखरि निर्माण गर्नुपर्ने माग राख्दै गत पुस १८ गते उक्त पार्टीले कब्जाकाे घाेषणा गरेको थियो । अाज उक्त पार्टीले मालपोत अधिकृतलाई अाफ्नाे न्याय विभागको नियम अनुसार हक हस्तान्तरण नगर्न र नगराउन भन्दै न्याय विभागका संयाेजक रिम द्धारा हस्ताक्षरित पत्र पठाएको हाे । उक्त विभागले उक्त जग्गा विभागकाे नियमअनुसार काम कारबाही अगाडि बढाई पाेखरि पुर्ननिर्माणकाे कानुनी प्रक्रिया अगाडि बढाएको समेत जानकारी गरेको छ । यदि यस्तो प्रक्रियामा हक हस्तान्तरण,घरसाध,बाटो,कित्ता काट,नामसारी गरिएमा कारबाही गर्ने चेतावनी दिएको छ । उक्त मालपोत का...
भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सरकारले ५ लाख अनुदान दिने

भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सरकारले ५ लाख अनुदान दिने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :पुर्ननिर्माणका लागि सरकारले प्रति परिवार पाँच लाख अनुदान दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा प्रति परिवार घर निर्माणका लागि पाँच लाख अनुदान दिने निर्णय गरेको हो । पुनर्निर्माणका लागि सरकारले आन्तरिक स्रोत, बाहृय सहयोग, अनुदान र ऋण प्रयोग गर्ने भएको छ । कार्यविधि अनुसार भूकम्प प्रतिरोधी घरको ढाँचा तयार गरी पुनर्निर्माणको काम अघि बढ्ने बताईयकाे छ। भूकम्प गएको चार महिना बितिसक्दा पनि पुनर्निर्माणको काम अघि नबढेको भन्दै संसदमा सरकारको आलोचना भएको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण अघि बढाउने निर्णय गरेको बताए । "कार्यविधि स्वीकृत भइसकेको छ । अब आन्तरिक र बाहृय स्रोत परिचालन गरी पुनर्निर्माण अघि बढ्छ,"गृह मन्त्री श्रेष्ठले भने । जाजरकोटमा हालसम्म ४२ हजार...
सहिद तुफानकाे  स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

सहिद तुफानकाे स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :महान् सहिद तुफान( गोपाल बहादुर सिंह) को स्मृति दिवसका दिन पूर्णबहादुर सिंह समरजङ्ग ले आफ्ना बुवा बितु सिंह र आमा बिन्दासरा सिंहको नाममा २०७८ सालमा स्थापना गरिएको "बितु सिंह- बिन्दासरा सिंह स्मृति छात्रवृत्ति" श्री जनकल्याण आधारभूत विद्यालय, गुमथले, कुशे-२ का छात्र- छात्रालाई प्रदान गरिएको छ ।आजकै दिन २०५८ मा जनमुक्ति सेना नेपालले अछामको मङ्गलसेन कार्वाहीको क्रममा कमरेड तुफानलगायत दर्जनौं योद्धाहरुले उच्च सहादत प्राप्त गरेका थिए । छात्रवृत्ति सिंहका जेठा दाजु श्री गोरख बहादुर सिंह , बिद्यालयका प्रअ तिलकबहादुर सिंह शिक्षक भक्त बहादुर सिंह , सिता कुमारी सिंह , बिब्यस  अध्यक्ष हरि बहादुर सिंह सहिद तुफान कि आमा तुलसा सिंह लगायतको उपस्थितिमा उक्त बिद्यालयमा अध्यनरत  ८ कक्षाकी उत्कृष्ट छात्रा नमुना  सिंह र जेहेन्दार छात्र कक्षा ५का प्रशान्त सिंह लाई नगद रूपैयाँ पाँच हजारका दरले एक समा...