२ माघ २०८१, बुधबार

सर्जकहरुको कृति माथि परिचर्चा र साहित्यिक यात्रामा लोमश वाङ्मय प्रतिष्ठान

काठमाडौं । बिधिवत रुपमा दर्ता भएर छोटो समयमा साहित्यिक उत्थानको क्षेत्रमा आफ्नो प्रभावकारीता जमाउन सफल संस्था लोमश वाङ्मय प्रतिष्ठानले सर्जक जगदीश्वर पोखरेलको “पद्यकुञ्ज”माथि परिचर्चा तथा छन्द विशेष कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे “ अटल ”को सभापतित्वमा सम्पन्न कार्यक्रममा डा.अमर गिरीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम प्रतिष्ठानका सचिव नवीन पल्लवले सन्चालन गर्नु भएको थियो ।
प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेज, तार्केश्वर ,शान्तिटोलको शभाहलमा भएको कार्यक्रममा सोहि स्कुलका प्राचार्य कमल प्रसाद ज्ञवालीले सबैलाई स्वागत मनतव्यबाट स्वागत गर्नु भएको थियो ।
आयोजक संस्थाको तर्फबाट कार्यसमिति सदस्य अप्सरा के.सी.ले स्वागत मनतब्य राख्दै साहित्य प्रेमी सबैमा हार्दिक अभिवादन व्यक्त गर्नु भयो ।
कार्यक्रममा त्रिशुली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्रमान डंगोल,सुचक प्रकाशनका अध्यक्ष दिपक भेटवाल लगायत बिभिन्न क्षेत्रका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा विशेष वक्ताको रुपमा रहनु भएका “पद्यकुञ्ज”माथिको परिचर्चाकार शैलेन्द्रप्रकाश नेपालले आफ्नो धारणा राख्नु भएको थियो ।
आफ्नो धारणा राख्दै नेपालले “ चाहे छन्दमा लेख्नुस्,चाहे पद्यमा लेख्नुस् , आम मानिसको मुखमा झुण्डने र बुभ्mने भाषामा लेख्न्ुस् तर कविता चैं लेख्नुस् ” भन्दै नेपालमा लेखिने कविताहरुको व्यंग्य समेत गर्नु भएको थियो भने छन्द कविताको बारेमा नेपाली बिशेषताको व्याख्या समेत गर्नु भएको थियो ।
नेपालले समग्रमा सर्जक जगदीश्वर पोखरेलको “पद्यकुञ्ज” आम साहित्य प्रेमी हरुकोलागि नयाँ स्वाद लिएर आएको बताउनु भयो ।
कार्यक्रममा बिभिन्न क्षेत्रबाट आउनुभएका सर्जक तथा साहित्यकारहरुले आफ्नो सिर्जना प्रस्तुत समेत गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको मनतव्य राख्दै डा.अमर गिरीले सर्जकहरुको संख्या ह्वात्तै बढे पनि नेपाली साहित्यको गुणस्तरभने बढ्न नसकेकोमा आफु निकै चिन्तित रहेको बताउनु भयो ।
कार्यक्रमको अन्त्यमा आफ्नो धारणा राख्दै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति माधव घिमिरे “अटल” ले यस्ता कार्यक्रमहरुले श्रष्टा र सर्जकहरुलाई एउटै मन्चमा राखेर परिचर्चा मार्फत अझ खारिएको सिर्जनाकोलागि नयाँ पंति उत्पादन गर्न सहयोग गर्ने विस्वास व्यक्त गर्नु भयो । साथै संस्थाको हरेक कामहरुलाई प्रभावकारी बनाउन महत्वपुर्ण भुमिका खेल्ने सबैमा हार्दिक आभार समेत व्यक्त गर्नु भएको थियो ।
संस्थाले प्रतेक महिनाको अन्तिम शनिवार फरक बिधाका श्रष्टा र सर्जक हरुसंग अन्तरकृया तथा सर्जकहरुले प्रकाशनमा ल्याएका कृतिहरुमाथि परिचर्चा गर्ने कार्यक्रमहरु गरिरहेको छ । साथै संस्थाले आफ्ना साहित्यीक कार्यक्रमहरुलाई नियमित ढंगबाट अगाडी बढाउन यस गत महिनानै अक्षयकोष स्थापना गरेको छ भने आजिवन सदस्यता अभियान समेत चलाई रहेको छ ।
संस्थाले बिभिन्न बिधिाका सर्जकहरुको कृति प्रकाशनमा समेत सहजिकरण गरिदिने योजना बनाएको तथा सात कक्षामा पढ्दै गरेका एकजना बिद्यार्थीको कृति प्रकाशानको तयारीमा समेत रहेको संस्थाका सचिव नविन पल्लवले जानकारी दिनु भयो ।
कार्यक्रम संन्चालकको भुमिकामा रहेका संस्थााका सचिव पल्लवले साहित्यकारहरुले आफ्नो सिर्जना वाचन गर्दै गर्दा आम दर्शक श्रोताले कुन रुपमा प्रतिकृया जनाई रहेकाछन् भन्ने ख्याल गर्न आग्रह गर्नु भयो ।