होटल पौवाको प्रोमो कोडबाट यति एयरलाइन्सको हवाई यात्रामा छुट पाइने
नेपालगन्ज । नेपालका बिभिन्न स्थानहरुमा नेपाली हस्पिटालिटीसहितको सेवा दिँदै आएको होटल पौवाको प्रोमो कोड प्रयोग गरेर यति एयरलाइन्सको विमानमा हवाई यात्रा गर्दा छुट पाइने भएको छ ।
होटल पौवालाई यति एयरलाइन्सले प्रदान गरेको प्रोमो कोडबाट हरेक नेपालीले हवाई भाडामा ३ सय रुपैयाँ छुट पाउने भएका हुन् । यति एयरलाइन्समा हवाई यात्राका लागि टिकट खरिद गर्दा पौवाको YTPAUWA300 कोड समाविष्ट गरेर टिकट काट्दा साबिक भाडामा ३ सय रुपैयाँ छुट प्राप्त हुने होटल पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।
उनका अनुसार यति एयरलाइन्सको वेबसाईटबाट सिधै टिकट काट्दा आउने प्रोमो कोडको स्थानमा पौवाको कोड प्रयोग गर्दा साबिक भाडामा ३ सय रुपैयाँ छुट हुनेछ ।
नेपाली स्वादका लागि छुट्टै पहिचान बनाएको पौवा ग्रुपलाई यतीले प्रदान गरेको प्रोमो कोडका लागि ब्राण्ड प्रमुख भण्डारीले धन्यवाद दिए । ‘जहाबाट आतिथ्यताक...








